यस्तै रैछ संसार Author : कोरङ्गी प्रेम Published on : March 13, 2009 |
||||||
हाँस्दा राम्री देखे पनि, मन भित्र खुनी रैछौ जुनी जुनीको वाचा कसम, दुई दिनमै भूली गईछौ यस्तै रैछ संसार
एउटा हाँस्दा अर्को रुने, मायाको कारोबार
आफ्नै सम्झी फूल दिए, फूललाई काँडा भन्यौ मायाको सौदा गरी, बजारमा मोल गर्यौ यस्तै रैछ संसार
सयौं खोला जंघार तरे, मायामा बेकार !
धेरै छन् बाटोहरु, तर हिँडने ठावै छैन जिन्दगीमा हाँसी खुशी मायाको गाँवै पाईन यस्तै रैछ संसार
मतलबी यो दुनियामा, तिमी जीत म हार ।। |