Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 26, 2009 | Author : शरण सुब्बा
Category : Poetry / कविता | Views : 1238 | Rating :

  
शरण सुब्बा

हातमा धर्साहरु कोरिएका छन् किरिङ्गमिरिङ्ग
यी धर्साहरु निर्माण हुन अगावै
थुप्रै भयानक युद्द छेडिएका छन् सीमानाका थुम्काथुम्कीमा
-
बेग्ला बेग्लै मान्यता लिएर
-
बेग्ला बेग्लै अस्तित्व बोकेर
यी सीमानाहरु रेखा उत्रिएका छन् हत्केलाभित्र
अनगिन्ती टाउकाहरु टुक्रिएका छन् धर्तीमाथी
यी हात्का रेखा कोर्न कसैको महत्वाकाङ्छ्यामा
माहुरीका बथानहरु निर्मम झम्टीरहेछन फूलहरुमा
धर्ती बहिरी छे फूलहरुको चित्कारमा
घमन्डको एउटा सगरमाथा
दुइटा रेखा भित्र ठीङग उभिएको छ
ब्रम्हापुत्र रगत भएर बग्दैछे
लास अझै सडेको छैन माखाहरु भुन्भुनायिरहेछन
नयाँ सुर्य झुल्काउने प्रयासमा थेम्स योजना काँटछाँट गर्दी हो
स्वतन्त्र छैन हावा पनि
नली भित्र कैद गर्ने लालसा जिवित छ
च्यातिएका नलीहरु जोड्जाम गरी टालेर
हावालाई थुन्ने भीषण प्रयास हुँदैछ फेरिपनी
बादलहरु बिसाक्त बनेका छन् धर्तीमाथी
चट्याङ बर्सिन सक्छ पानीको बदलामा
एउटा टाउको थुप्रै टाउकामाथी जम्जमाएको छ
जुम्राहरु निरन्तर बसाइँ सरीरहेछन
चिरा चिरा परेका हस्तरेखी
-
कतै समानान्तर दौडिएका छन्
-
कतै बक्रीय कुदेका छन्
-
कतै मिलेका छन्
-
कतै जुधेका छन्
दुर्योधन्को हुङ्कार्ले कुरुक्षेत्र नछेडिएको भये
चङेजखांले विश्वसपना नदेखेको भये
नेपोलियन र यस्तै यस्तै जुम्रा नदेखिये
हत्केलामा रेखी थपिन्थेनन थुप्रै अर्थमा
अब त रेखाहरु कुदेका छन् जङली घोडा झै
एउटै आकाश बिभक्त भएको छ सयौ आकाशमा
एउटा फ्याउरा र एउटा स्याल
आफ्नै लयमा बिजात रेखाभित्र रमायिरहेछन
माउसुली प्रतिबन्धित छे घरभित्रै
लाटोकोसेरोले उज्यालोको बिरुद्दमा निरन्तर गीत गाउदैछे
हत्केलाका उपरेखाहरु छेलिएका छेलिएकै छन्
रेखाका छाँया भित्र हराएका छन् तिनिहरु
फ्याउरा र स्यालको साँढे जुधायिमा
सिंह ताली ठटाएर द्रिस्यपान गर्दै हुन्छ यताकतै
हरियो जंगलको आयाम भित्र
मिल्न नसकेका बहुजात जन्तुहरु
एकापसको द्वन्दले जंगल थर्कायिरहेछन
-
ईतिहास भन्नु रगत पनि हो
-
मान्छे भन्नु उलिन्काठ चड्नु पनि हो
सत्रुताले बिभाजित बनेको छ जंगल
एउटा सिङो घर टुक्रिदो छ छोराको रोजायी पछी
मिठो सपनाको आस्वादमा उङ्हिरहेछन छोराछोरी
बजार गएको अभिभावक अझसम्म फर्किएको छैन
घर फर्कने समय तालिका परिवर्तित भयो क्यारे
विश्वाश नगरे भयो समय तालिकामा
अब त बिहानिको झर्झराउदो सुर्यमा विश्वाश नगरे भयो
प्यालेस्टायिन्को बिरुद्दमा छेडिएको रातो गोलिबारुद हुनसक्छ
बर्षाको कालो बादल एटमको धुवाँ हुनसक्छ टोकियोमा
बेइमान! बेइमान! रेखा धर्ती भित्र
भायोलिन चुकेको छ मिठो संगीत दिन
असंगत रेखाहरुको माझमा आजन्म कैदी भएको छु म
मलाई उन्मुक्ती चाहियो कैदबाट
मलाई रेखाबिहिन गीत मन पर्छ हत्केलभित्र
दम फुक्दै घोषणा गर्दछु उन्मुक्तिको
परम्परित रेखाहरु तोडिएको साझा बस्तीमा
यी हत्केलाका रेखाहरु सुम्सुम्याउदा बस्न मन लाग्यो




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
गजल उस्तै छ मात्र धुन बदलियो
अधेरि उही हो मात्र जुन बदलियो।
मालि संग डालि मागी भमरा रमायो
फूल मुल्य सस्तो नै छ सुन बदलियो।
माया प्रेमका राम्रा राम्रा कथा पढीयो
माया उही मायालुको गुन बदलियो।

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
823042
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com