दुई थोपा आँसु

Author : गनेश मगर
Published on : March 06, 2009


  
गनेश मगर

यो दुई थोपा आँसु तिम्रै लागि झरेको

थाहै नपाई यो जिन्दगी पलपल जिउँदै मरेको

यो मन मुटु सवै तिम्रै हो

त्यसैले त यो मुटु पनि तिम्रै चालमा चलेको,

 

विर्सेर पनि चिन्दीन नभन्नु

घायल छु तिम्रो प्रेममा आफ्नै सम्झी माया गर्नु

तिम्रै दिलमा वस्छु साधै पराई नठान्नु

मेरो पनि मनै त हो तिरेल नहान्नु,

 

चाहिदैन मलाई सम्पती र धन

चोखो प्रेम दिए खुशी हुन्छ यो मन

संधै तिमीबाट पाई रहुँ साथ

तिमी मुना म मदन बनौ आजैबाट,

 

तिमीबाट चोखो माया पाउने मेरो आशा

त्यहि आशमा कहिले काही बन्छु निराशा

चोखो प्रेममा ईष्र्या गर्ने धेरै धेरै हुन्छन्

त्यहि प्रेमले कति मान्छे जिन्दगीभर रुन्छन् ।