मर्यादाको कवज Author : प्रकाश रोदुङ Published on : March 09, 2009 |
||||||
मुख छ बोल्न नहुने कान छ सुन्न नहुने आखा छ हेर्न नहुने विचार छ सुनाउन नहुने विद्रोह छ देखाउन नहुने विमति छ आपति जनाउन नहुने खै यो तिम्रो मेरो हामी सबैको कस्तो कस्तो हङकङ, हप्ता दिनको एउटा छुट्टी सधै खालि परिवारजन बस्ने कुटी बाँदरे डाँडा कहिले धुवाउँछन् ताईमोशानमा कहिले बोलाउछन् कहिले क्लब र रेष्टूराँहरुमा टोलाउछन् आज फलानाको अधिवेशन भोलि ढिस्कालो बि बि क्यु पर्सि लाईब कन्सर्ट निकोर्सि नेताको सवारी काने कोर्सि मन्त्रि ज्यु आउने गर्नु पर्यो तयारी यस्मा जाउ तेस्मा पनि जानै पर्ने तेस्मा नजाउ फेरि रिसाउने सबैको मन राख्दा राख्दै हप्तादिन तेसै बित्ने खै तिमी हामी सबैले भोगेको कस्तो-कस्तो हङकङ, निम्तो दिनै पर्नेले पनि बोलाउछन् नबोलाउनु पर्नेले नी कर गर्छन् बुझ्नै नसक्ने भाषाको पुस्तक पनि बिमोचन गर्न लगाउछन् यहाँ क्लिक गर भन्दै कमरसीयल डट कमको उदघाटन गराउँछन् खै तिमी हामी सबैले भोगेको कस्तो-कस्तो हङकङ, अतिथि बनाएर अगाडि ठड्याउछन् आँखा चिम्लि हात ठड्याएर स्वर्ग जाउ भन्छन् नचिम्लौँ ठूलो भइस भन्छन चिम्लौं न कुर्सी नै छोडेको हुन्छ, बनाएर अतिथि बोलाउछन् पैसा नतिरी भित्र पस्न पाउदैनस भन्छन नतिरौँ किंकट भन्छ तिरै काहा जान्छ-जान्छ तिमी हामी सबैले भोगेको यो कस्तो-कस्तो हङकङ, बिरबलको जुलुशमा म एक्लो अकबर जस्तो अकबरै-अकबरको हुद्दामा फेरि म बिरबल जस्तो एता मिलाउदा उता टेढिने उता सौज्झ्याउदा यता पसाङगिने बिना हुनुमानबल सुमेरु पर्बतमा दवाई खोज्न गए जस्तो न दवाई चिन्न सकिने न पर्वत बोक्न सकिने खै कस्तो कास्तो हामी सबैले भोगेको यो हङकङ । |