Send us your Literature
no data

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 18, 2009 | Author : किराँती भोगेन एक्ले
Category : Memoir / संस्मरण | Views : 924 | Unrated

  
किराँती भोगेन एक्ले

हतारै हतारमा म हराएको काठमाण्डौ

 

          छोड्दा बनाएको योजना मुताविक पाँच दिनअघि नै आइपुग्नु पर्ने थियो काठमाण्डौ, तर मेरो पनि धेरै नेपालीको जस्तै 'भोलि' भन्ने वानीले र थोरै समयको तारतम्य नमिल्दा पाँच दिनपछि पर्न पुगेको थिएँ । कामहरू थुप्रै थिए तर मसँग समय ज्यादै थोरैमात्र बाँकी थियो । हप्ता दिनपछाडि नेपाल नछाडे मैले उता खाईपाई आएको जागिर नामधारी जा गिर छाड्नु पर्ने हुन्थ्यो । तसर्थ यता छरपस्टै नसल्बलाए मेरो उपाय थिएन । यात्राको धङ्धङे किल गर्नै नपाई हाम्रो महानगरीको धुवाँ र धुलोहरूलाई च्यालेन्ज गर्दै धपेडिन थालोँ । कामहरूमध्येको एउटा काम बनेको थियो, त्यो खाल्टोभरि छरपस्ट रहेका आफ्नो आफन्त जनलाई अनुहार देखाउनु । सबभन्दा बढी समय त्यसैले खायो सायद । छ वर्षको अन्तरालपछि पुग्दा नभेटौँ अनर्थ लगाइने प्रवल सम्भावना । भेटौँ, एक दुई बोतल काल्सबर्ग लडाएर छोटो भलाकुसारीकोसाथ एक थाल मासु भात स्वीकार्दा तीन चार घण्टा खल्लाास । ज्यानमा बोसो कम भएर मात्र असी किलोको म, भान्सा बोसैबोसो, बीस दिनमा ठ्याक्कै चार केजी बढोत्तरी । अर्को काम थियो नासो हस्तानन्तरण । हामी नेपाली पर्देशीहरूको रीतै हो आफन्त, चीनाजाना जाँदा आउँदा यसो केही पठाउने, पठाइमाग्ने । मैले पनि छ वर्षको पैँचो फर्काउने क्रममा लगेको थिएँ आठ दश पोका । केही त बुझाइसकेको थिएँ पहिलै । कतिचाहिँ त्यो बेला बुझाउने अनुकूल नमिल्दा अहिले सुम्पनु थियो । साथसाथै गुन्द्रुक, किनामा, सुकुटी, अकबरे, आदि बटुल्नु पनि थियो यता बस्नेहरूका लागि । यसको अलवा, यो प्रवाशमा दिनरात एक गरी खुन पसिनासँग साटेको केही रुपैँयाले संचालन गरेको मेरो सानो व्यवसाय जिल्लाका केही सामसद तथा मन्त्री भइखाका नेताज्यूहरूको श्रापले धरापमा परिरहेको थियो । यसलाई पनि श्रापमूक्त गरेर संकटबाट निकाल्नु थियो । जसको लागि पनि निक्कै खरोगरि खट्नु पर्यो ।

          यी माथिका चटारोमा पर्दा गर्नै पर्ने एक दुई काम त्यतिकै रहे । ती मध्ये अझै पनि साह्रै खुनखुन लागिरहेको एउटा काम हो, सृजनशील साहित्य समाज हङहङले प्रकाशन गरेको दाइ मालिकराम राईको कथासाग्रह 'मालिकराम राईका कथाहरू' माथि अन्तर विमर्श कार्यक्रमको आयोजना । यो काम फत्ते गर्न नसक्दा यता हङकङका सोझा लुङा हाङयुग अज्ञातजीको बाँगो शब्दहरूको दह्रो झापटले टाउको अझै रन्थनिएकै छ । उता नेपालका अर्का लुङा प्रकाशजीले त्यो झापटले