जङ्गबहादुर

Author : मनि राई
Published on : February 14, 2009


  
मनि राई
खिया परेको इतिहास
एउटा निरङ्कुश कोतपर्वको घेरामा
निस्लोट बिरामी परेर सुतेको छ
समय, परिधि र घटनाको
भग्नावशेष खोज्ने
पेट रित्तिएका
एक दर्जन बिद्रोही कलमहरू
आफ्नो निरुत्साहित जीर्ण भविष्यदेखि
थकित मुखाकृतिमा
कालखण्डाको सिरानी हालेर
इतिहास बन्धक राख्ने
कोतपर्वको पृष्ठभागमा
चूपचाप निश्चल मुद्रा
मृत्युशैयामा पल्टेको छ
किनभने उनीहरुको छेवैमा
जङ्गबहादुर
तरबार खैंचेर बसेको छ ।

याकु, भोजपुर