इडिपसलाई शब्द श्रद्धाञ्जली

Author : प्रकाश थाम्सुहाङ
Published on : October 16, 2008


  
प्रकाश थाम्सुहाङ
Author
 

          ठ्याक्कै त मिति याद भएन । निकै अघिको कुरा हो । साङ्गीतिक जोडी गणेश र यशोदा पराजुलीको पछिल्लो एल्वम सहयात्राको विमोचन कार्यक्रम थियो सायद । उक्त अवसरमा कवि हाङयुग अज्ञातले हाम्रो परिचय गराइदिनुभएको थियो । उहा पनि गाउनु हुन्छ, एलवम निकाल्ने सुरसारमा हुनुहुन्छअज्ञातजीले थप परिचय गराईदिनु भएको थियो । अनि उहाँले विदा माग्नु भो हतार मै सायद हतार मै हुनुहुन्थ्यो । हुन्छ भने । अनि हामी छुट्टियौँ । उहाँ अर्थात् कुलदीप सुनवार इडिपस। हाम्रो क्षेत्र, रूची, आकाङ्क्षा एक हुनाले भेट्थ्यौ-छुट्टिन्थ्यौ । निरन्तर भेट्थ्यौ र छुट्टन्थ्यौ । पछिल्लो पटक केही हप्ता अगाडि हाम्रो भेट भएको थियो । उहा हतार मै हुनुहुन्थ्यो । केही शब्दको आदान-प्रदान पछि हामी छुट्टयियाै। एकदिन फूर्सद मिलाएर हाम्रो पत्रिका माथि छलफल गराउलाभने मैले जाने बेला । हुन्छ भन्दै बाइक चढेर जानु भो । विगतमा झै फेरि भेट्ने आसा म कसरी नराखुला ? राखे, राख्थे नै पनि । तर अपसोच झ् अब इडिपसको भौतिक अवयवसग मेरो भेट कहिल्यै हुदैन । यो तितो यथार्थ सामु म मर्माहत भएको छु । म दुखेको छु ।हाम्रो भेट चाक्लिदै जानुको प्रमुख कारण थियो सृजनशील साहित्य समाज हङकङद्वारा प्रकाशित सृजनशील साहित्य अर्द्धवाषिर्क पत्रिका । इडिपसजीले अङ्गे्रजी हेर्नुहुन्थ्यो म नेपाली हेर्थे । प्रधान सम्पादक नरेश सुनुवार हङकङ मै हुनुहुन्थ्यो । इडिपसजी धापाखेल बस्नु हुने म बुढानिलकण्ठ । हामी दुईको वासस्थान धेरै फराक थियो । पत्रिकाको कामचाहि बागबजार गरौ ल, दुवैलाई पायक पर्नेमैले प्रस्ताव राखे । उहाले स्वीकार गर्नु भो । सुरुमा उहाले भन्नुभएको थियो -मेरो भाइहरू छन् धापाखेलमा कम्प्युटर गर्ने, यतै पो गरौ कि ?तर मलाई टाढा हुन्थ्यो, समस्या राखे । उहाले पनि मन्जुर गर्नु भो । पत्रिकाको सेटिङ, प्रेस लगायतका अरू प्राविधिक कामहरू बागबजार मै गर्ने भयौ ।पत्रिका त निकाल्ने भयौ । हङकङबाट हामीलाई जिम्मेवारी आईसकेको थियो । अब लेखहरू सङ्कलन हाम्रो प्रमुख कार्य थियो । त्यसकारण, यहाका लेखक, चिन्तक, कवि, भाषाविद्हरूसग रचना माग्ने काम हामीले थाल्यौ । पत्रिकाको सल्लाहकार पनि राख्नु पर्ने थियो । पहिले हामी दुई डा. लाल रापचाकोमा गयौ । उहाले केही सुझाव दिएर सहमत हुनु भो । त्यस पछि हामी वैरागी काइलाको घर पुग्यौ । उहाले निरन्तरताको कुरा गर्नु भो । ठिकै हो । तितो यथार्थ पनि । यहा एक अङ्क निस्किदै बन्द हुने धेरै पत्रिकाहरू छन् । उहा सल्लाहकार बस्नु मान्नु भएन । सल्लाहकार राख्छन्, एकपल्ट सोध्नु आउने होइन । के-को सल्लाह दिनु’ - काइला बाको आफ्नै दुखेसो थियो । सायद उहा अनुभव बोलिरहनु भएको थियो । त्यसपछि डा. गोविन्दराज भट्टराईलाई भेट्यौ । उहा राजी हुनुभो ।

       शनै-शनै दिन बित्दै थियो । लेखहरूको सङ्कलन लगभग पुरा भईसकेको थियो । हङकङको लेखहरू पनि आउने क्रम जारी नै थियो । यसै बीच इडिपसजीले अनमीनमा जागिर पाउनु भो । अब उहा बेफुर्सदीलो हुनु भो । हाम्रो भेट पातलिदै गयो । तर पनि हाम्रो फोनमा सम्पर्क भईनै रहन्थ्यो । नेपालको शान्ति प्रक्रियाको मूल् एजेण्डा हतियार व्यवस्थापनमा इडिपसजीको किराती बुद्धिको थोरै सही सदुपयोग भईरहेछ । सोचेर म गौरान्वीत हुन्थे ।