दुखेको गाला मुसार्ने निहुमा एक चड्कन थप्नु भएछ फेरि । (प्रकाशजी हुनसक्छ मैले प्राप्त लसुनलाई प्याज ठानिरहेको छु ।) हो, ठीकै हो पक्कै पनि स्रष्टाहरूलाई सुकुटीभन्दा, किनामाभन्दा विचार नै प्यारो लाग्छ । मलाई पनि दुःख लागेको छ यो कार्यक्रम गर्न नपाएकोमा । यसबाट कथाकारका कथाहरूले आफूलाई विज्ञ पाठकहरूको बीचमा एकसाथ पुर्याउनु सक्थ्यो । अल्ट्रा साउण्ड मेशिनजस्ता समालोचकहरूबाट जाँचेर आफ्नो भित्री शरीरको अवस्था बुझ्न पाउँथ्यो । योसँगै कति असल मित्रहरूसँग साक्षातकार हुन्थ्यो, उनीहरूसँगको छोटो सहवासमा थोरै नै भए पनि हामी पाखा (डायस्पोरा ?)मा रहेकाहरूलाई विचारका कोसेलीहरू मिल्ने थियो । हामीले हाम्रा प्रवाशका अनुभूतिहरूलाई पस्कने थालीको रुपमा पनि यसलाई प्रयोग गर्न पाउाथ्यौँ । अफ्सोस कार्यक्रम गर्न असमर्थ भईयो । यसमा मलाई लाग्छ, मारुनीले नाच्न पनि अलिक नर्खट गरिन । नत्र त चौकोष मिलेका आगनहरूको काठ्माण्डौमा खाँचो थिएन, पारंगत गायककार, सागीतकार मित्रहरूलाई अनुरोध गरे पक्कै पनि उहाँहरूबाट नाइनास्ति हुने थिएन । म ढट्वारेलाई छेउ घुम्नु त कुन भारिबात थियो र । जे होस 'यो साललाई यस्तै भो अव आघुम साल' भनेजस्तै भएकोछ कुरो । मारुनीको नर्खटमा पनि सायद वाध्यता थियो क्यारे, जामा सबै लथालिङ्ग देखेको थिएँ । उसलाई पनि मलाई जस्तै व्यस्त समयले बलातकार गरेको हुनुपर्छ ।

          विचार भेट खाएका तर शरीर भेट् नखाएका धेरै साथीहरूसँग यो पाली भेट्ने अन्दाजले पनि भेट खाएन, कारण उही बलातकारी व्यस्त समयले थलै पार्यो मलाई । केही साथीहरूसँग भएको एक साँझको छोटोमिठो भेटबाहेक अरु केही मीत्रहरूसँगको भेट त सिनेमाको एक झलक जस्तो मात्र भयो । देखिस् ? देखें । के देखिस् ? खै झिलिक्क देखेको के देखेँ देखेँ, भनेजस्तो । राजन मुकारुङजीलाई आइफाको कार्यकक्षमा अचानक भेटेँ त्यो पनि बडो हतारमा । उहाँको कुरो एकसरो मज्जाले सुन्न पनि पाईनँ । उहाँ आफ्नो आउन लागेको नयाँ उपन्यास 'हेत्छाकुप्पा'को बारेमा मलाई सम्झाउदै हुनुहुन्थ्यो । छुट्ने तर्खरमा लाग्दा अब चाँडै प्रेसबाट निस्कन लागेकोले केहीप्रति उता हङकङ लिएर गईदिने अनुरोध थियो उहाँको । मैले अर्को दिन भेट्ने पक्का गरेको थिएँ तर बैमानी समयले मेरो वचनलाई कच्चा पारिदियो । गतसाल 'खोटाङ स्मारिका हङकङ, २००७' प्रकाशनार्थ ठूलो सहयोग पुर्याउनु हुने अर्का मित्र दिपेन्द्र दीनदुःखी मेरै जिल्लावासी भएर पनि भेटाघाटा थिएन ।  