Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : December 26, 2008 | Author : अशोक राई
Category : Review / समिक्षा | Views : 1618 | Unrated

  
अशोक राई

           "गत केही वर्ष देखि नेपाली काव्य साहित्य आफ्नै एक प्रकारको छट्पट्टीले वेचेन देखा पर्दैछ , जस्तो की प्रसवकालमा नारीको हुन्छ । की कविता पनि गर्भवती भई ? को निस्कियो बहादुर र वीर्यमान ?"
           यो प्रश्न सन्दर्भ उपेन्द्र सुब्बाको कविता कृति "होङग्रायो भोग र पाङग्रा" मा कवि वैराँगी काँइलाज्यूबाट उठाइएको हो । कवितामा विचार विमर्षको गर्भाधान गराउने, साँस्कृतिक वहुलताको विगुल फुक्ने, नश्लीय चेतको शंखघोष गर्ने बहादुर र विर्यमान कविहरूको पछिल्लो ताातीमा देखा परेका हुन् कवि नरेश सुनुवार आफ्नो कविता कृति "जिन्दगीको पहाड र अस्तित्वको रााकुदेले सेक्सेलेले ........ लीएर ।
           यस कृतिको बारेमा प्रसस्त विचार विमर्शहरू भईसकेका हुन्, टिप्पणी र विश्लेषणहरूले पत्रपत्रिका र वेभ साइटहरू भरिएका छन् । नेपालका चर्चित र स्थापित समालोचकहरूले समेत यस्को बारेमा आ-आफ्नो दृष्टीकोण राखिसकेका छन् । सबैले यो कृतिलाई उत्कृष्ट र बौद्धिक कविताहरूको संग्रह भनी सकेका छन् । यो कृतिको बारेमा अझ धेरैधेरै गहन छलफल र लामो विर्मश गर्न सकिन्छ जुन यो सानो लेखमा सम्भव पनि छैन । यस सन्दर्भमा म छोटोमा आफूलाई लागेका कुराहरूलाई त्यसमा पनि यस संग्रह भित्रका केही अंशहरूको मात्र चर्चा गर्नेछु ।
           नरेश सुनुवार एक बौद्धिक कवि हुन् यसमा सङ्का छैन जून कुराको प्रमाण उनकै कविता र सृजनाहरू हुन् । यस संग्रहभित्रका कविताहरूमा खास गरिकन साँकृतिक चेतना, अस्तित्वबोध, विचारको सशक्तता र गहनता र डायस्पोरिक पीडाहरू देख्न पाइन्छ । मौलीक शिल्प र वैचारीक पक्षले सबै कविताहरू स्वादिला र चोटिला लाग्छन् । म यस लेखमा विभिन्न कविताहरूका केही अंशलाई उठाउदै त्यसको संक्षेपमा व्याख्या गर्न चाहन्छु । खासगरि यस कृतिको प्रथम विषेशता भनेको सुनुवार जातीय मिथक र बिम्बहरूको सटीक प्रयोग कवितामा हुनु नै हो । जुन नेपाली काव्य विधामा आजसम्म सायदै देख्न पाइएका छन् । यहाँ प्रयोग भएका सुनुवार भाषी विम्बहरूले सुनुवार जातिको पहिचान त बोकेको छदैंछ साथ-साथै यसले सुनुवार किराँत जातिको मुन्धुम र त्यसका साँस्कृतिक विविधतालाई प्रर्दशनमा ल्याएको छ । यो महत्वपूर्ण कुरा हो ।
          सर्वप्रथम राँकुदेले (जाँड, रक्सी, आरी) शब्दको प्रयोगलाई हेरौं । अन्य किराती समुदायमा समेत जाँड रक्सी आफ्ना कुल देवतालाई चढाँउने साँस्कृतिक वस्तु हो । यसलाई कविले चेतनाको उत्कृष्ट विम्बको रूपमा उठाएका छन् र युगलाई अब चिनौं, आफ्नो प्रतिविम्बलाई खोजौं भन्दै कविले सबैलाई आव्हान गर्छन् ।
            ए ! वार्चैपुकी (ए साथीहरूहो !)
           सेंसेन ! सोइसेन ! (उठ जाग, सल्बलाउ !)
