नयाँ वर्ष २००९ र नेपाली पदक

Author : टंक सम्वाहाम्फे
Published on : February 25, 2009


  
टंक सम्वाहाम्फे
          हङकङमा क्रिसमसको उल्लासमय वातावरण सकिंदा नसकिंदै अर्को उल्लास थप्न सन २००९ को नयाँ वर्ष आउँन केहि दिन मात्र बाँकी थियो । नयाँ वर्षाई मनाउँने मेरो कुनै तयारी थिएन । ��"सत दिनहरु झैं हृदय देखि स्वागत गरुँला भन्ने सोच्दै मात्र थिए । तर अचानक नेपाली साहित्य प्रतिष्ठान हङकङलाई साहित्यमा सेवा गरे वापत नेपाली महासंघ हङकङद्वारा नेपाली पदक प्रथमले सम्मान गर्ने जानकारी पाएपछि मेरो मनले नयाँ वर्षलाग्नु भन्दा केहि दिन अगाडी नै नयाँ वर्षलागेको महशुस गर्न थाल्यो । सोहि अनुसार नेपाली महासंघ हङकङको दशौं वाषिर्कोत्सव सन् २००८ डिसेम्वर ३१ तारिखका दिन पदक ग्रहण गर्ने काम पनि सम्पन्न भयो । पदक ग्रहण पछि नेपाली साहित्य प्रतिष्ठान हङकङको वर्तमान अध्यक्षको नाताले मेरा अनेकौ खुशीहरु उम्लिएर पोखिए । मलाई लाग्छ यो संस्थासँग सम्वद्ध सदस्यहरु तथा अन्य साहित्यकार मित्रहरुको पनि अन्तरमन खुशी भएको हुनुपर्छ ।     
          समग्रमा हेर्ने हो भने साहित्यले वा साहित्य सेवा गर्ने संस्थाले उक्त पुरस्कार पाएको हो । त्यसकारण साहित्यकारहरु खुशी भएको हुनुपर्छ भनेको हुँ । सन् २००० मार्च ५ तारिखका दिन नेपाली साहित्य प्रतिष्ठान हङकङको स्थापना भए पाश्चात अविराम मासिक पत्रिका लगायत चार पुस्तक कृति प्रकाशन गरिसकेको छ भने वाषिर्करुपले कविता गोष्ठि निरन्तर आयोजना गर्दै आएको छ । जुन वेला  हङकङमा नेपाली साहित्यलाई जगेर्ना साथै उत्थान गर्नको लागि एक संस्थाको आवश्यकता थियो त्यसै वेला मैले नेपाली साहित्य प्रतिष्ठान हङकङको संयोजकको भूमिका निभाएर अवधारणा पेश गरेको थिए । सोहि अवधारणा साहित्यकार, वुद्धिजिवी, पत्रकार आदि सवैको र्सवसम्मतिमा प्रतिष्ठानको निर्माण हुन पुगेको हो । हङकङमा नेपालीहरुको वासोवास लम्विने कुरालाई मध्यनजर गर्दै भावि पुस्ता र स्वयम प्रतिष्ठानका सदस्यहरुले पनि संस्थामा आवद्ध भएर लेखनमा क्रियाशिल रहन पनि यो संस्थाको टड्कारो आवश्यकता महशुस गरिएको हो ।  प्रतिष्ठानको पहिलो अध्यक्ष चन्द्र दुमी र्राई दोस्रा अध्यक्ष शरण सुब्बा र तेस्रो अध्यक्षको रुपमा मैले पाँच वर्षेखि सम्हाल्दै आएको छु । नेपाली साहित्य प्रतिष्ठान हङकङले नेपाली पदक प्रथम पाउँनुमा सम्पूर्ण भूतपूर्व पदाधिकारी र वर्तमान पदाधिकारीको उत्तिक्कै महत्वपूर्ण योगदान रहेको छ । यसरी साहित्यिक संस्थाले पदक पाउँनु भनेको नै सम्पूर्ण साहित्यकारले पदक पाए सो सरह हो । किनभने प्रतिष्ठान आम साहित्यिक र्सजकहरुको पवित्र मन्दिर हो । यो संस्थालाई कसैले ब्यक्तिगत पेवाको रुपमा सोच्नु हुदैन हेर्नु हुदैन सम्पूर्ण नेपाली र नेपाली भाषा साहित्य सेवा गर्ने उदेश्यले स्थापना गरिएको हो । हङकङको परिवेशमा पहिलो साहित्यिक संस्थाको रुपमा स्थापित भएर पनि विभिन्न आरोह अवरोहहरु पार गर्दै आएको छ । पर्राई भूमिमा नेपाली साहित्यको जग बसालेर नेपालीहरु कै माझ निरन्तर साहित्य सेवा यस संस्थाले गर्दै आएको छ । र यस संस्थाले उत्तरभविष्यमा पनि निरन्तर साहित्य आफु लेख्ने र अरुलाई लेख्न,  पढ्न र उत्थान गर्न प्रोत्साहन गर्ने कार्यगर्दै जानेछ । जस्ले गर्दा बिदेशी भूमिमा पनि नेपाली भाषा सहित्य पढ्नु पर्छ लेख्नु पर्छ र सिक्नु पर्छ भन्ने भवना जगाउँदछ ।