          पत्रिका प्रकाशन गर्नु तथा सम्पादन गर्नु निश्चय नै सजिलो काम होइन । विगतको अनुभवबाट पनि म जानकार थिए । सृजनशील साहित्यको प्रकाशन यात्रा क्रममा पनि हामीले धेरै मेहनत गर्žयौ । हामी दुईमा एकपल्ट खटपट पनि भएको थियो । त्यो घटना मैले ईमान्दार भएर यहा उल्लेख गर्नै पर्छ ।पत्रिकाको अगाडिको कभरमा अमूर्त चित्र राख्ने हाम्रो सल्लाह भयो । चित्र बनाउनु दिने जिम्मा मैले लिए । फलस्वरूप विवेकजीलाई मैले चित्र बनाउनु दिए । केही दिनमा उहाले चित्र बनाएर ल्याउनु भो । अनि इडिपसजीलाई फोन गरेर उहाको लन्च आवर ब्रेकमा बागबजार बोलाई उक्त अमूर्त चित्र देखाए । उहाले पेन ड्राइवमा हालेर लानु भो । साझतिर म न्यूरोडको कवि कुनामा चिया पिउदै थिए । उहाको फोन आयो -"प्रकाशजी चित्र मलाई अलि मन परेन, रङ्गहरूको संयोजन मलाई ठीक लागेन । अर्को बनाउँ ।" तर मैले राम्रो छ, त्यही राख्नु पर्छ भन्ने अडान छाडिन । भोलिपल्ट त हाम्रो फोनमा चर्काचर्की नै पर्žयो । दुवै जनाको योङ्गब्लड, दुवैको ब्लडप्रेसर हाई । पत्रिका ननिकाल्ने सम्म पनि भन्न पुगेछु । हप्ता दिन जस्तो हामी सम्पर्क विच्छेद भयौ । पछि सोचे मैले, हो त म अधिनायकी भइरहेछु । म अलि बढ्ता निरङ्कुस भइरहेछु । कम्प्युटर मैले भनेको ठाउमै, प्रेस, कभर मैले भनेको ठाउमै । सल्लाह गरेर काम गर्नु पर्नेमा म बढ्ता हावी भएछु । अनि कभरमा राख्ने अमूर्त चित्रलाई घोरिएर हेरे । लिम्बू मिथक, सास्कृति झल्काउने चिजहरू ज्यादा आएको रहेछ । तर यो अनायासै भएको थियो, अवचेतनबाट । विवेकजीले कस्तो बनाउ भन्दा भनेछु च्याङब्रुङ, गुलेली, सिरीजङ्गा यसो देखियोस् न । अलि इथ्निकटाईपको होस् । इडिपसजीलाई रङहरूको संयोजनमा आपत्ति थियो या चित्रको अर्थमा ? मैले बुझिन र सोधिन पनि । प्रत्येक मान्छेहरूले आफ्नै कुरामा ज्यादा जोड दिने रहेछौ । म पनि त्यसबाट अछुतो रहन सकिन ।

          पछि बागबजारमा भेट भयो । मुसुक्क हास्यौ दुवैजना । चिया खाादै गफ गर्žयौ । हामी दुईमा हुन त त्यस्तो केही भएको थिएन तर पनि मिलेर काम गर्ने सल्लाह गर्žयौ । उता हङकङमा दाइहरू मिलेर काम गरे जस्तै यता हामी पनि मिलेर काम गर्नु पर्छ ।, उहाको यो भनाइबाट म ज्यादै प्रभावित भए ।

          अन्ततः पत्रिका प्रकाशित भयो । मैले भने जसरी, यसर्थ म अलि हामी भए कि भन्ने महसुस गरे । एकपल्ट भेटमा भने -"कुलदीपजी, अर्को अङ्क तपाईंको योजना अनुरूप निकाल्ने ल" चिरपरिचत शैलीमा मुसुक्क हास्नु भो । र स्वीकृतिमा टाउको हल्लाउनु भो ।

          तर लेखान्त कठोर रहेछ । दैव पनि यति बोघ्न क्रूर र निकृष्ट हुदो रहेछ । अर्को अङ्कको तयारी पूर्व नै उहालाई हामीबीचबाट अलग्याएर लग्यो । शुभ मुकारुङलाई गीत माग्दै हुनुहुन्थ्यो । सायद एलबम निकाल्ने सुर कस्दै हुनुहुन्थ्यो । त्यो सपना पनि पुरा भएन । यहा यसरी नै सपनाहरूको मृत्यु हुदो रहेछ

          अब हामी बाचेकाहरूले उहाको सपनाहरूलाई पूरा गर्ने चेष्टा गर्नु उहाप्रति सच्चा श्रद्धाञ्जली हुन आउछ । सृजनशील साहित्य समाजहङकङले उहाको नाममा पुरस्कार, पुस्तकालय स्थापना गरेर अनि सृजनशील साहित्यलाई निरन्तर प्रकाशन गरेर इडिपसजीको सपनालाई केही हदसम्म साकार पार्ने प्रयत्न गर्नुपर्छ । म कलम बोकेको साथीबाट चाहि शब्द श्रद्धाञ्जली इडिपसजी, श्रद्धाञ्जली ।