उहाँसँग पनि बडो हतारमा, कान्तिपुर पब्लिकेसनको अगाडिको सडकमा एक राउण्ड खोजाखोजपछि भेटभन्दा पनि देखादेख मात्रभयो भन्दा उपयुक्त होला । उहाँले आफ्नै व्यक्तिगत प्रयासमा चाम्लिङ, नेपाली र अङ्ग्रेजी भाषामा निकाल्नुभएको त्रैमासिक पत्रिका 'हैखामा'को प्रथम अङ्क हातमा थापेर हतार अर्को तिर दगुर्नु पर्दा, राम्ररी डिठ्याउन पनि सायद भ्याइना क्यारे, आज उहाँको मोहोडा छर्लङ्ग गरी आउन मानिरहेको छैन मेरो स्मृतिपटमा । आप्नो भाषा, कला र संस्कृतिको संरक्षण, सम्वर्द्धनको यो दरिलो प्रयासलाई धन्यवाद भन्न पनि हतारमा भुलेछु त्यो दिन । दुःखीजी, यसै सम्झनाका खेस्रा मार्फत धेरैधेरै धन्यवाद छ तपाईंलाई । पत्रिका स्तरीय लाग्यो हामीलाई, मलाई चाहिँ विशेष स्रोताहरूको प्रश्न संकलन गरी राजेश पायलसँग गरिएको भलाकुसारीको काइदा राम्रो लाग्यो । त्यसमा पनि भोगिराज चाम्लिङको प्रश्न, 'मादक पदार्थ सेवन नगरी गीत गाउँन सकिएला ?' ��"धी मन पर्यो भने दुर्गाजयन्तीजीको जिज्ञासा, 'तपाइँले गाउनुभएको गीत सुनेर के सन्देश पाउने शोषित पीडितहरूले ?' मा राजेशले गम्भिर हुनु पर्छ भन्ने लागेको छ मलाई । यसरी नै कायल बनाउनु पर्छ आफ्नाहरूलाई । अर्को अंकमा सागीतकार पारस मुकारुङलाई उभ्याउनुहोला र त्यसमा मेरो जीज्ञासा राखीदिनुहोला, 'आजकाल पारस मुकारुङ, सर्गममाभन्दा ज्यादा काठमाण्डौ वरपरका खेतबारीतिर डुल्नमा रमाउन थालेका छन् रे, के साँचो हो ?' दुःखीजी प्रयासलाई निरन्तरता दिनुहोला, हामी दोश्रो अंकको प्रतिक्षामा छौँ । उता, राजनजीको उपन्यास लिएर आउन त सकिना तर अहिले हातलागी भएपछि पढेर भने सकिसकेको छु । मेरो ठमम्याइमा, उहाँले मसँगको छोटो भेटमा दिनुभएको उपन्यासमाथिको लेखक प्रतिक्रिया भन्दा पनि खरो रहेछ उपन्यास । निक्कै पहिले त्यतैबाट 'किराती मिसन' नामले निस्कने पत्रिकाको कुनै अंकको अन्तिम पातोमा प्रेसित उहाँको 'प्रचण्ड' भक्ति पढेको प्रभावले होला पहिले त सारै पत्याएको थिइनँ तर उपन्यास एकसय असी डिग्री फरक रहेछ । उपन्यास पढेपछि, प्रकाश थाम्सुहाङजीको लेखमा उपेन्द्रजीले दिनुभएको पाठक प्रतिकृया जस्तो, यो उपन्यास नचले आफूले लेख्नै छाडिदिने बाचा त गर्न सक्दिनँ, न त हाङयुग अज्ञातजीले जस्तो इन्द्रबहादुर राईको 'आज रमिता छ' पछिको यो दोश्रो हो नै भन्न सक्छु । तर यति चाहिँ ठोकेरै के भनौँ भने, यो उपन्यास 'हेत्छाकुप्पा' भोलि सबै अर्थमा किराँती पूर्खा हेत्छाकुप्पा सावित हुनेछ । यो त भयो म सामान्य पाठकको प्रतिकृया । यसै मेसो अब प्रकाश थाम्सुहाङजीको लेखमा नपरेको विशिष्ट पाठक अज्ञातजीको अरु थप जटिल प्रतिकृया पनि यहाँ थोरै राखिहालौं लाग्यो । उपन्यासको कथानकभित्रको कुनै एउटा पात्र, कथाकोबीचतिरबाट अलप हुन्छ । अन्त्यसम्म उ फेरि कहीँ भेटिन्दैन । यसै पात्रलाई लिएर अज्ञात आफ्नो प्रतिकृयामा थप्छन्, 'जब एउटा पात्र त्यो उपन्यासको कथामा बीचबाट