म दीलबहादुर लिम्बू

Author : किराँती भोगेन एक्ले
Published on : March 22, 2009


  
किराँती भोगेन एक्ले

हजुर दिलबहादुर लिम्बू

जिन्दगीदेखि आजित

खुल्ला आकाशमुनितिएको

आज शिकार भएको छु एउटा सन्की सिपाहीँको

यो सम्पतिले पुरिएको सहरमा

सयौँतले खण्डहरहरुको घुइँचोभित्र

मेरो लागि खाली मात्र अटाउने

एउटा छिँडी नमिल्दा

हजारौँ रित्तो महलहरुको खिसीट्युरीदेखि दूर

एकलासको एकान्तमा लुकेको

आज शिकार भएको छु एउटा आततायी शिकारीको,

 

के थियो मेरो त्यस्तो बिराम्

यो समाजमा उभ्याउन नसकेर आफूलाई भागेको

यो समाजबाट अर्धेलो भई खेदिएको

कस्को लागि त्यत्रो खतारा बनेँ

मेरो खप्परमा साजय गोली लेखियो

के दिनदहाडै सहरमा गर्जने ताइलो थिएँ ?

कि शरीरमा बारुद भरेर निस्किएको आँत्माघाती थिएँ हँ ?

मैले लिखासिङहरुको घरबारी खरबारी लुटेको थिइनँ

मैले अराजक्ता नै फैलाएको थिएँ यो मुलुकमा

होला, बिराएँ हुँला केही

एउटा नाबालकलेछ्यान मुतेजस्तो

नपाएर साथिभाइको जस्तो खेलौना

हिन्ताबोधले तडपिएको बेला

तमासा मच्याएँ हुँला फ्रिएर

एतिकैमा गुमाएर होस

ठोकेर मेरो निधारमा गोली

उतार्नु मिल्थ्यो त रिस अभिभावकले ?

मेरो रगतको रङ्ग पनि उस्तै त थियो

उसकै जस्ता थिएहोलान् सपनाहरु पनि धेरै

मेरो तस्वीर सिरानी लाएर सुत्ने पत्नी

बाबा कुरेर बसेका बचेराहरु

मफर्की आउने बाटो हेर्ने धमीला आँखाहरु

उस्तै त थिए मेरा पनि उसको जस्तै

खै त मानबता ?

खै त यो सभ्य समाजको

सभ्य तालिम प्राप्त विवेक ?

 

थुप्रै सपनाहरु किन्न निस्किएको म पर्देश

यो जाली समयले आज उल्टै मलाई बेची दिएपछि

जीवनलाई बगाउन नसकेर अरुधेर

किनारा लाग्दा एकाछेउ

यो मान्छेहरुको सहरमा

म एउटा मान्छे

मान्छे हुनुको पहिचान हराएर

अमान्छे बाँचेको बेला

ममा मान्छे खोज्दै मलाई

एउटा मान्छेले नै निलेको छ आज

ठूलो माछाले सानो माछा निले जस्तो स्वात्तै,

 

महिनौँदेखि भोक र सोकले गलेको ज्यान

बाउँठीसकेका हात गोडाहरुमा के थियो र पाइन

एउटा हट्टाकट्टा सिपाहिलाई लतार्ने

के थियो र त्यस्तो सक्ति ममा

र उ सुरियो मेरो नीधारमा गोली दाग्न

होसियार

ऐ हेनेन्सी रोडबासी मोहमद आलम

सामसोइपो पार्कबासी अपो,लोयम र स्युख्यङहरु

आकाशे पुलमुनि ओतिइ हिड्ने मेरा सजातिहरु

यो माउसुलीहरुको स्वर्णद्वार

पुतलीहरुको पासो

यो कालोमाकुरी जालोले

भोलि तिम्रो पनि परिचय माग्न सक्छ

तिम्रो पनि थाँतबास खोज्न सक्छ

र त्यो बेला

नरन्कनु तिमी आफ्नो परिचय हराएको झोँकमा

नभन्नु उसलाई आफू बेवारिसे, बेघरबार भएको सत्य

नत्र उसले आफ्नो बहादुरी देखाउन सक्छ

मलाई जस्तै नीधारमा तिमीलाई पनि गोली ठोक्न सक्छ 

ड्याङ, ड्याङ, ड्याङ ।

 

 

       (१७ मार्च २००९ का दिन होमान्तीन मा एक हङकङ प्रहरीको गोलीबाट अनाहकमा मारिएका नेपाली दीलबहादुर लिम्बूलाई श्रद्धाञ्जली स्वरुप ।)