Advertisement |
|
|
|
Memoir / संस्मरण
Read memoir in this category, sumitted by different Authors. |
गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
Published : January 08, 2015 | Author : नरजित राई | Rating :     |
|
|
गीत संगीत नसुन्ने र मन नपराउने मानिसहरू यो संसारमा कोहि छैन होला । मिठो गीत संगीत सुन्नाले मनमा आनन्द मात्र होईन यसले मानसिक पिडाहरूलाई समेत शान्त पार्ने औषधिको काम पनि गर्दछ भनिन्छ । कुनै-कुनै राष्ट्रहरूका अस्पतालहरूमा, संगीतलाई रोगको उपचारका लागि पनि प्रयोग गरिन्छ रे । बरिष्ठ संगीतकारहरू नै भन्छन " संगीतलाई परिभाषित गर्न सकिन्न किन कि यो अथाह सागर हो जस्लाई पौडिएर पार लगाउँन सकिन्न......
|
Read Full ... |
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
Published : November 18, 2014 | Author : नरजित राई | Rating :     |
|
|
मेरो तीन बर्ष अघि देखि मात्र शरिरमा बल्ड प्रेशर बढेको देखिएको थियो। त्यसपछि ब्लड प्रेशर नाप्ने मेशिन किनेर कोठामा नै नियमित जस्तो आफ्नो प्रेशर नाप्न थालेको थिएँ। मैले ब्लड प्रेशरलाई स्थाइ राख्नका लागि खानेकुराहरूमा निकै ध्यान दिन थाले। मैले समय-समयमा मेडिकल चेक-अपहरू हङकङमा र नेपाल तिर जाँदा समेत गराईरहेको थिए। यसले गर्दा मेरो शरिरमा ब्लड प्रेशर प्राय: स्थाई नै भईरहेको थियो। मलाई साथि-भाईहरूले ब्लड प्रेशरको औषधि प्रयोग गर्न सल्लाह-सुझावहरू पनि दिइ रहेका थिए......
|
Read Full ... |
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
Published : October 17, 2014 | Author : नरजित राई | Unrated |
|
|
मैले हङकङमा नेपाली साहित्यका यात्राहरू निक्कै नै फस्टाई रहेको महशुस गरि रहेको छु । यहाँ साहित्य सर्जकहरूको जमात पनि निकै बाक्लिरहेको छ । यो हङकङको नेपाली समाजमा, नेपाली साहित्य अनुरागिहरूको आकाश निकै उज्वल हुनेछ भन्ने बिश्वास पनि लिएको छु । म पनि यो जमातको सागरमा हेलिने चाहना एवम कोशिस गर्दा गर्दै ब्यस्त रोजिरोटिको दगुराईले साहित्य सृजनाबाट किनार तिर धकिलिएको छु । यस हङकङमा रोजिरोटिले जे चाहना लिन्छ हामिहरूले त्यसैको पछाडि लत्रक्क लुत्रक्क हुँदै पछ्याउनु पर्ने रहेछ । मलाई पनि यस पिडाले लेख-पढमा निकै नै आक्रान्त पारिरहेकोछ......
|
Read Full ... |
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
Published : July 14, 2014 | Author : मगेन्द्र राई 'भोजपुरे' | Rating :     |
|
|
केही दिन अगाडिको प्रभातकालीन समयमा घामको उज्यालो रोशनी झ्यालको बाटो भएर मेरो ओछ्यानमा पल्टिरहेको ममाथि अबतरण हुनु अगावै कवयत्री कविता राईले जीवनप्रतिको आफ्नो दृष्टिकोण अधुरो महसुस गर्दै जीवनको परिभाषालाई पध्यात्मक शैलीको कविता बनाएर प्रतिक्रियाकोरुपमा उचित जवाफको अपेक्षासहित आफ्नो फेसबुकको भीत्तामा यसरी पोखाइन्......
|
Read Full ... |
बन्दुक, बन्दना, जुवा र जुली
Published : December 08, 2013 | Author : टोप बहादुर राई | Rating :     |
|
|
विश्वकै जुवाघर उपनामले समेत परिचित मकाउ हङकङ झै चीनकै एक श्वसासित क्षेत्र हो । मकाउ, ताईपा र कोलेने गरि तीन वटा स-साना सामुन्द्रिक टापुहरु मिलेर बनेको मकाउको कुल क्षेत्रफल २९.९ बर्ग कि.मि. र जनसंख्या ५,५७,०० (सन् २०११ को सरकारी तथ्याङ्क अनुसार-विदेशी कामदार लगायत भिजिटरहरु बाहेक) मात्र रहेको छ......
|
Read Full ... |
रोसीका हजार छाल
Published : June 30, 2013 | Author : युवराज नयाँघरे | Unrated |
|
|
वैशाखको पहिल्यै दिन थिएँ म रोसी तीरमा !
विचित्र हुन्छ कहिलेकााही । यदाकदा नसोचेकै कुराको जोरजाम हुन्छ । हठात्मा घुमन्ते भइन्छ, जोहो न सोहो । मेलोमेसोविनै डुलन्ते हुन पुगिन्छ । अपुताली लाभ भनेकै यै होला-अचम्मैले घुमघाम गर्न पुगिन्छ ।
हो, २०६८ सालको पहिलो दिन रोसी किनारमा थिएँ म......
|
Read Full ... |
नीलगिरिको केरकार
Published : March 21, 2013 | Author : युवराज नयाँघरे | Unrated |
|
|
भालेको डाकैमा छोडियो तिप्ल्याङ ।
राति सल्लाह सुनिएथ्यो-'मास्तिर गर्मी लागिसक्यो । भएका बाक्ला लुगा थान्कोमान्को लगाऔा !'
तर जतिजति बिहान हुँदै गयो, उतिउति काम छुट्न थाल्यो । अनि मैले बेस्करी खापेँ लुगा । राति झोलामा कोचेका लुगा बिहानीपख लाएको देख्नेहरू हाँसे निकै खित्काएर भालेको डाकैमा छोडियो तिप्ल्याङ ।
राति सल्लाह सुनिएथ्यो-'मास्तिर गर्मी लागिसक्यो । भएका बाक्ला लुगा थान्कोमान्को लगाएँ !'
......
|
Read Full ... |
कालु पाँडे हराएको खबर
Published : September 20, 2012 | Author : युवराज नयाँघरे | Rating :     |
|
|
कालिका माईको नाकैमुनि भेटियो खोप्लाङ !
इतिहास र वीरतासँग गाँसिएको खोप्लाङ पुग्ने मनसुवा हो निकै पुरानो । एकीकरण र युद्घका नायकको आँगन टेक्ने रहर हो निकै अघिको । अझ काठमाडौँ उपत्यकालाई विशाल नेपालको संरचनामा गाभ्न आफ्ना रणकौशल कला देखाउने जोधाहा ज्यान जन्मेको दैलो घच्घचाउने इच्छा हो एकदमै पुरानो ।
जुर्यो है यो पटक खोप्लाङ पुग्ने अभिलाषा !......
|
Read Full ... |
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
Published : July 30, 2012 | Author : युवराज नयाँघरे | Rating :     |
|
|
जोमसोमले हातहातमा थमायो स्याउ !
निकै दिनदेखि हर्हराइरहेथ्यो आँत । मन भरङ्गिएथ्यो । छातीमा हैरानीको आँधी बहिरहेथ्यो बेतोडले ।
रसिला स्याउ कर्याप्प टोकेपछि शरीर फुर्फुरियो । 'मिठो' कुद्यो ज्यानभरि !
हावा चल्दै थियो बेस्सरी । हुप्प बादल फुलेको थियो । दक्षिणतिर अँध्यारो-अँध्यारो भइरहेथ्यो । सेताम्मे नीलगिरिको उत्ताउलो बैँस बादलमा उडिरहेथ्यो, कुइरोमा छरिइरहेथ्यो अनि हावामा पोखिइरहेथ्यो......
|
Read Full ... |
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
Published : May 12, 2012 | Author : निर्भिक राई | Unrated |
|
|
२०३३ सालमा मेरो कविता 'एउटा पुजारीको सुझाव मन्दिरको देवीलाई' महाराजगन्ज Campus को मुख-पत्र 'अङ्कुर' मा उत्रिएको सबभन्दा पहिलो (ऐतिहासिक घटना) भएता पनि म पोक्किनँ । किनकि कविता पेस्ने सबै विद्यार्थीहरूको कविताहरू स्वतः त्यहाँ उत्रिएको थियो । २०४३ सालमा मेरो अर्को कविता 'मेरो हेराइको मतलब' हेटौडाबाट प्रकाशित प्रगतिशील साहित्यिक पत्रिका 'प्रयास' मा उत्रिँदा खुब रमाएँ......
