Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Story / कथा
Read stories in this category, sumitted by different Authors.

Total result found : 23
More Pages : [ 1 ] 2

बाटुलीको बैँश
Published : May 19, 2017 | Author : ईन्द्र थेगीम | Rating :
Views : 969
Print | Email to friend
पन्ध्र पुगेर सोर्‍ह बर्ख लागि भोलिबाट 'बाटुली'। एस.एल.सी. दिएपछि पहिलो चोटि मन्दिरमा भाकल गर्ने मन गरि । जन्मदिन परेको साईतमा आफुले हाकेको ताकेको सबै पूरा होस्भनी भगवानलाई बार्गेनिङ गर्न पेरेन्ङ्गोमा भाले च्यापेर घरबाट बिदा हुनै लाग्दा, घुरेनवारिबाट उचाली नसक्नुको काँक्रा ल्याएर धरान बस्दाको आफन्तलाई कोशेली दिनु है डल्ली भन्दै आमाले भारी लगाई दिइन्......
Read Full ...


अन्धा जनता
Published : January 17, 2016 | Author : सरण राई | Rating :
Views : 837
Print | Email to friend
“....सम्पूर्ण दुःखको मुहान आँखा हो । यसलाई चिम्म पारेर केही बेर मोक्ष अनुभव गर्नुभन्दा आँखालाई फुटाई नै दियो भने सधैंका लागि मोक्ष प्राप्त हुन्छ । हो कि होईन ?” नेता आफ्ना पिछलग्गु कार्यकर्ता र जनताहरुलाई सोध्छन्......
Read Full ...


'क्याफे वान'
Published : June 18, 2014 | Author : जीवन देवान 'गाउँले' | Rating :
Views : 942
Print | Email to friend
‘नेपाली सांस्कृतिक धमका २००८’ –को मैझारो कार्यक्रम क्याफे वानमा हुदैछ भन्ने खवर पाए पछि हामी तीन जना त्यता तिर हान्नियौं । म देवुलाई पछ्याउदै थिए भने सोम मलाई । क्याफे वानको दोस्रो तलामै गेट पाले बसेको रहेछ, उनले हामीलाई पास मागे । हामीले आयोजक मध्ये एक जनाको नाम बतायौं तर आर.एम. ५० नतिरी तिनले धर दिएनन् । जीऊ जनंङ्गी आर.एम. ५० तिरेर अर्को तला उक्लिदा आनन्द कार्की गाउदै थिए,– ‘लाग्छ मन हेरीरहु एकनाश तिमीलाई......
Read Full ...


लाहुरे विरासत
Published : May 05, 2013 | Author : राई चन्द्र दुमी | Rating :
Views : 1376
Print | Email to friend
आज स्कूल खुलेको पहिलो दिन । सधैजस्तो हो भने सम्पूर्ण विद्यार्थी मिलेर सरसफाई अभियान चलाउँनुपर्ने तर अफसोच कचहरी छ स्कूलमा । केही पुलिसहरु पनि आएका छन, कोही गार्ड बसेका छन होस्टेल छिर्ने मूलगेट र स-साना गेटहरुमा । यौटा अफिसर केही सिपाही लिएर प्रयोगशाला चेकगर्दो छ......
Read Full ...


लाहुरे विरासत
Published : January 25, 2013 | Author : राई चन्द्र दुमी | Rating :
Views : 908
Print | Email to friend
एक किसिम होस्टेल खाली भईसकेको छ । पालो बाँधेर बस्ने चौकीदारहरुमात्र ८ घण्टे डिउटी बस्छन । तर समयमै हराउँछन् उनिहरु केवल हजिरा गर्न आउँछन् खातामा । उनिहरुलाई पनि कहाँ होस्टल सुरक्षाको मात्र चासो छ र दशैंको चकाभकमा १५ मिनेटमात्र ड्यूटी बसेपनि मुलगेटको फोन ब्यस्त राखेर घरमा कुरा गरिरहन्छन, किनमेल, अरौ परौ आदि
Read Full ...


अभियान
Published : January 24, 2013 | Author : दिपा एवाई राई | Unrated
Views : 1042
Print | Email to friend
उसको रुप देखेर मलाई अलिक नरमाईलो महसुस भई रहेको थियो । उसको झ्यप्लक्क परेको कपालले नास्पती आकार परेको मोहोडालाई पर्दा हाली दिएको थियो ।न्याउरी झै चलाख उसको आखाँ घरी घरी देखिन्थ्यो ।मानौं त्यो अन्धकार रातको जुनकीरी हो ।उसको अग्लो नाकको डाडी पहाड झैं अटल भएर उठेको थियो......
Read Full ...


सल्लाह
Published : June 15, 2012 | Author : मदन राई 'लामाखुले' | Rating :
Views : 928
Print | Email to friend
हे.....ल्लो,,.....
यो, ....कठामण्डू हो त नि ..?
त्यहाँ कम्रेड रावल साहव होईसिन्छ त ?
हे..ल्लो ...हेल्लो ,.......
कम्रेड...म पार्टि कार्यले मईन्द्रनगर
कन्चन्पुरबाट बोल्या छु ।
हेल्लो....
Read Full ...