           सोंइसेन सेंसेन ! (सल्बलाउ, जाग, उठ)
          त्यसै गरेर सुनुवार जातिले आफ्नो साँस्कृतिक पर्वमा षाँदर शिलको विविध शिल्प र तालहरूमा (जून आफ्नो परिचयको अर्थमा छ) सबैलाई व्यूँझने सन्देश दिएका छन् ।
           अब व्युझनुको अर्थ बुझेर
           सचेतताको ढोल भ
           झ्याम्टा बजाएर
           सेंसेन ! सोंइसेन !
           जसि भ्रुकुम भ्रुकुम .........
          यसरी नै सुनुवार जातिमा प्रचलित धामी झाँक्री उनीहरूले पहिरीने पोशाक पगरी, देवी देवता र मन्त्र उच्चारण विधी, उनीहरूले चलाउने वनस्पती अम्लीसो, खुर्पी, दलसीङ ढुंगा र सुनुवार वेद जस्ता थुप्रै कुरालाई कविले मातृभाषामा प्रयोग गरेका छन् । यसरी हेर्दा कविले बहुसाँस्कृतिक समाजमा आफ्नो परिचयको र जातीय पहिचानको आग्रह राखेको बुझ्न सकिन्छ । त्यती मात्र हैन उनका कविताहरू चेतनाबोधका उत्कृष्ट शैलीमा छन् । चिन्तनको गहन धरातलबाट बगेका छन् ।
एउटा अंश हेरौं- 
            याब्रे गुब्रे (कुल देवता) पुकारेर
           ष्यारा (मंत्रको थालनी) उठाउनु पर्दछ
           अब हरेक साँझ
           बजाएर ज्ञानका झ्याम्टाहरू
           निलेर आगोका नाचहरू
           अचेतलाई ढयांग्रो ठोकेर सीमा कटाउनु
           छर्केर निक् व्आकु (अभीषेक गर्ने पानी) प्रत्येक चेतमा
           सेकसेलेले..................
साँस्कृतिक बिम्बहरूको प्रयोग पछि कवितामा निहीत चेतना र त्यसको अर्थका आधारमा केही कवितांश उठाँउछु-
           दनदनी आगोको रापले
           शरीर तीव्र तातेर
           भक-भक उम्लिन्छु टाउकोभरिको गिदी
           मर्चाको अकबरी प्रश्वास
           ठोकिन्छ माथिको चिसो पानीमा
           र तातो पसिना
           तप्किन्छु छातीभित्र
           तप तप तप
           (राँकुदेलेको अनुष्ठान..........)
          यस कवितामा कविमा भएको वैचारिक तनाव महसुस गर्न सकिन्छ । कहिले चिसोमा ठोक्किनु र बिलीनु कहिले पसीनासित द्वन्द गर्नु मानौ राँकुदेलेको अनुष्ठान जस्तै हो ।
          कविमा प्रसस्त विद्रोहभाव छ । मष्तिष्क ज्वालामुखी भएको छ । भित्रभित्र तातो लाभा उम्लेर लम्व -खतरनाक) हलचलको तयारीमा छ । विचारहरू चट्याङ बन्न खोज्छ जस्तोः
           अब
           सतहभन्दा रसातलमा
           भुत्वक छिचोंलेर
           चट्याङ माथिबाट तल बज्रनको निम्ति
           भित्री भागमा लाभा घोलिएर ज्वालामुखी
           रहस्य फुटेर पड्कनको निम्ति
           लम्व हलचल
           एकाएक सल्वलाएको छ ।
           (पड्किनु पर्छ मस्तिष्कबाट ज्वालामुखी)
          पटक पटक बेचिनु र किनिनु छ, भेडाको वथान हुनुको पीडा बाँच्नु छ । राज्यबाट बेचिनु र साम्राज्यवादी कित्ताबाट किनिएर कहिले कोसोभो कहिले कार्गिल अनि कहिले इराक र अफ्गानिस्थानमा विस्थापित भइनुको स्वभिमान दुखेर कवि लेख्छन्-
           नागीमा चरेर वगाल वगाल च्याङ्ग्रा
           सिमाना कटाएर
           दशै खर्च या देवाली खर्च
           जसरी बेचिए किनिए
          त्यसरी नै
          आँखामा झुण्डिएको यौटा दृश्य
          तेस्तै मस्तिष्कमा टाँसिएको अर्को अस्तित्व
          (दोकानमा झुण्डिएको अस्तित्वको तक्मा....)
