अचेल नेपालका आदिवासी भूमिपुत्रहरूको नाममा विभिन्न खाले टाँचा वा लाञ्छनाहरूले मूलधारका पत्रपत्रिकाहरूको पाना भरिने गरेको छ । सर्सर्ती हेर्दा ती आक्षेपका कोहोलोहरू यस्ता छन्- "जातीय आवेश, विभाजन रेखा, नेपाललाई युगोस्लाभियाझै विलय गराउने खेल, देशलाई लेबनानको कुबाटोतिर धकेल्ने कार्य, श्रीलंका, भुटान, सोमालियापथ र लेण्डुप दोर्जेहरूको जन्म" आदि...... |