विकास
Published : March 22, 2011 | Author : बखतबहादुर थापा | Rating :
Views : 1261
Print | Email to friend
प्रकृतिले मान्छेलाई जति लोभ्याउँछ, मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ । नागबेली डाँडाहरूमा ढकमक्क फुलेका फुलहरू, वन्यजन्तुको लुकामारी, चराचुरुङ्गीको चहचह स्वर, झरनाको मोहक सुसेली । कति सुरभ्य प्रकृति ! यो हाम्रो प्रकृतिको अतिरञ्जित गुणगान हैन । प्राकृतिक सौन्दर्यले परिपुण छ हाम्रो देश । नेपालको सुन्दरता नेपालीका निम्ति गर्भको कुरा मात्र होइन, विदेशीहरूका निम्ति आकर्षणको बिन्दु पनि हो......
Read Full ...


छायाँसँग एकरात
Published : March 11, 2011 | Author : सुबिसुधा आचार्य | Rating :
Views : 1244
Print | Email to friend
निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी खेल्दै......
Read Full ...


कोठा खोज्नुको पीडा र छाँया
Published : February 23, 2010 | Author : केदार 'संकेत' | Rating :
Views : 1394
Print | Email to friend
साँच्चै टेलिफोनमा मलाई फ्रेडले निक्कै चित्त बुझ्दो कुरा गरेका थिए । जो चाँडो आउँछ उसैको हुनेछ कोठा, किनकी म दिक्क भैसकेको छु तिमी जस्ताहरूको फोनको वार्तालाभले । पुर्वनिर्धारित समयमा म फ्रेडको घरमा पुग्छु । फ्रेडको घर २ मिन्ली रोड फानब्रो नजिकै कोभमा पर्दछ । उनी चिया पिउँदै कुनै किताब पढिरहेका थिए, जुन कुरा मैले कार पार्क गर्दा गर्दै देखिहालें । झट्ट हेर्दा अलिक मुडी जस्तै देखिन्थे । सेतै फुलेका उनका दाह्री जुँगा छिमलेका थिएनन्......
Read Full ...


सिपाहीको सपना
Published : December 08, 2009 | Author : रामकृष्ण सुनुवार 'आँकाला' | Rating :
Views : 1259
Print | Email to friend
उसलाई विश्वास नै भएन सिपाहीमा सफलतापूर्वक नाम दर्ता भएकोमा । मात्र सम्झना छ, चार-पाँच बजेतिरको झिसमिसे उज्यालोमा धरान क्याम्पको मूल ढोकाभित्र घुसेपछि सिपाहीहरूको जत्थाले हुलका हुल नवजवानहरू, उस्तै उस्तै उमेरकाहरूलाई विभिन्न होडबाजीमा भिडाएको । उसलाई अत्तोपत्तो नै भएन, कुनै पनि कुराको जानकारी ठप्प छ......
Read Full ...


आइमाई
Published : July 28, 2009 | Author : केदार श्रेष्ठ | Rating :
Views : 2142
Print | Email to friend
आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र, मसँग धित मरुन्जेल रुनुभयो । हजुआमाको रुवाईले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आासु, कसैको दुःख पीडामा यो पग्लेर पानी बनेर बग्ने गर्दछ । त्यही भयो आज मेरो आँखामा । वृद्धावस्थातिर उकालो चढ्दै गरेकी ती हजुरआमाको अनुहारमा हेर्छु । वर्षायामको झरी जस्तै वगिरहेछ आँसु आँखाबाट......
Read Full ...


खीर
Published : July 21, 2009 | Author : आई बि राई | Rating :
Views : 1486
Print | Email to friend
त्यति बेला मैले त्यस घटनालाई बुझ्नैसकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइना । घटना (घटना नै भनुँ) यस्तो भएको थियो : हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्नपाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ.......लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा त्यसको बगरतिर काम गर्न जानेहरूबाट सुनेको छु......
Read Full ...


पापी समय र निष्ठूरी मायालु
Published : May 14, 2009 | Author : केदार श्रेष्ठ | Rating :
Views : 2917
Print | Email to friend
समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला, त्यसको कुनै लेखाजोखा छैन ।जुवाडेको हिसाबकिताबजस्तै । बालापनको सखीहरू एकादेशको राजकुमारजस्तै भइसक्यो । को कहाँ के गर्दैछन् ? कस्ता भए ? अत्तोपत्तो छैन । म सम्झन्थेँ समयलाई मान्छेले पछि लगाउनु पर्छ न कि मान्छेलाई समयले......
Read Full ...