पुर्खा देखि आजपर्यन्त आफ्नो स्वभिमानलाई दोकानमा विक्रिका खातिर राखिएको वस्तु झैं लाग्छ मान्छेहीन र मूल्यहीन ।
          नरेश सुनुवारका कविताहरू मूलतः अस्तित्ववादी देखिएका छन् । अस्तित्व र स्वभिमानको खोजीमा कवि कतै राज्यभित्रै हराएका छन् कतै कोसोभो र कार्गिलमा पुगेका छन् । त्यसै गरि वर्तमान बाँचीरहेको डायस्पोरामा पनि कवि अस्तित्व र परिचयकै खोजीमा छन् ।
          आँखा छामेर वरिपरि देख्छु
          गगनचुम्बी टावरहरूको सेप भित्र म
          ��"होर दोहोर गरिरहेको असंख्य भिड मित्र म
          कतै हराएर वेपत्ता परिएको जस्तै
          छिः कति निम्छारो म
          जो अस्तित्वहीन भए जस्तो
          आफैले आफैसित सम्वाद गर्दै
          आफैले आफैलाई खोजी रहेको
          आफैले आफैलाई छामी रहेको
          यसरी कवि अनेक कृतिमताहरूमा जीवन खोज्दछन् । वाद्यता र संकटमा जीवन खोज्दछन् अनि भन्छन् "समयले घिसारेर जीन्दगी झुत्रो छ तर छ" ।
          यसरी जीवन र जिजीविषाका कुण्ठालाई कविले कलात्मक शिल्पले अनि चेतनाको स्वरहरूले पोखेका छन् जो कविको बौद्धिकता हो । कविमा जातीय र साँस्कृतिक चेतना छ, परिवर्तित भूगोलसित जीवनलाई नियाल्ने सिप र कला छ र सबभन्दा ठूलो कुरा स्वत्व नियाल्ने सौन्दर्य मनोविज्ञान छ । जुन कवि हुनुको उपदेयता हो अर्थपूर्ण पुष्टी हो ।
          खासगरि कविमा पुरातन र संकिर्ण राज्यबाट अपहेलित हुन परेका दुःखद अनुभूतिहरू पाईन्छ । नेपालमा वर्षौ वर्ष देखि चली आएको प्रत्यक्ष अप्रत्यक्ष एकल मान्यता र एकल विचारको प्रभुत्व प्रति विद्रोहभाव छ कविको मनमा । ति एकल मूल्य मान्यताहरू तोडिनु पर्छ र वहुल विचारको कदर हुनुपर्छ । बहुल सास्कृतिको सुरुवात हुनुपर्छ किनकी हरेक जाति उच्च, हरेक धर्म बराबर, हरेक सास्कृति असल र महान हो भन्ने आग्रह छ कविको सृजनामा । यसरी बैचारिक रुपले हेर्दा बहुल अस्तित्व, बहुल नेतृत्व (नायकी) बहुल विचारको महत्वपूर्ण जिकीर कविमा पाइएको छ ।
          साँच्ची नै अबको नेपाली कवितामा पक्कै पनि ती कथित मूलधारका हिन्दु सौन्दर्य शास्त्रमा आधारित बखान मात्र पाइने छैन । त्यहाँ त विचारको प्रधानता रहने छ विद्रोह पाईने छ, समन्वयको आग्रह पाईने छ जस्तो कि नरेश सुनुवारको कविताहरूमा ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
हुरी आयो कि सोल्टी माया बगैँचामा
चाँडै आउनु पर्खिरैछु मुटु फलैँचामा
चाहिएन शिरबन्दी खाली हात आए हुन्छ
हजुर आउँदा एकैसाथ जूनघाम पाए लाग्छ
बाँझो पर्यो कि सोल्टी मनको बारीमा
चाँडै आउनु पर्खिरैछु मुटु फलैँचामा

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691097
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com