हराउँछ भने त्यो उपन्यासको कथा कि अधुरो हुन्छ कि त एकाङ्की । त्यो हराएको पात्रको नजरमा, पछाडिका कथानक फरक हुन सक्छ । हो त्यो फरक कथालाई उसले भोलि लेख्छ, तबमात्र कथा पूरा हुन्छ ।' यो कस्तो प्रतिकृया हो, मेरो गीद्धिमा अझै छिरिरहेको छैन । तर अज्ञातजीको यो प्रतिकृया जुनबेला मेरो कानबाट छिरिरहेको थियो, मलाई भने एउटा मेरै पुरानो सम्झनाले रोमाञ्चित गराइरहेको थियो । जतिबेला म गाउँतिरै थिएँ, हामी दौँतरीहरूसँग भर्खरै धान काटिएको खेतमा गाईवस्तुलाई नरुवा चराउँदै जोडतोडले फाल (लङ जम्प) हान्थ्यौँ । उछिनाउछिन, को भन्दा को कम हुन्थ्यौँ हामी । जहिलै विवाद, जीतहारको टुङ्गो कहिलै लाग्दैनथ्यो । कोही अर्कोले फाल चोरेको आरोप लगाउँथ्यो । कोही अर्कोको पाइलै सानो भएकोले मात्र गन्तीमा बढी पाइला पुगेको हो भन्दै आफ्नो पाइलाले नापो गरी गन्ती पाइला घटाइदिन्थ्यो । आफ्नो गन्दा खादिलो पाईला बनाएर गन्ने र अरुको गन्दा खुकुलो, भर्सक ड्याङ् हान्दै गन्ने त रीतै थियो । यद्यपी यी थुप्रै गुल्च्याई बीच बाहिर प्रत्यक्ष नस्वीकारीहाले पनि भित्रभित्रै, आज एक पाईला जति त छाडिस्, भोलि तँलाई दुई पाईला नछाडे त के र, भन्ने कदर भने हरूवा जति सबैले मनैमन लिन्थे । यसरी, थाकेर लखतरान भएपछि भोलिको भाकामा साँझ छुट्थ्यौँ हामी । हो, मेरो यो सम्झना र अज्ञातजीको प्रतिकृयाबीच कता कता फ्युजन भएझैँ लाग्छ । जे होस् अज्ञातको यो प्रतिकृया सुनेपछि, त्यो 'हेत्छाकुप्पा'मा बीचबाट हराउने पात्र को होला र भोलि उसले यो कथाको पुनर्लेखन् कसरी गर्ला ? मेरो मनमा जिज्ञासा भने खुबै पलाएको छ । तर आजलाई चाहिँ राजनजीलाई शुभकामना, 'हेत्छाकुप्पा'ले सफलता पा��"स् । सुन्दै छु हिजो आज राजनजी प्रचार अभियानमा जुट्दै हुनुहुन्छ रे । मोबाइलमा एसएमएस (आतंक) पनि राम्रै छाएको छ रे । '' यसलाई तपाइँले अरु दश ठाउँ पठाए तपाइँको फलिफाप हुनेछ, तर त्यतिकै डिलिट गरेमा तपाईंको सर्वनास निश्चित छ' जस्ता एसएमएसले दुनियाँ आतंकित गर्दा हुन्छ भने, 'के हेत्छाकुप्पा पढ्नु भो ?' मात्र त सहन सकिन्छ नि । ठीकै छ, जुट्नुस् जुट्नुस् यो कराई कराई पिठो बिकाउनेहरूको उत्तरआधुनिक बजारमा चुपचाप बसेर पर्खियो भने त चामल पनि सडिएर जान्छ । जहाँसम्म, 'सृजनशील अराजकता हल्ला भनेको त धम्की पो रहेछ ।' भन्ने प्रकाशजीको गहिरो शंका छ । त्यसलाईचाहिँ म तत्काल विचाराधिन मुद्धामा राख्न चाहन्छु । किनकि प्रकाशजीले यसमा निकै दह्रा प्रमाणहरू पेस गर्नु भएको छ भने यताका अराजकले पनि राम्रै प्रतिवाद गरेका छन् । तथापि बेलाबेला जंगेले जे बोल्यो बोल्योको शैलीलाई विचार्दा भने प्रकाशजी ठीकै लेखिरहेका छन् भन्ने नै लाग्छ । यसलाई पुष्टि गर्न दिदी लाराको एकहरफे कविता लाई यहा प्रस्तुत गर्न चाहन्छु, "मलाई नबुझ्नेहरूको पतन निश्चित छ ।' महावाणी, श्री ५ हाङयुग अज्ञात ।"  