वास्तविकता
Published : April 19, 2009 | Author : कोरङ्गी प्रेम | Rating :
Views : 1221
Print | Email to friend
शौरभ एउटा किसान परिवारमा जन्मिएको केटो हो ।उ गाउँको साधारण स्कुलमा पढ्छ । असाधारण प्रतिभाको कारण एस एल सी फस्ट डिभिजनमा पास गर्छ ।आफ्नो दौतरीहरु सबै उच्च शिक्षाको लागि सदरमुकाम, राजधानी त कोहि विदेश तिर हानिन्छन् तर शौरभको निम्ति ति सबै बाटोहरु तगारो लगाइ दिएको छ अर्थले, पैसाले ।नजिकैको छिमेकी गाँउमा एउटा मास्टर बनेर आफ्नो अध्ययनलाई अघि बढाउन विवश हुन्छ ।एउटा मास्टरी पेशा अंगाल्दै बि.ए. सम्मको अध्ययन पुरा गर्दछ......
Read Full ...


बाजेको कथा
Published : April 19, 2009 | Author : टोप बहादुर राई | Rating :
Views : 5163
Print | Email to friend
सानो छँदा मलाइ भुतको कथा, दन्त्य कथा र गाउँ खाने कथा खुब मन पर्थ्यो, अद्यापी मन पर्छ नै । यसरी कसैकोमा मरिमराउ परि गाउँले, आफन्तजनहरू एक ठाउँ भेला हुँदा, दाँइ मेलापात तथा गोठालो गर्दा एक आपसमा सुन्न र सुनाउन खुब मज्जा आउथ्यो
Read Full ...


छरपस्ट तन्नेरीहरू
Published : January 07, 2009 | Author : भद्रगोल किराति | Rating :
Views : 1256
Print | Email to friend
विशेषगरी युवाहरू गाउँबाट रहरका पोका-पन्तराहरू बोकेर सहर पसेका हुन्छन् । ढिंडो, साग, सिस्नोसँगै स्वादिला सपना देखेका हुन्छन् । आज म पनि सपनाकै सहरमा विगत केही समयदेखि बसेको छु । "कर्म जे भएपनि गर तर अधर्म पटक्कै नगर है मेरा शाखा-सन्तान हो" भनेर हजुरबुवाले तमाखु तान्दै हामीलाई भन्नुभएको सम्झेर लगनखेलमा चिया र मःमः पसल खोलेको पनि एकवर्ष बितेछ । ......
Read Full ...


मृग तृष्णा
Published : December 26, 2008 | Author : प्रकाश के.सी. | Rating :
Views : 1240
Print | Email to friend
केही घण्टापछि, 'झमक्क' साँझ नपर्दै क्षितिजमा बाँकि रहेको सिन्दूरे लाली नहराउँदै समीर किट्टीसँग, एउटा लामो तर साँगुरो डुंगामा बैंककको प्रसिद्ध लावर मार्केट'मा सुस्तसँग वहादै थियो । लहरका लहर, फूलैफूल बेच्न राखेका डुङ्गाहरू खियाउँदै आउनेहरूमाझ, मुस्कुराइरहेको थुप्रो अनुहारहरूबीच, शान्तसँग, सगर्व, किट्टीसँगको साथ हुँदा मनभरि-भरि कविता भएको थियो । ......
Read Full ...


नलेखिएको कथा
Published : December 01, 2008 | Author : मालिकराम राई 'वियोगी' | Rating :
Views : 1467
Print | Email to friend
उसको आँखाभरि विद्रोहको भाव स्पष्ट देखिन्थ्यो । निराशाका लहर मुहारभरि फैलिन्दै थियो । पीडा र दर्दका आभाहरू ओँठभरि लर्बराउदै थिए । त्यसपछि उनीहरू छुटे । अझ दिलमान बोल्थ्यो होला तर ऊ घरबाट निक्लेको समय निकै भइसकेको थियो । अलि ढिलो भयो भने उसकी स्वास्नीले उखर्माउलो मचाउँथी । ......
Read Full ...


मृग तृष्णा
Published : November 25, 2008 | Author : प्रकाश के.सी. | Rating :
Views : 1198
Print | Email to friend
किट्टी ज्ञानको विनिमय ज्ञानसँग गर्न चाहन्थिई । यसैक्रममा, प्रेममा विश्वास आफै भई न रहने र यसलाई बनाई राख्नु पर्ने सन्दर्भहरुबारे चाख लिएर सुन्दथिई । बैवाहिक जीवनमा गर्ने र गरिनुको प्रशस्तै सम्झौताहरुबारे मन नपराएरै स्वीकार्द थिई समीरका सिद्धान्त जस्ता कुराहरु । ......
Read Full ...


More Pages : [ 1 ] 2


    Links
Column / स्तम्भ

    Random Pick
जिब्रो होइन मुखभित्र छुरा छ की क्या हो ।
बोलि पिच्छे मान्छे मार्ने कुरा छ कि क्या हो ।
हिजोका हात्ती हजुर ! आज पिलन्धरे किन !
शरीरमा अन्न हैन सुरैसुरा छ कि क्या हो ।
अनुहारमा ग्रहण छ खुब आत्तिनु पनि भा'छ
घर बाहिरको पेटमा पनि भुरा छ कि क्या हो !

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
707432
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com