|
Read Full ... |
चोखो प्रेमको अनन्त पिडा
Published : April 26, 2012 | Author : कृष्णकला वनेम | Unrated |
|
|
विश्वोमा गनिएको अत्यन्तै सुन्दर देशहरू मध्ये ईजरायल पनि एक हो । यही देशको एउटा अति रमणीय शहर तेलाभिबको समुद्रीक किनारामा म केही बर्ष यताबाट काम गर्दै आएकीछु । यो समुद्रको किनारामा हिउँदको तिन महिना बाहेक अन्य सबै महिनामा लाखौं मानिसहरू पौडी खेल्न, बालुवामा रम्न, रमाईलो खेल खेल्न छुट्टीको दिनमा मात्र नभएर चौबिसै घन्टा आउँने गर्छन । बिषेश गरेर यहाँ मायालु जोडीहरू धेरै आउँने गर्दछन् । रंगीन झिलीमिली दिन हो की रात पत्तै नहुने......
|
Read Full ... |
मेरो वाउको गाउँ
Published : April 14, 2012 | Author : कोरङ्गी प्रेम | Unrated |
|
|
विश्व बिख्यात तानशाह एडोल्फ हिट्लरले आफु जन्मेको घरलाई वाउ आमाको घर भनेका छन् त्यस्तै मैले पनि आफु जन्मेको घर र मेरो जन्मस्थान बाघा गाउँलाई वाउ आमाको घर भन्न रुचाउँछु, मेरो वाउको गाउँ भन्न रुचाउँछु किनकी त्यो गाउँमा मेरो छुट्टै पहिचान र अस्तित्व नभएको कारणले पनि म आफ्नै गाउँमा एउटा पाहुना सरह भएको छु । एउटा परदेशी जस्तो भएको छु, जो निश्चित समय डुल्छ घुम्छ अनि समय सकिए पछि पोको पन्तेरो बोकेर आफ्नै वासस्थानमा फर्कन्छ......
|
Read Full ... |
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
Published : March 21, 2012 | Author : कृष्णकला वनेम | Unrated |
|
|
समय र वाद्यताले मानिसलाई कहाँ कहाँ पुर्र्याउँदो रहेछ । नसोचेको, नपुगेको, नसुनेको ठाउँमा पुग्नु पर्ने रहेछ । नभोगेको, नगरेको काम गर्नु पर्दो रहेछ । आज म सात समुन्द्रपारी पुगेर खुल्ला आकाशमा उड्न नपाएकी चरी पिंजडामा छट्पटिए झै जिन्दगीको सुनौलो दिनको कल्पना गर्दै, खोजी गर्दै यो बिरानो देशको बिरानो शहरमा छट्पटी रहेछु......
|
Read Full ... |
हङकङबाट काठमाण्डौसम्म
Published : February 26, 2012 | Author : दिल पालुङ्वा "नेपाल कुश्शा | Unrated |
|
|
डिसेम्वर २४, २०११ मा लिरामो पार्टीको तथा केही व्यक्तिगत कामहरू लिएर २ हप्ताको लागि नेपाल लागें । साईवरपोर्टको सुरुङको काममा पनि थकित भएको समय क्रिसमसको विदा र नयां वर्ष २०१२ को छुट्टीमा छोराहरूको पनि विदा भएकोले र जेठो छोराको सेकेण्डरीको स्कुलको लागि फर्म भरिराखेर यही अनुकुल समयलाई सदुपयोग गर्दै नेपाल हानिएँ......
|
Read Full ... |
फ्रान्कोनियाको मेट्रो
Published : January 12, 2012 | Author : युवराज नयाँघरे | Rating :     |
|
|
कार छोडी चढियो मेट्रो !
नीलो रङको मेट्रो । सुरुदेखि अन्तिमसम्म रेलयात्रा हुने भो अब । हो, लामो रेल चढाइ । यसको खोजी मैले गरिरहेथेँ निकै अघिदेखि । बल्ल साइत जुर्यो आज ।
जिमार तलिफसँग मेरो चिनाजानी भएथ्यो सेरहुडमा ।
तालिबानीको तारोबाट बचेर अमेरिका पुगेको रहेछ अफगानी तलिफ । भेटेकै दिनदेखि उसको र मेरो राम्रो दोस्ती भयो । गहिरो मिलाप ।
|
Read Full ... |
मेरील्याण्डका उडुस
Published : October 24, 2011 | Author : युवराज नयाँघरे | Rating :     |
|
|
उडुसका खानिमा परिएछ !
