Advertisement |
|
|
|
Lyrics / गीत/गजल
Read songs in this category, sumitted by different Authors. |
More Pages : [ 1 ] 2 3 4 5 |
गीत
Published : March 05, 2016 | Author : विराट किराती | Rating :     |
|
|
एकादेशको कथा जस्तै भयो हाम्रो माया
कैले चल्थ्यो आँधीहुरी कैले घामछायाँ
भन्ने गर्थेऊ तिम्रो म हुँ-म हुँ तिम्रै लागि
लैजाउ अनि जाउँ भन्थ्यौ सधैं भागी-भागी
अझै आउछौ निदरीमा मेरो दायाँ बायाँ
कैले चल्थ्यो आँधीहुरी कैले घामछायाँ
|
Read Full ... |
गजल
Published : January 16, 2015 | Author : महेश घृतकौशीक | Rating :     |
|
|
एकै क्षणलाई मुटु रेट्ने मस्काई नजाती,
आँखा छोप्दा एकान्तमा झस्काई नजाती ।
ठुस्किएर कहिलेकाहीँ दोबाटोमै छुट्थ्यौ तिमी,
त्यही रिस, त्यही प्रितको ठस्काई नजाती ।
कहिले हुन्थ्यो माया गर्ने कहिले रिसाउने,
कहिले चाहीँ छायाँ देख्दै हच्काई नजाती ।
|
Read Full ... |
गजल
Published : December 26, 2014 | Author : महेश घृतकौशीक | Rating :     |
|
|
आत्मा चिसो शरिर चिसो मनै चिसो यहाँ
बोली चिसो हेर्राई चिसो तनै चिसो यहाँ ।
पारीलो घाम अस्ताइसक्यो नउदाईकन,
त्यसै चिसो दुनिया“ यो झनै चिसो यहाँ ।
पराया त परै भए ठण्डि अनी चिस्सिएका,
आफन्तका त आफ्नो पनै चिसो यहाँ ।
|
Read Full ... |
बलेको आगो
Published : July 27, 2014 | Author : राकेश कार्की | Rating :     |
|
|
बलेको आगो नै ताप्छन् सबै ङबर
बलेकोलाई नै च्याप्छन् सबै
बखान गरेर ठूल्ठूला अक्षरले
बलेकाकै खबर छाप्छन् सबै
बलेकाकै कानमा कुरा भरेर
स्याबासीको धाप खाप्छन् सबै
|
Read Full ... |
गजल
Published : July 14, 2014 | Author : धर्मेन्द्र तिम्सिना 'क्षितिज' | Unrated |
|
|
वाइपंखी त्यो घोडाको कथा काल्पनिक हो
जाडो खाने बोकाको कथा काल्पनिक हो ।
अमृत खाएर अमर भएको भनी लेखिएको
देवि अनि देवताको कथा काल्पनिक हो ।
बीस राखेर घाँटीमा निलकण्ठ कहलिएका
शंकर बमबम भोलाको कथा काल्पनिक हो ।
|
Read Full ... |
गजल
Published : July 01, 2014 | Author : सावारा लिम्बु | Unrated |
|
|
खोजेनौ भने पुर्खाको ईतिहास बंस नामेट हुन्छ
भुमिपुत्रहरुले भूमिको रक्षा नगरे अंस नामेट हुन्छ ।
घमण्डी पापी भएर अभिस्ट पुरा गर्ने षडयन्त्रकारी
त्रिलोकमा आश्रय खोजे पनि कंस नामेट हुन्छ ।
टेरेसा बुद्ध महागुरुको दिप मार्ग अनुसरण नगरे
स्वर्गको रात्री स्वप्न नदेख नर्कमै हंस नममेत हुन्छ
|
Read Full ... |
गजल
Published : June 29, 2014 | Author : हाङपाल आङबुहाङ | Unrated |
|
|
हेर्दा हेर्दै झरिजाने फूल सम्झि नरुनु है
तर्दा तर्दै मकिजाने पुल सम्झि नरुनु है
मरिलानु केही छैन दुइदिने चोला हाम्रो
