निर्मम यादहरू

Author : केवल गङ्गा गुरूङ
Published on : March 14, 2009


  
केवल गङ्गा गुरूङ
गीत
 

हरेक रात तिम्रो यादमा म एक्लै रोई दिन्छु

भुलाँउन व्यथाहरू बोतलहरू रित्याई दिन्छु

 

रित्तिदोछ जिवन मेरो रित्तिएन आँसु

तिम्रै निम्ती मर्छु भन्दानी दिएनौ तिमीले हाँसो

तिमीबाटै तिरस्कृत जिवन म कसरी बाँचु

 

आधा मात्र बाँचे जिवन आधा खोस्यौ तिमीले

छुट्नु थियो दोबाटोमा नभेट्नु थियो पहिलै

नशाले खोख्री सकेको जिवन अब रोकिने हो कहिले ।