       'मालिकराम राईका कथाहरू' माथि अन्तर विमर्श कार्यक्रम आयोजना गर्न नसक्दा धेरै स्रष्टाहरूसँग भेटघाट, चिनापर्ची र विचार आदान प्रदान गर्ने अवसरबाट वञ्चित हुनु परेकोमा एउटा विस्मात त छँदै छ । तर पनि मन बुझाउँनी नै सही, केही आदरणीय स्रष्टाहरूसँग एक साँझको छोटो उठबस मेरो लागि अविस्मरणीय रहेको छ । भनिन्छ मित्र ��"पचारिकतामा होइन अनौपचारिकतामै चिनिन्छ । त्यो चीरस्मरणीय भेटघाटमा उहाँहरूलाई केही नजिकबाट देख्न पाएँ । खुलेर बोल्न पाएँ, सुन्न पाएँ । थाहा छैन, विजुली सर्वतको बसमा परेपछि बा कतै आफ्नो तुच्छता प्रकट गरेँ कि । यदि कहीँ कतै त्यसो हुन गएको छ भने त्यो मेरो होइन गिालासको करामत हो भनि सम्झिदिन अनुरोध गर्दछु । छोटो खोजाइपछि फेलापरेको खाजा घरमा खाएको खाजाको स्वाद बिर्सी सक्यो जिब्रोले तर त्यो बेला भएका कुराकानीका स्वाद अझै अमिट भएर टाँसिरहेको छ यो मनमा । यता र उताका फरक भोगाईका अनुभूतिहरूलाई मज्जासँग गाँसेकाथ्यौं कुराले । चाहे त्यो, गढर्तीरको सिरेटोले हान्दा कविज्यू कठ्याङ्गि्रएर कविता हराएपछि खोज्नलाई न्यानो गाउँ पसेको कथा होस्, या त यता हङकङमा चिसो बढ्दा कठ्याङ्गि्रएको सृजनशील कवि कविता खोज्दै न्यानो सहरतिर पसेको कथा । या आत्महत्याको प्रस्तावबाट पन्छिन बिसे नगर्ची भएर बहुलाएको कथा होस् या अरुलाई सामूहिक आत्महत्याको लागि उकासी राखेर अराजक आफूचाहिँ पर्देश टाप ठोकेको कथा । खुबै मज्जाले हालिएका थिए यी कथाहरू । कथाहरूकैबीचमा गीतकार खम्बु शुभ मुकारुङजीले खम्बुवानको गीत गाईदिंदा, लिम्बु कवि प्रकास थाम्सुहाङजीले प्रतिउत्तरमा खरै कविता वाचन गरेका थिए एक झोँक । पूरै त याद भएन तर कविताको अन्त्यमा 'लिम्बु लिम्बुवान माग्छ, खम्बुलाई किन टाउको दुख्छ ?' भनेर सकेका थिए जस्तो लाग्छ । यसरी तन भन्दा पनि मन अघाउन्जेल खाजा नास्ता गरेर हेमन्त मुकारुङजीको विशेष अनुरोध र आतिथ्यमा रौसिन्न दोहोरी साँझ पुगेपछिको रङ्ग र रमाईलोको त झन स्वादै भनिनसक्नु थियो । भन्दथिइन् मेरी आमा सन्तान थरिथरिका भनेझैँ इन्फादाजी नाच्न थालेपछि पूरै स्टेज नै कभर गर्नु भ्याउनु हुँदो रहेछ । सानो सानो गाँठीको त्यसमाथि सुलुत्त परेको ज्यान हुलमुलमा यताबाट छिर्यो अघि नै फुत्त उतापट्टी। कतै अल्झियोस् न छेकियोस् । लुलुम्बुजीको हासाइ जासुसी, खालीखाली त्यो हासमुख आफ्नै मोहोडा लोपारिरहने चाला पनि जासुसी, लेखाइ झनै जासुसी, रहस्यमय हत्या काण्ड । हुँदाहुँदा नचाइ पनि जासुसी पाराको, छेउछेउ मात्र घुमिरहने । शुभ सोल्टाको नाच त ठीक ठीकै हो तर त्यो बोकेदाह्रीचाहिँ पाठी नै तर्साउने । कविज्युकोचाहिँ नाच हेर्दा फ्याट मनमा लाग्यो, नाच्नु भन्दा बरु अर्को बिसे नगर्चीको बयान लिनतिरै लागे भलो होला । अर्का मेरा भान्जा नवोदित गायक, नविनजी पनि कुसमयमै बनेको तालु टल्काउँदै खुबै मच्चिन्ने रहेछन् दाहोरीमा । विर्सेर पनि ननाच्ने दाई माधवले मस्रुम सुप (च्याउ खोले) पिएर कम्बर मर्काएको पनि रमाइलै लाग्यो । हाम्रा पथ प्रदर्शक हेमन्त मुकारुङ सोल्टीज्यूको त नाच पनि राम्रो गीत पनि राम्रो (यो चाहिँ रेला नगरी भनेको है) । अब रहृयो प्रकाश थाम्सुहाङजी, उहाँलाईचाहिा मानेा, तान्नुदेखि नाच्नुसम्म । म साँढे पनि ग्वाँ । अझ रमाईलो त केमा लागिरहेको छ भने, पाँचसय केजीमात्र उचाल्न सक्ने लिफ्टमा, पचास केजीदेखि लगभग एकसय दशसम्मका नौ भाइ भुसतिघ्रेहरू एकसाथ कोचारिएपछि लिफ्ट उकालो होइन ��"रालो लागेकोले हामी अण्डर ग्राउण्ड हुन पुगी केही क्षणलाई गुप्तवास बस्न पुगेका थियौँ । त्यस बखत मैले चपाईएका अनुहारको राम्रैसँग अवलोकन गर्न भ्याएको थिएँ । त्यो दुर्लभ अवसरले मलाइ देशमा व्याप्त अशान्ति र अराजकताको बिरुद्धमा सम्पूर्ण साहित्यकारहरू टुडिखेलमा जम्मा भई सामूहिक आत्माहत्या गर्ने हाङयुगजीको उबेलाको प्रस्तावमा नराम्ररी तर्सिने को को थिएछन् भन्ने खुट्याउनमा पनि राम्रै सहयोग गर्यो । यसरी एक साँझको छोटो भेटघाटमा पनि लामो रमाउन भ्याएको साहित्यका खादिला मनका रसिला मित्रहरूसँग फेरि दोहोराएर भेटी एकान्द्रो मेट्दै धित मार्न सकिनँ, विस्मात छ । भेट्नै नसके पनि यता फिर्नुअगाडि एक कल फोनबाट सम्झनसम्म त सक्थेा नि । सुद्धि हराएकोमा आफैसँग झोँक चलिरहेकै छ अझै ।

          भेटेर धिक नमर्नुमा भन्दा पनि धेरैसाग यो पाली भेट्ने धोकै नपुगेकोमा साह्रै नमज्जा लागेको छ । थुप्रै थिए त्यस्ता साथीहरू । तीमध्ये एक थिए विवेक मुकारुङ, जसले सृजनशील साहित्य समाज हङकङद्वारा प्रकाशित धेरै कृतिहरूको आवरणमा आफ्नो सुन्दर मन टाँसेका छन् । हो, त्यो मनको धनीलाई भेट्ने खुबै मन थियो मेरो मनलाई । तर व्यस्तताले त्यो शुभसाइत जुरेन । आज सुनेको छु, उहाँ आफ्नो कला प्रदर्शनीकोलागि विदेश जाँदै हुनुहुन्छ रे । कामना गर्दछु उहाँको प्रदर्शनी सफल रहोस् । अर्का थिए, संगीतकार पारस मुकारुङ । सन्जोग लाफा मगरको 'निलो निलो आकाशको वस्तीहरूमा निलो निलो सागरको कस्तिहरूमा म दुःखी आदिवासी लाफा जून सम्झी तिमीलाई हेरिरहुालँ' जस्ता शब्दहरूमा बेजोड संगीत भर्ने पारसका धेरै गीतहरू मैले सुन्ने सौभाग्य पाएको छु तर साक्षातकार नभएकोले यो पल्ट भेट्ने आकांक्षा राखेको थिएँ । भेटमा