फूल र ढुंगा साम्राज्य

Author : निराजन वतास
Published on : February 11, 2009


  
निराजन वतास
(श्रृजना अनलाईन कविता प्रतियोगितामा दोस्रो विजेयी) 
 …, म झन् अविचलित भएँ
ढुंगाको पहाड फुटेर
पहिरोले मैदान छोप्न थाल्यो ।
 
त्यो बेला
पहाडभरि मैदानहरु थिए
एकनासे फूलको टार
, थियो बासनाहरको गरा ।
 
एक दिन ढुंगाले आफु
कुरुप हुनुको रिस
फूलका टारहरुमा जोत्न थाल्यो
, झन् अविचलित भएँ
ढुंगाको पहाड फुटेर
पहिरोले मैदान छोप्न थाल्यो ।
 
टार उबडखाबड भयो
मैदानमा ढुंगाको पहाड फुट्यो,
पहाडका मैदान छुटे
मैदानभरि ढुंगाको वर्षा भयो
बासनाका आली एकाएक भत्किए
सुन्दर बगैंचा एकाएक
ढुंगा साम्राज्य बन्यो ।
बासना लिलाम भयो ।
 

अनि, पत्थरमा च्यापिएर
फूल ग्याँचे बने
मेरुदण्ड भाँचिएका फूलहरुले
फूलको अस्तित्व बचाऊ गरे
फूलको टार र एक अधमरो फूलमा
के फरक छ -

अहिले फूलहरु ढुंगाको सेपमा
चिसाम्य छन् ।

तर म फूल तातो देख्दछु,
काँडा छिमलेर फुलेको फूल
हाँगैपिच्छे फूर्तिलो रातो देख्दछु
ढुंगाको बुइं चढ्न फूलको खुट्टा
उचालिएको छ, मानौं ।
 

तंग्रिएको फूल देखेर
मैले सोंचें-
फूलको सपना पिङ् हाल्न मिल्ने
रुख हुनु होइन ।
फूल छामेपछि थाहा भयो-
एक दिन फूलको पहाड फुटेर
पहिरोले मैदान छोप्न थाल्नेछ

र..,म झन् अविचलित भएँ ।
एक दिन फूलको पहाड फुटेर
पहिरोले मैदान छोप्न थाल्नेछ ।
र फेरि टार टारै बन्नेछ ।
 

र.., म झन् अविचलित भएँ
किनकि फूल र ढुंगाको भीमकाय रणमैदान
चुपचाप टेकिरहन सक्दै सकिनँ
र फेरि फूलका टारहरुको अविचलन
सौर्न्दर्य फक्रिरहने बखत
म अविचलित भएँ
र..,म झन् अविचलित भएँ ।

 

(श्रृजना अनलाईन कविता प्रतियोगितामा  दोश्रो विजेता कवि निराजन बतासलाई बधाई छ)
 सृजनशील साहित्य समाज हङकङ