हाँसी खुशी ज्युँनु जाती कुल सम्झि नरुनु है
यथार्थमा जहाँ पनि घोडा चढ्ने मान्छे लड्छ
अन्जानी मै भइदिने भुल सम्झि नरुनु है
|
Read Full ... |
गजल
Published : April 27, 2014 | Author : पवित्रा रार्इ | Unrated |
|
|
जल्छौ कि कही आफ्नै कसमले
गल्छौ कि कही आफ्नै कसमले
खुशीहरू रित्तिए घात गर्यो जब
बल्छौ कि कही आफ्नै कसमले
डुब्दैछ घाम छाडि गोधुली साँझ
छल्छौ कि कही आफ्नै कसमले
|
Read Full ... |
गजल
Published : April 27, 2014 | Author : देवराज भन्तना"विवश अश्रुमालि" | Unrated |
|
|
गरिबको झुपडीमा हेर, चुहिएको छानो हुन्छ
बिहान बेल्का छाक टार्न, चामल एक मानो हुन्छ
छ सुखमा हातेमालो, आँखा अघि भ्रम होइन
तर जब दुःख आउँछ, आफ्नो नै विरानो हुन्छ
बन्छ त्यही ईश्वर निर्दयी, पुजीन्छ पिर व्यथा हटोस्
घरी घरी बल्झन्छ घाऊ,न त आँखा ओभानो हुन्छ
|
Read Full ... |
नयाँ वर्ष
Published : April 15, 2014 | Author : सावारा लिम्बु | Unrated |
|
|
खुशीको दिवस मनाउँदै आउ नयाँ वर्ष |
उज्यालो बस्ति बनाउदै आउ नयाँ वर्ष ||
सुनामीसंग पाउठे जोरी खेलेर पनि |
समुद्रमा डुंगा चलाउदै आउ नयाँ वर्ष ||
अनवरत पहल कदमी लक्ष्यको बिन्दुमा पुग्न |
अवरोधका काँडाहरु जलाउँदै आउ नयाँ वर्ष ||
|
Read Full ... |
गजल
Published : April 11, 2014 | Author : दिपेन्द्र "अश्रुमाली" | Unrated |
|
|
नरोकेर नछेकेर छेकियो समय ॥
जीवनमृत्यु दुवैमा देखियो समय ॥
रोई कराई चिच्याई टार्दैन टारेर,
जन्ममा नै निधारमा लेखियो समय ॥
रहर हैन जन्म मरण पनि त्यस्तै,
सप्ना अपुरो बुढ्यौली टेकियो समय ॥
|
Read Full ... |
गजल
Published : March 30, 2014 | Author : सावारा लिम्बु | Unrated |
|
|
मनको बह खोलन कान्छी |
लागेको कुरा बोलन कान्छी ||
रोजीको मान्छे छेउमा पाउदा |
आपसी दुख घोलन कान्छी ||
भागयले भेट भएको मौका |
मायाले मुटु पोलन कान्छी ||
|
Read Full ... |
गजल
Published : March 28, 2014 | Author : कल्पना राई "खुशी" | Unrated |
|
|
चीरा चीरा पर्या छाती, चर्की दुख्छ कुनाकानी
बिरहमा लेख्या रैछौ, दैब मेरो जिन्दगानी
एकै पल शान्ति छैन,मन मुटु काम्छ सँधै
सुनाउ त सुनाउ काँ, पिरै पीरको काहानी
गोधुलीमा धूम्मलिन्छ,आशाहरु एकाएक
छट्पटिमा रात बित्दा, रुझ्छ मेरो सिरानी
|
Read Full ... |
गजल
Published : March 26, 2014 | Author : बज्र कुमार राई | Rating :     |
|
|
बढ्दैछन् त्यो शहरमा दास खाने मान्छेहरु!
अघाएनन् कहिल्यै ति लाश खाने मान्छेहरु!
खुकुरी धार लगाएर आउँदैछु म सीमानामा
पख मेरो नक्सा अनि इतिहास खाने मान्छेहरु !
यो ढुङ्गा-माटो, प्रकृति तिम्रै मात्र कसरी भो ?