          प्रतिष्ठानको स्थापना पछि  हङकङेली नेपालीहरुको भावनामा यस्तो प्रकारको स्थिति सिर्जना गर्राई दिएको छ । यर्सथ आजभोलि नेपाली विद्यार्थीहरु अध्यायन गर्ने विभिन्न चाईनिज विद्यालयमा समेत नेपाली भाषाको अध्यायन गर्न पाउँनु पर्ने माग भैरहेको छ भने कति विद्यालयमा ऐच्छिक रुपले अध्यायन पनि गरिरहेकाछन् । नेपाली भाषा साहित्यको संरक्षण सर्म्वर्द्धनको भोक नेपालीहरुमा अनायासै जगाई दिएको छ । हङकङको परिस्थितिमा हामी सवै नेपालीको समयाभाव हुन्छ नै किनभने ब्यावहारीक समस्यालाई र्टार्नको लागि कुनै न कुनै प्रकारको रोजगारीमा धेरै समय विताउँनु पर्ने भएकोले भने जस्तै समय प्राय कसैको हुदैन । तर पनि त्यहि समयसँग लड्दै जुझदै नेपालीहरुमा भाषा साहित्यको चेतना जगाई दिनुमा प्रतिष्ठानको भूमिका थियो, छ र हुनेछ भन्दा अत्युक्ति नहोला । अनेकौ बाधा ब्यावधान र लाञ्छानाहरु, आरोपहरु ब्यहोर्दै नेपाली साहित्य प्रतिष्ठान हङकङले यो वर्षदशौवाषिर्कोत्सव भब्यताका साथ मनाउँने तयारीमा जुटि सकेको छ । दशौ वर्षसम्मको अथक लगानी र प्रयासलाई नेपाली महासंघ हङकङले कदर गर्नु निश्चय नै उच्च अथवा वौद्धिक चेतनालाई सम्मान गर्नु हो । त्यसो त कति प्रतिष्ठान र अध्यक्षको विरुद्धमा पनि उभ्नु भएको छ होला तर हामी साहित्य लेख्ने साहित्यकर्मी भएकोले कहिल्यै आफ्नो कामबाट बिचलित हुदैनौ । बरु हाम्रो कलमको प्रहारले विरुद्धमा उभ्नेहरु नै पछारीएर जान्छन् । त्यसकारण हाम्रो यात्रा अविरल नदीको प्रवाह जस्तै निरन्तर वगीरहन्छ । तर आज प्रतिष्ठान कै विरुद्धमा उभ्नेहरुको आँखा अगाडीबाट नै पदक ग्रहण गर्ने काम पुरा भएको छ । प्रतिष्ठानमा आवद्ध सदस्यहरुले कुनै लोभ लालचमा फस्नु हुदैन । किनकी लोभ लालचमा फसेर कहिल्यै असल साहित्यको निर्माण गर्न सकिंदैन । प्रतिष्ठान विशुद्ध साहित्यिक संस्था भएकोले साहित्यकारहरुलाई मातृत्व प्रदान गर्ने काम गर्दै आएकोछ । हङकङमा नेपाली साहित्य लेखन र पठनको जग बसालेर नयाँ परिस्थितिको सिर्जना गर्नु पक्कै पनि सजिलो विषय होईन । सायद त्यहि असजिलो कममा प्रतिष्ठानले हात हाल्दै आएको हुनाले यसपालीको नेपाली पदक प्रथम आफ्नो पोल्टा परेको हुनु पर्दछ । निश्चय नै यो कदर र प्रोत्साहनले अन्य नयाँ काम गर्ने प्रतिष्ठानका सदस्यहरुलाई उत्साह जगाई दिएको छ । अवका दिनहरुमा प्रतिष्ठानले केहि नयाँ कामहरु अवश्य गर्दै जानेछ र गर्दै आएको पनि छ । साहित्य लेखन लामो तपस्या जस्तै साधनामा निर्भर हुने भएकोले जनमानसमा अन्य काम सो सरह तुरुन्तै नदेखिएको हुन सक्छ तर काम भने भित्रभित्रै निरन्तर भैरहेको हुन्छ । त्यो साधनाको समयमा कसैलाई थाहा नभएर साहित्यकारहरुलाई निस्क्रिय भए जस्तै देख्न सकिन्छ वास्तवमा सक्रिय भै रहेकै हुन्छन् । अक्षर,बिचार र भावनासँगको काम निश्चय नै सजिलो हुदैन । धेरै कुरा अध्यायन गरेर धेरै कुरा सोचबिचार गरेर मात्र काम गर्नु पर्ने भएकोले चाडै कामहरु नदेखिएका हुन सक्छन् । तर जे होस् हङकङ जस्तो जटिल ठाउँमा पनि धेरै साहित्यकर्मीहरु प्रतिवद्ध भएर लाग्नु भएको छ त्यसकारण उत्तरभविष्यमा धेरै कामहरु हुनेछन् भन्ने कुराको पूर्वसंकेत हो । निश्वार्थ नेपाली र नेपाली भाषा साहित्यको लागि आफ्नो समय साहित्यकारहरुले लगानी गरिरहेकाछौ । त्यहि लगानीको कदर यसपाली भएको छ । जस्ले हामी सवै साहित्यकार र साहित्य प्रेमीहरुलाई खुशी तुल्याएको छ । यदि निश्पक्ष र सहि ढङ्गले कुनै पनि सम्मान र पुरस्कार दिईन्छ भने त्यो निश्चय नै स्वागत योग्य हुन्छ ।