तिमी भन्थ्यो तिम्रो लागि
सदा तिम्रै साथ रहन्छु
तर आज बिरानो भएको छौ
तिमी कठोर हृदयको रहेछौं
तिमीले गरेका सबै बाचा टुटी गए
तिमीले सम्झना भनि दिएको उपहारहरू
सबै बेवारिसे भएर गए
आज तिनै पलहरू मेरो लागि अभिशाप बन्न गए
सक्छौ भने मलाई विष देउ
म अमृत मानी पिई दिउँला
जीवनको मोडमा पिरतीको खेल यस्तै रहेछ
प्रेमको यात्रा सुरु भई विचैमा अन्त्य भएछ
तिमीलाई नबुझ्नु नै मेरो भूल रहेछ । |