Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Essay / निबन्ध
Read essays in this category, sumitted by different Authors.

Total result found : 12

चिन्ता गर्नुपर्छ
Published : June 24, 2014 | Author : सरण राई | Rating :
Views : 665
Print | Email to friend
'कस्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?' ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ? मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, चेहरा विकृत होस् — चिन्तैचिन्ताले । तब मान्छे हुन्छ । चिन्ता नहुने, चिन्ता नगर्ने मानिस कदापि मानिस हुन सक्तैन । चिन्ता गर्नका लागि विषय नै छैन । चिन्ता गर्नु पनि विषय चाहिन्छ र ? विषय यत्रतत्र छरिएका छन् ......
Read Full ...


मृत्यु फरवार्ड
Published : July 02, 2012 | Author : युवराज नयाँघरे | Unrated
Views : 736
Print | Email to friend
शोकका खबरले भरिएको छ मेरो इमेल बक्स ! जीवनकै अङ्ग भएको छ-सूचना । आँखाले पाना पल्टाउने अखबारभन्दा हातले माउस चलाउने प्रविधिमा सूचनाको सेरोफेरो बलियो भएको छ हिजोआज । भव्य र खर्चिलो नभए पनि साधारण खालको ल्यापटपले आकुलव्याकुलमा साथ दिइरहेछ मलाई । भनौँ न, नजिकको साथी ! बिहान र बेलुका । खबर पढ्ने र जान्ने ध्याउन्नमा कम्प्युटरसँग बसाउठी हुन्छ मेरो । एकदेखि सुरु भएर दुइ वा तीन घन्टासम्म सूचनाको अँगालोमा समय खर्चिन्छु । स्वभाविक दिनचर्या जस्तो । अचेल मेरो इमेल बक्समा चाङ छ मृत्युका खबरको ।......
Read Full ...


भोग
Published : May 12, 2012 | Author : युवराज नयाँघरे | Rating :
Views : 693
Print | Email to friend
किनारमा छु रगते आहालको ! सधैं त काठमाडौं छोडेर घरै पुग्थें दशैं मान्न । यो पालि खै के लाग्यो, यो उपत्यका छोड्न मानेन मन । थच्चिएं यै उकुसमुकुसमा । लाग्यो, यो कान्तिपुरको दशैं हेरौं ! यसको पोल्टामा थच्चिनेका दशैंमा मिस्सिउँ र मनाउँ आँफै पनि । नौरथाको अन्तिम दिन हो यो । नवमीको दिन । बिहानै पुगेँ म दक्षिणकाली । जाने उत्कण्ठा पुरानै हो । बल्ल तारतम्य मिल्यो यो पालि । बिहानको चारैबजे जाने मेलोमेसो, त्यहाँ पुग्दा घामले सारीचोलो लाएर नाँचिसक्यो छमछमी......
Read Full ...


चाल्दै-चाल्दै जीवन धूलो !
Published : March 11, 2012 | Author : युवराज नयाँघरे | Rating :
Views : 674
Print | Email to friend
चाल्न थालेको जीवन उमेर जत्तिकै भो ! जीवन चाल्दै छु म । चालेर हात थाके, आँखा गले, औँला बाउँडिए । तर नसकिने स्थितिमा छु जीवनलाई चाल्न । जानेदेखि बुझेर चालेँ । नजान्दै पनि चालिआएकै हो जीवनलाई । अँहँ, सकिएन चाल्न । घरमा श्रीमतीले पातलो चाल्नीले भान्सामा चाल्दैछिन् पीठो । एकदमै मसिन्न्याएर पीठो चालिरहेकी छन् उनी
Read Full ...


भुँवरीमा भिखम
Published : September 14, 2011 | Author : युवराज नयाँघरे | Unrated
Views : 780
Print | Email to friend
विमानस्थलको भीडमा छ भिखम ! उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै-परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ । उसको सानैदेखिको रहर - आकाशमा उड्ने । आकाशको सम्मोहनले उसलाई तान्छ घरी - घरी । भिखम तराईमा जन्म्यो, हुर्क्यो र बढ्यो । अक्षरसम्म चिन्यो । 'एइ बौवा, कि छे ?' भिखमसँग ठट्टा गर्नेहरूले उसलाई जिस्काउँथे र कुस्ती खेल्न आमन्त्रण गर्ने
Read Full ...


पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू
Published : August 23, 2011 | Author : दयाकृष्ण राई | Rating :
Views : 851
Print | Email to friend
बन्धनको क्यानरीले गाउँछ मीठो गीत सुखी छ कि दुःखी छ कि कसले थाहा पाउँन सक्छर ? बच्चु कैलाशले गाएको यस गीतले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा लागेका स्रष्टाहरूको सिङ्गो जीवनको चित्रण गरेको छ । पिञ्जडा भित्र कैद भएको क्यानरी चरी मुक्त हुन नसकेपछि कहिले विद्रोहको गीत गाउँछ त कहिले विरहको गीत गाउँछ तर आफ्नै भाषामा गाइरहन्छ......
Read Full ...


