माया बस्या Author : केदार श्रेष्ठ Published on : March 13, 2009 |
||||||
मलाई छाडि के भो र अर्कै माया पायौ होला धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला । झूटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै रुँदै हाँस्दै उसलाई पनि साउनुसम्म सायौ होला । संगत तिम्रो धेरै गरेँ बुझ्न गाह्रो रै’छ वानी त्यही वानीले मलाई झैँ कति बसाइँ सार्यौ होला । हल्ला थियो गाउँघरमा तिम्रो मेरो माया बस्या झूटो हल्ला गर्या भनि दोष मलाई लायौ होला । बाहिर रुप फूल जस्तो भित्र-भित्रै खोक्रो रै’छ 'गगन'लाई जालमा पार्न बादल बनि धायौ होला । भीमस्थान-५,सिन्धुली हाल-अनेसास यू.ए.ई.च्याप्टर
|