Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 12, 2009 | Author : टंक सम्वाहाम्फे
Category : Poetry / कविता | Views : 945 | Rating :

  
टंक सम्वाहाम्फे

उहिले

अहिलेको जस्तो थिएन

अमनचयन थियो

न्याय निशाफ थियो

जीवनको मुल्य थियो

त्यसैले

अघाउन्जेल हाँस्न पाइन्थ्यो 

कुनै व्यवधान थिएन

बाचुन्जेल जिवन

बाँच्न पाईन्थ्यो

अहिले

एक्कासी बद्लिएकाछन्

समयका अनुहारहरू

र वेग्लिएका छन्

वर्तमानले वोल्ने भाषाहरू

त्यसरी नै विचारहरू पनि

वाडीएकाछन्

चुडीएका छन्

फुक्लिएकाछन्

फलस्वरुप

मानविय आस्थाहरू भत्किएकाछन्

मानविय विश्वासहरू लच्किएकाछन्

मानविय संवेदनाहरू हराएकाछन्

मात्र स्वार्थ व्युँझिएकोछ

मान्छेहरूमा यसरी मानवत्व लोप भएपछि

यहाँ हिंसा बढेकोछ

यहाँ हत्या बढेकोछ

त्यसैले मान्छेहरूको मन दुख्दैन

किनकी उनीहरूको मुटु ढुङ्गा जस्तै भएकोछ

त्यसकारण मान्छेले मान्छेलाई

हेर्ने दृष्टि र दृष्टिकोण

जङ्गवहादुरको जस्तै वनेकाछन्

अचेल यी आँखाहरूमा

दृष्टिप्रेम छैन

अचेल मान्छेहरूको हृदयमा

भातृत्व प्रेम छैन

आधुनिकताको नाममा

विकासको नाममा

मान्छेहरू यान्त्रिक बनेकाछन्

त्यसैले मान्छेले मान्छेहरूको

अस्मिता लुटेकाछन्

आकांक्ष थुतेकाछन्

यसरी मान्छेले मान्छेलाई

निर्मम शिकार वनाएकाछन्

यहाँ दृश्यहरू देख्ने आँखा मात्र छन्

सहयोगका आँखाहरू छैनन्

सद्भावका आँखाहरू छैनन्

त्यसैले ती आँखाको कुनै काम छैन

किनकी आँखा भित्र आँखाहरू छैनन्

अहिले

यसरी परिभाषीत भएकोछ

उहिले त्यस्तो थिएन

जो अहिले भैरहेकोछ

उहिलको र अहिलेको परिस्थिती

यहाँनेर यसरी छुट्टीएकोछ 

यहाँनेर यसरी वेग्लिएकोछ 

यहाँनेर यसरी निर्जीव वन्दै गएकोछ

अहिले

सुनियोजित ढङ्गले 

लुटिनु र भुटिनुको खेल खेलिन्छ

त्यसैले अहिलेसँग

न्याय गाँसीएको छैन

निशाफ जोडिएको छैन

मात्र महत्वकांक्ष छोडिएको छ

मात्र स्वार्थ गोडीएकोछ

जस्ले वर्वरता थपीरहेकोछ 

जस्ले क्रुरता निम्त्याईरहेकोछ

अहिले यसरी वौलाहीरहेछ

अहिले यसरी मौलाईरहेछ

तर उहिले

त्यस्तो थिएन

अमनचयन थियो

न्याय निशाफ थियो

जीवनको मुल्य थियो

त्यसैले

अघाउन्जेल हाँस्न पाइन्थ्यो 

कुनै व्यवधान थिएन

बाचुन्जेल जिवन

बाँच्न पाईन्थ्यो




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
आज यस अन्तराष्ट्रिय अदालतमा
वर्षौवर्षदेखि उत्पीडन र यातनाका
घाउहरू लिएर उपस्थित
न्यायिक फैसलाको लागि प्रतिक्षित
एउटी सीताको पक्षमा बयान दिन
म एउटा साक्षी कठघरामा

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691037
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com