रातो राम्रो गुलियो मीठो
Published : July 06, 2011 | Author : दयाकृष्ण राई | Unrated
Views : 838
Print | Email to friend
शीर्षकमा उद्धृत गरिएको शव्द अत्यन्तै प्रचलित नेपाली लोकोक्ति हो । तर मलाई कहिल्यै पनि रातो राम्रो लागेन । अहिले नेपाली जनमानसमा रातो रङ्गको चर्चाले सञ्चार जगत तात्तिएको छ । र यो रातो भन्ने शव्दले स्मृतिपट भित्रको धुमिल स्मरणहरूलाई केलाएर दृष्टिगोचर गर्न बाध्य गरायो । बेलायती साम्राज्यले आफ्नो उपनिवेशलाई सुम्पिएर मलायाबाट हात धोएर हङकङमा गोर्खा सैनिकको ब्रिगेडलाई स्थाइ रुपमा खडा गर्‍यो, हङकङ आफ्नो उपनिवेश रहुञ्जेलसम्म......
Read Full ...


बाटो म्याद !
Published : July 02, 2011 | Author : युवराज नयाँघरे | Rating :
Views : 679
Print | Email to friend
घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न ! मैले अरु सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म । तर घरबाट निस्कँदा र घर पुग्दाको दुई घन्टा विशेष हुन् मेरा निम्ति । यो बाटो म्यादले समग्र जीवन चलेको छ मेरो । मैले बाटो छुटाउनै पर्छ अन्यथा सारा योजना लथालिङ्ग हुन्छ, ल्याङफ्याङ हुन्छ र लल्याकलुलुक हुन्छ । यसैले सबै खाले लथालिङ्ग, ल्याङफ्याङ र लल्याकलुलुकबाट जोगिना मैले बाटाका लागि समय नछुट्टाईकन धरै छैन......
Read Full ...


आँसु चुहेको कार्यक्रम
Published : May 24, 2011 | Author : निर्भिक राई | Rating :
Views : 859
Print | Email to friend
गैर वामपन्थी गणतान्त्रिक नेता नरहरि आचार्यको मञ्चआसनले म व्यग्रताको साथ उनको मन्तव्यको पर्खाइमा थिएँ । उनले बताए, "पारिजातको साहित्य आफूले पढेकोछु । तिनीसँगको सामीप्य नभए पनि लक्ष्मीप्रसादजस्तै तिनी प्रतिभाशाली थिइन् । लक्ष्मीप्रसादले मुनामदनबाहेक सबै कृति जलाए हुन्छ भने र पारिजातले चाहिँ 'शिरीषको फूल' च्यातिदिए हुन्छ भनिन्......
Read Full ...


झिम्केको झोला
Published : April 24, 2011 | Author : युवराज नयाँघरे | Rating :
Views : 854
Print | Email to friend
एयरपोर्टको मुखैमा छ झिम्के ! दिउँसोको दुईबजे झिम्के उड्दैछ कतार । वरिपरि साथी छन् । अलि-अलि जुँगा उम्रेका केटाहरूको हुलमा छ ऊ । काँचा केटाहरूको बगालमा छ झिम्के । एयरपोर्टको मुखैमा ठूलो गेट छ । गेटको उत्तरपूर्व ठूलो विमानस्थल छ, त्रिभुवन विमानस्थल । ट्याक्सीको साना गाडीहरूको लर्को खुब देखिन्छ त्यता हुँइकिरहेको । गेटमा प्रहरीको सोधपुछमा पास भएर जाने युवायुवतीको हुल झन् चर्को छ त्यही बाटोको पेटीमा । झिम्के आफ्नो झोला मिलाउँछ ।
Read Full ...


गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र
Published : April 16, 2010 | Author : चेवन श्री | Rating :
Views : 959
Print | Email to friend
अस्ताइ जाने जीवनमा आशक्ति किन ?
आमरण कुर्सीमै निर्लिप्त किन ?
माथिका हरफहरू स्व.गिरिजाप्रसाद कोइरालालाई लक्षीत गरी मैले लेखेको थिए । मेरो ठहर थियो वहाँको सत्ता लिप्सा, हठी स्वभाव र रुखो व्यवहार नै राजनीतिक अस्थिरता र हिंशामा उत्प्रेरक थियो......
Read Full ...


नियात्रा इराकका रातहरू
Published : October 24, 2008 | Author : केदार 'संकेत' | Rating :
Views : 1154
Print | Email to friend
रातको ड्यूटीले गर्दा दिनमा सुत्नु स्वभाविकै ठान्छू म । तरपनि रातमा सुत्नुको मज्जा जस्तो दिनमा के खाएर होस र ? टेक्स मेसेज हो या भ्वाइस मेसेजको हो मोबाइलले सङ्केत दिन्छ । म­ अल्छे पाराले आँखाको ढकनी उघार्छु । मोबाइलको भ्वाइस मेसेज रहेछ । मेसेज सुनेर एकछिन किंकर्तब्यबिमूढ हुन्छु ।......
Read Full ...




    Links
Column / स्तम्भ

    Random Pick
आज स्कूल खुलेको पहिलो दिन । सधैजस्तो हो भने सम्पूर्ण विद्यार्थी मिलेर सरसफाई अभियान चलाउँनुपर्ने तर अफसोच कचहरी छ स्कूलमा । केही पुलिसहरु पनि आएका छन, कोही गार्ड बसेका छन होस्टेल छिर्ने मूलगेट र स-साना गेटहरुमा । यौटा अफिसर केही सिपाही लिएर प्रयोगशाला चेकगर्दो छ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615486
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com