मैले कोरेको केही गीतहरू उहाँको संगीतसँग दजाउने पनि रहर थियो । तर समयले यो रहरलाई रहरमै थन्काइदियो । तै आज यसै बहाना एउटा श्रोता जिज्ञासाचाहिँ राखिहालौँ तपाईंका धेरै शुभचिन्तकहरू गुनासो गर्छन् आजकल पारस सर्गममाभन्दा ज्यादा काठमाण्डौ वरपरका खेतबारीतिर डुल्नमा रमाउन थालेका छन् रे । यदि सत्य हो भने यो त हामी तपाईंका श्रोताहरूको लागि शुभखबर भएन । मृत्यु जन्म होइन तर जन्म निश्चित मृत्यु हो । पारसको देह भोलि नरहला । तर पारसका संगीत नमरुन् कहिलै रहुन् युगौंसम्म, यही कामना । मनमा उत्कण्ठ चाहना राखेर प्रयास गर्दागर्दै पनि अर्का यस्तै रङ्गवादी मित्र धर्वेन्द्रविक्रम नेम्वाङजीसँग पनि यो पाला भेट्ने संयोग जुरेन । यता हङकङमा देश सुब्बाको भयले गुँड लागाउँदै गर्दा उता नेपालमा उहाँका उन्मूक्त विचारका रङ्गहरूले कापि रङ्गिरहेको थियो । उहाँका केही रङ्गिन विचारहरू मेरो बेरङ्ग मनले बुझ्न आफै सकिरहेको छैन । यसै अज्ञानतालाई मेट्ने धोको थियो यसपाला तर दुर्भाग्य नै सम्झिएको छु भेट्न सकिनँ । पछिल्लो समयमा उहाँको रङ्गिन कविता 'आजको घाम पहेँलो र अन्तरिम नायकत्व' ��"एभ पत्रिका सृजना डट कममा पढेर अझै जिज्ञासा थपिएको छ । सम्भवत यो रङ्गवादभित्र सबै रङ्ग नै होलान् । तर यताका अराजक अलिक रङ्गिएको बेला प्राय भन्ने गर्छन, यो रङ्गवादमा रातो रङ्ग कम छ । भएको पनि मात्र हो कि हो कि जस्तो मात्र छ । खासमाचाहिँ यसमा खाली रातो बेगरको हरियो रङ्गमात्र जताततै भेटाइन्छ । खैर जे होस, बुताले भ्याएसम्म म आफ्नै आखाँले खुट्याउने प्रयासमा छु । यसरी चाहेर पनि भेट्न नसकेका अरु पनि धेरै साथीहरू रहे । सबैलाई बाँचीवर्ती गए समय सालमा भेट्ने आशा मारेको छुइना ।

          यसपाली साँच्चै हराएँ म काठमाण्डौमा । थुप्रै साथी भेट्न सकिना, थुप्रै ठाउँ पुग्न सकिनँ । उहिले उहिले क्याम्पसे हुँदा बिहान एकचरण कलेज पुगेर फिरेपछि बेपत्तासँग घुमिन्थ्यो त्यो काठमाण्डौ सहर । कहिले काठमाण्डौ वरपरका डाँडाहरू कहिले गोदावरी, कहिले बालाजु, कहिले पशुपति पारिका जोगीकुटीहरूमा पुगेर अलख जगाउँदै शिव बुट्टी उडाइन्थ्यो धित मरुन्जेल । त्यसबेला कोरिएका प्रेम प्राप्ती र वियोगका कथाहरू । घरबाट आएको रुपैाया पैसाले भरिएको मोटो गोजी र टाट पल्टिएपछिको रित्तो खल्तीको कविताहरू आज डायरीमा पल्टाएर हेर्दा हाँसौ कि रौँ, कस्तो कस्तो हुन्छ मन । ती विगतहरूमा फेरि र्फकन नसकिने भए पनि एकपल्ट पुग्ने मन थियो त्यो आफू पढेको कलेज । कक्षा कोठामा प्रवेश अनुमति नमिले पनि क्यान्टिनमा बसेर एक ग्लास चिया पिउँदै एकैछिनलाई सही मनैमन विगतमा हराउने मन थियो । एकफेर त्यो पुस्तकालय घुमेर, एक