हो, उडुसैउडुसको गुँडमा पुगेछु म त । जहाँसुकै र जतासुकै उडुसको सिलिङबिलिङ । सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी सर्वत्र उडुसको डरलाग्दो आतङ्क । दिनरात उडुसको चर्चा । रातोदिन उडुसको बयान ।
उडुस आतङ्कले म भएँ महा दिक्क !
|
Read Full ... |
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
Published : July 01, 2011 | Author : काङमाङ नरेश | Rating :     |
|
|
छुट्टिमा हाम्रो देश नेपाल गएको समयमा कलेज पढ्दाको एक जना साथी रामसँग धरानमा मेरो भेट भयो । गर्मी भएकोले हाम्रो पसिना बगिरहेको थियो त्यसैले छाप्री होटेलमा पस्यौँ अनि कोकाकोला र म:म: खादै गफ गर्न थाल्यौ । तपाई त लाहुरे भैसक्नु भएको रैछ थाहा थिएन । तपाई किन भर्ती जानु भयो भनी उनले सोधे । मैले भने बाध्यता पनि होइन अनिवार्यता पनि थिएन सायद धेरै पैसा कमाउने रहरले गर्दा लाहुरे भएँ की । निक्कै गम्भिर भएर उनले मेरो अनुहारमा हेरे ......
|
Read Full ... |
हेल्सेको रेडियो
Published : March 02, 2011 | Author : युवराज नयाँघरे | Rating :     |
|
|
टाइम्स स्क्वाएरमा बसिरहन पाइएन ।
'आज रातभरिमा तीन-चार कार्यक्रम नबनाई भएकै छैन !'
सहदेवले भने ।
न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु म बग्रेल्ती ।
अग्ला आलिशान घरहरू । सडकको झिलिमिली चौपट्टै । म अनुहार झलमल्ल बाल्दै मनका उत्तर दिइरहेछु आँखाले पढ्दै ।
मे महिनाको सुरुको साता......
|
Read Full ... |
किसिमै भो
Published : September 07, 2010 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
सधैं झैं मेलोमा टाउको जोतिरहेको थिएँ । खल्तीको मोबाईल बुरुक्कि बुरुक उफ्रन थाल्यो । बास्न शुरु गरेको भालेलाई कोरली पोथिको बथानबाट मुण्ट्याउँदै लगेर डोको भित्र जाक्दा कस्तरी उफ्रन्छ त्यसै गरी । यो ज्यानलाईनै लडाउँला झैं गरी । तर किन टेर्थ्यो यो ज्यान त्यति सजिलै......
|
Read Full ... |
बिदाको एक दिन
Published : August 16, 2010 | Author : कोरङ्गी प्रेम | Rating :     |
|
|
आज बिदाको दिन बिहान भरी सुत्नु पर्ने । दिनै भरी यता पल्टी उता पल्टी तन्की तन्की सुत्नु पर्ने । चौरासी ब्यन्जन परिकारसँग सोमरस अनि यस्तै यस्तै अन्य रसहरूसँग लठ्ठ लठ्ठीएर बिस्तारामा पल्टीनु पर्ने । अनि २-४ दिन अघि देखिनै कोलबीरे, म्यारिज र बिबिक्यूको आयोजना गरी साँप्रा, पखेटा र करङहरू चपाउँदै हाक्पारे भाकामा रम्नु पर्ने, झुम्नु पर्ने र अलिअलि प्वाँख हाल्दै गरेकी सानी बचेरी छोरी श्रेयालाई गुँडबाट निकालेर बजार, पार्क र मामाघर तिर घुमाउन लानु पर्ने दिन......
|
Read Full ... |
|
Random Pick |
प्रतिकात्मक सृजनाले दोहोरो अर्थ बोकेको हुन्छ । यसरी दोहोरो या बहुअर्थी रचना रचिनु रचना कलालाई रचनात्मक बनाउनु हो । कलात्मक बनाउनु हो । जो पठनको दृष्टिमा अरु पठनीय लाग्छ । सृजनालाई कलाद्वारा कुँदिएन भने साहित्य पढ्नुको महत्व हराउने मात्र नभै पठन अपठनीय अर्थात भद्दा लाग्न सक्छ । तेसैले बहूअर्थ लाग्ने कलाकृत सृजना क्लिष्ट जस्तो लागेतापनि तेसको भेद अथवा गुदी भेट्टाएपछि पढ्नुको चोमोलोङ्गमा चढेजस्तो अनुभूत हुन्छ...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
884881
|
Total Categories |
15
|
More
Links |
|
|