परदेशको बसाईले याद मार्यौ की भन्छौ होला
झनै उर्लीएको छ भेल छाति भरी
जतनले राख त्यो चोखो माया हिरा र मोती सरी
गाउँमै छौ तिमी मन सँधै म सँग
परदेशी भनी नसोच ज्यान मात्रै विदेशमा
यादमा तिमी नरुनु कहिल्यै हाँसेर जिउनु सँधै
यो जुनी मात्र हैन जुनी जुनी मरौंला सँगै
मुग्लान पारी बसे पनि सँधै तिम्रो दिल भित्र हुन्छु
कसरी भनुँ हाँसेको छु सँधै आँसु पिएर बाँच्छु
झस्केर मुटु दुख्दा खुनी रैछ नभन्नु
देउराली साक्षी भाकेको कसम कहिल्यै नभुल्नु
शहरको भिडमा हरायौ भनी नसोच
तिर्सनाले छट्पाउँदा मुटु भित्रै खोज
पर्खी बस तिम्रो सखी चाँडै आउँछ भनी
जुनतारालाई भनी देउ बस्छु दिन गनी
संखुवासभा, हाल हङकङ