आजको विश्वमा करिब ७ हजार भाषाहरू बोलिन्छन् र ती विभिन्न परिवारमा विभाजित छन् । नेपाली भाषा भारोपेली परिवारको हो । भारोपेली भाषा तथा आर्यभाषा भारत-इरानेली शाखाको प्रमुख मानिन्छन् । नेपालमा बोलिने भाषाहरूमा भारोपेली परिवारका नेपाली, मैथिली, भोजपुरी, थरुवाली, अवधि, राजवंशी, दनुवार, दरै, कुमाले, माझी, बोटे आदी पर्दछन् ।
भोट-बर्मेली वा चिनिया-तिब्वती परिवारमा प्रायः सुनुवार, राई, लिम्बु, याक्खा (यी ४ भित्र जम्मा २७ किराँती भाषाहरू छन्), नेवार, तामाङ, मगर, गुरुङ, शेर्पा, राजी, मेचे, धिमाल, चेपाङ, थकाली, जिरेल, धामी पर्न आउछन् । आर्यहरूको सबभन्दा पुरानो रुप वैदिक भाषा संस्कृत हो ...... |