Send us your Literature
no data

    Main Categories
» Editorial / सम्पादकीय
» Interview / अनà¥à¤¤à¤°à¥à¤µà¤¾à¤°à¥à¤¤à¤¾
» Poetry / कविता
» Story / कथा
» Essay / निबनà¥à¤§
» Drama / नाटक
» Novel / उपनà¥à¤¯à¤¾à¤¸
» Criticism / समालोचना
» Article / लेख
» Lyrics / गीत/गजल
» Memoir / संसà¥à¤®à¤°à¤£
» New Talent / नव पà¥à¤°à¤¤à¤¿à¤­à¤¾
» Review / समिकà¥à¤·à¤¾
» English / अंगà¥à¤°à¥‡à¤œà¥€
» Others / विविध

  More Options
» Interview / अन्तर्वार्ता
» Most Viewed / धेरै पढिएका
» Top Rated / धेरै मत पाएका
» Videos / भिडियो
» Photos / विशेष तस्वीरहरु
» Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
सम्पादकीय

परिवर्तित र गतिशिल समयसँगै जीवन जगत पनि परिवर्तनशिल र चलयमान हुँदै जानु साविक प्रक्रिया हुन् र त्यसै अनुरुप मानवीय जीवनका प्रत्येक गतिविधिहरूमा पनि परिवर्तन र गतिशिल बन्दै जानु स्वभाविक कुरा हुन् । यस प्रक्रियालाई विकासक्रम भनि बुझिदिए पनि हुन्छ । तसर्थ, हामीले पनि समयको माग र यसको गतिलाई पच्छ्याउँदै अगाडि बढ्नु पर्ने हुन्छ । यस कारण सृजनशिल साहित्य समाज हङकङ पनि समयको माग र गति अनुरुप अगाडि बढ्ने पक्षमा प्रयासरत रहि आएकोछ । उदारणार्थ- हिजो हामीले आफ्नो साहित्य गतिविधि र विचारलाई सृलनशील साहित्य अर्धवाषिर्क पत्रिकाको पि्रन्ट माध्येमबाट पाठक समक्ष पस्किदै आएकोमा दोश्रो अंक देखि विद्युतिय माध्यम -वेभ साईट) लाई आप्नायौं । अनलाईनमा प्रक्ष्येपण गरेएता करिव १ वर्षसम्म सृजनशील साहित्यलाई परिक्षणकालको रुपमा संचालन गरिएको र यस अवधिमा पाठकहरूको उल्लेखनीय उपस्थिति, सहयोग र सहभागिताले हामीलाई थप हौसला र उर्जा प्राप्त भएको छ र यसलाई अरु सुधार र परिमार्जन गर्दै शसक्त रुपमा अगाडि बढ्ने, बढ्ाउने प्रण गर्दछौं ।

सस्तो लोकपि्रयतालाई भन्दा स्तरीयतालाई मान्यता दिनु हाम्रो लक्ष्य र उद्देश्य हो, तथापि चाहेजस्तो स्तरीयता भने प्रदान गर्न सकिएको छैन, तर लक्ष्य प्राप्तिको निम्ति हामी निरन्तर प्रयासरत रहने छौं । सृजनशील साहित्यलाई अनलाईन मार्फत पाठक सामु पस्किने क्रममा केवल साहित्यलाई मात्र नअप्नाई वृहत रुपमा हरेक तह, क्षेत्र र जीवनका गतिविधिको सबै पाटोलाई समेटेर लैजाने अभिप्रायले विविध सामाग्री दस्ताकासाथ उपस्थित भएका हौं र हाम्रो वेभ साईट विविधताको सङ्गम भएको हुनाले यसको नामाकरण पनि (www.bagaicha.com) राखेका हौं । तर बगैंचामा कति फूल फुलाउन सकियो वा सकिएन त्यो चाहीँ तपाई सम्पूर्ण पाठकवर्गले भन्ने-सुझाउने कुरा हो र हामी तपाईहरूको प्रतिक्रिया, सुझाव सल्लाहको अपेक्षा गर्दै त्यसको हमेसा कदर गर्दै जानेछौं । स्तरियता भएकोले हो वा बढि लोकपि्रय भएको ले हो या त दुवै चरित्र समेटिएको कारणले हो, प्रक्ष्येपण गरेको ६ महिना नबित्दै अमेरिकाको ईण्डियाना देखि ह्याकरहरूको शिकार पनि बन्न पर्यो बगैंचा डट कमले । पछिल्ला दिनहरूमा पनि पटक पटक ह्याक गर्ने प्रयासहरू हुँदै आएका छन् र हामीले त्यसको प्रतिरोध गरिरहेका छौं । जीवनको सामान्य गतिविधिलाई पाठक र दर्शक सामु प्रवाह गर्ने एउटा साधरण वेभ साईट भनि ठानेको हाम्रो यो (बगैंचाडटकम) ह्याकरहरूको गिध्दे नजरमा पर्नुलाई हामीले एउटा उपलब्धि नै ठानेको छौं ।