ग्याम टीटी खेलेर त्यो असनको गल्लीहरू हुँदै भोटाहिटीमा निस्की एकपाउ हलुवा र पुरी खाँदै हिजोको स्वाद जिब्रोलाई स्मरण गराउने रहर थियो । खै कहाँ मिल्यो र त्यो समय । वरिपरिको डाँडाहरू घुम्ने त कुरै छाडौँ, आफू चाचार वर्ष ��"तिएको त्यो छानो, घरधनी भन्दा बढी अभिभावक कविता मेडमलाई देख्न, भेट्नसम्म भ्याइएन । पशुपतिको दर्शनसँगै सिद्राको व्यापार गर्दै पारिपट्टी पुगेर भोले नाथको नाममा एकसर्को चिलिम उसरी नै तानेर कल्पना लोकमा बेलगाम उड्ने तृष्णा पनि त्यतिकै रहृ्यो । त्यो आठ दश दिनको छोटो समय यता र उता छोप्दै सकिए । आज लाग्दै छ, कठै बरी... अब ती दिनहरू साँच्चै नै सकिएछन् मेरा । बुबा आमालाई बोकाएर खाजा सामल खाली च्यापेर कलम कापि, विना कुनै शोक र सुर्ता आफू खुसी बरालिने समय अब सकिएछ । अब त गिद्घीभरि लगाएर समस्याहरूको भारी, गह्रौँ टाउकोले थिचिएको मन बोकी, झुले गोरुले जस्तै नारिएर जुवामा धपाउनु पर्ने भएछ आफूलाई मेलैमेलो ।  

          यसरी नै विते समग्रमा मेरो यस पालीको छोटो नेपाल बसाइ । चाहेर पनि अरु लम्ब्याउन सकिनँ । भाइटीकाको मुखैमा छोरीचेलीको मनलाई खल्लो बनाउँदै लाग्नु पर्यो पर्देश फेरि । घरबाट निस्कन्दा, ढोकामा कलस राखेर आमाले लगाइदिनु भयो साईतको रातो टीका । बहिनी मञ्जुले लगाइदिइन् मखमलीको सुगन्धित माला गलामा र हिमालजस्तै टोपी शिरमा । छिमेकी बूढी बजैको आशिष पनि थापेँ निधारमा र हुइकिएँ इयरपोर्ट फेरि हतारमै । पुगेपछि थाहा भयो फ्लाइट दुई घण्टा डिले रहेछ । उही नेपाल इयरलाईन्सको अंग रोग । सामान जाचाएर भित्र प्रवेश गर्ने लाइनमा खडा भएँ । भित्र पसेको करिव एकघण्टापछि थाहा भयो, क्यामाराको लेन्स कतै छाडेछु । वरिपरि नभेटिएपछि खोज्दै बाहिर निस्किएँ । धन्न भेटियो । अध्यागमन फाराम भर्ने क्रममा त्यहीँ टेवलमा छोडेर हिडेको रहेछु, एउटी परिचारिका दिदीले भेट्टाएर राखिदिएकी रहेछिन् । धन्य छ मेरो देशवासी, अझै धर्म छाडेका छैनन् । उसैले उल्टो सोधेकी थिइन्, 'केही खोजेको हो भाइले ?' मैले बताएपछि राखेको ठाउँबाट ल्याएर थपक्क दिएकी थिइन् । धन्यवाद दिएर मनैबाट आभार व्यक्त गरेँ । मुसुक्क मुस्कुराएर ग्रहण गरिन् दिदीले । म उहाँको इमान्दारिताप्रति नतमस्तक भएर भित्र पसेँ । करिव आधा घण्टा बाद जहाज उड्यो । त्यही हराएर पनि भेट्टाएको लेन्स क्यामारामा जोडेर जहाजबाट देखिने मनमोहक उत्तरी हिमश्रृखलाको तस्विर खिच्न थालेा । त्यस बखत ती दिदीको मुस्कुराइरहेको मुहार आँखामा झलझली आइरहेको थियो ।
       अस्तु ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
690551
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com