जवाफ देउ ए! मेरो बसोबास खाने मान्छेहरु !
|
Read Full ... |
गजल
Published : March 26, 2014 | Author : सोमु बान्तवा राई | Unrated |
|
|
मुटुभित्र सजाईराख्छु अनमोल तिम्रो मायाँ !
सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!
सप्तरंगी फुल बनि फुलिरहन्छु मनको बगैंचामा !
अटल बनि बसिरहन्छु हरपल सुन्दर फलैंचामा !!
जीवनभरी अनमोल रहोस निश्चल हाम्रो मायाँ !
सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!
|
Read Full ... |
गजल
Published : March 01, 2014 | Author : पोष कुमार राई | Unrated |
|
|
तिमी पारी म वारी हिड्ने किनार बेग्लै भो
तिमी ऊँभो म ऊँधो तर्ने जंघार बेग्लै भो
कैल्यै पनि नहुनेभो भेट हाम्रो जिन्दगीमा
त्यो स्वर्ग र यो धर्तीको संसार बेग्लै भो
सधै ओठमा मुस्कान हुन्थ्यो सँगै हुँदा तिमी
नत रुनु न हाँस्नु आज मेरो मुहार बेग्लै भो
|
Read Full ... |
गीत
Published : March 01, 2014 | Author : मीना पुमा राई | Rating :     |
|
|
नटुट्नु थियो सम्बन्ध हाम्रो टुटाएर कहाँ गयौ
नछुट्नु थियो साथ हाम्रो छुटाएर कहाँ गयौ
संगै जिउने संगै मर्ने कसम खायौ पहिले
दोबाटोमा एक्लै छाडी भन कहाँ गयौ अहिले
नलुट्नु थियो खुसि हाम्रो लुटाएर कहाँ गयौ
नछुट्नु थियो साथ हाम्रो छुटाएर कहाँ गयौ ।
|
Read Full ... |
गीत
Published : March 01, 2014 | Author : पदमा लिंखा मगर | Rating :     |
|
|
एक्लो पारी गयौ तिमी, सम्झनामा बाँच्छु प्यारी
तिमी मेरी नभए नि, चोखो माया साँच्छु प्यारी
जुन्किरीको उज्यालोमा, रमाउन सिक्दैछु म
बन्द भए सारा ढोका, झ्यालबाट देख्दैछु म
परेलीमा सजाइ राखें, गयौ मलाइ माया मारी
तिमी मेरी नभए नि, चोखो माया साँच्छु प्यारी
|
Read Full ... |
गजल
Published : March 01, 2014 | Author : बाबुराम राई {राई बबुरो} | Rating :     |
|
|
मनशन्तु छिर्यो अनि बास्मति झराइ दिए
अर्गेनिक मेरो माटो रसाइनिक गराइ दिए
साँच्चै प्रयोग शाला भएछ मेरो यो देश
परिक्षणको नाम्मा बिषै बिष धराइ दिए
देखाइ लालच धेरै उब्जनि हुन्छ भनेर
रहे भएका पुरान बिउ सबै हराइ दिए
|
Read Full ... |
More Pages : [ 1 ] 2 3 4 5 |
|
Random Pick |
यो बहुरङ्गवादको भनेको नेपाली माटोमा जन्मेर खाइखेलेको यस्तो साहित्यिक वाद हो जो आफ्नो पृथकतामा समग्रता देखिरहेछ । रङ नै त्यो तत्व हो जो समग्रतामा पनि पृथकता बोकिहिँड्छ ।
हिँड्नलाई बाटो चाहियो, हाम्रै मित्र कवि मोनोलिथ लेख्छन्- बाटो सफा छ, गन्तव्य छर्लङ्गै छ, तर, मनभरि छेकवारहरू छन् । मनोरम काँडेतारहरू छन् । यिनै काँडेतारहरूबीच अहिले 'सामान्य बहुरङ्गवाद एउटा ट्राभलिङ फिलोसफीको परिकल्पना' भन्ने लामो नामको पुस्तक धर्मेन्द्रविक्रम नेम्बाङले लेख्यो...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
884866
|
Total Categories |
15
|
More
Links |
|
|