धरै भन्दा धेरै सामग्रीलाई एउटै थलोमा अटाउन त्यति सजिलो छैन रहेछ र सबै सामाग्रीलाई होमपेजमा छरपष्ट पारेर राख्नु पनि अव्यवस्थित र स्तरहिन देखिन जाँदोरहेछ । तसर्थ, प्रत्येक सामाग्रीलाई विविध शिर्षकमा वर्गिकृत गरी व्यवस्थित रुपमा प्रस्तुत गरिएको हुनाले हाल चलनचल्तिमा आईरहेका अन्य वेभ साइटभन्दा बगैंचा डट कम अलि पृथक र बृहत हुनु स्वाभाविकै हो । वृहत र व्यवस्थित भएकै कारणले नै होला, कतिपय भिजिटरहरूले आफूले चाहेको र खोजेको सामाग्रीसम्म पुग्न असमर्थ भएको प्रतिक्रिया र गुनासाहरू आएरहेका छन् । यसको लागि हामी सम्पूर्ण आदरणीय पाठकवर्गलाई बगैंचा डटकममा प्रवेश गरेर सबैभन्दा पहिले होमपेजमा राखिएको शिर्षकहरूलाई छनौट गरेर आफूले हेर्न चाहेको सामाग्रीलाई क्रमवध्द रुपमा हेर्न सकिने कुरा पनि अवगत गराउँन चाहन्छौं । जस्तो- सृजनशील सहित्य पेजमा जानुपर्‍यो भने (Literature) मा क्लिक गरेपछि सृजनशील साहित्यको होमपेजमा प्रवेश गर्न सकिन्छ र त्यहाँ समावेश गरिएका सामाग्रीहरूलाई आफ्नो ईच्छा अनुसार सजिलै हेर्न सकिन्छ । त्यसैगरी अन्य विषयहरू पनि सन्बन्धित शिर्षकको होमपेजमा प्रवेश गरेपछि मात्र त्यहाँ समेटिएका विविध विषयवस्तु र सामाग्रीहरूलाई हेर्न सकिन्छ । यहि सुत्रलाई अप्नाएर आफूले चाहेको सामाग्रीलाई ग्रहण गर्न आग्रह गर्दै यस सम्बन्धि आफूलाई लागेको कुनै जिज्ञासा र सुझावहरू भएमा मेल मार्फत पठाईदिन अनुरोध गर्दछौं ।

अन्तमा, सृजनशील साहित्य समाज हङकङलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान दिनुहुने सम्पूर्ण पाठकवर्ग तथा आफ्नो लेख रचना पठाएर अमूल्य सहयोग गरिदिनुहुने सबै कवि, लेखक, समिक्षक, समालोचक श्रष्टाहरू र सिङ्गो बगैंचा डटकमलाई आ-आफ्नो स्थानबाट सहयोग गरिदिनु हुने सबैलाई धन्यवाद दिंदै निरन्तर सहयोग र सहभागिताको लागि अनुरोध गर्दछौं ।



    Links
» Column / स्तम्भ

    Random Pick

    Statistics
» Total Articles
670
» Total Authors
231
» Total Views
884932
» Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com