सान्त्वना - कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
यो सहर पहाडबाट घीउ बेच्न आउने कान्छी दिदीलाई होच्याउँछ र आफु फोहोरको डङ्गुरमाथि बसेर सभ्यताको परिचय दिन्छ भन्छ पहाड सहरजस्तो सुन्दर छैन विकसित छैन सहरसँग आडम्बर छैन अभिमान छैन र प्रत्येक दिन छलकपटको खेति गर्ने टुँडिखेल छैन छ त केवल पहाडसँग दशकौ लामो युद्धले क्षतविक्षत पारेको विक्षिप्त मुटु छ पीरले चाउरिएका निन्याउरा अनुहारहरु छन् र छन् रगतले लतपतिएका बेरुप फूलहरु
सहरसँग एउटा सिंहदबार छ सिंहदरबारभित्र पहाडले पोसेका थुप्रै खसीहरु छन् पुष्ट अनुहारहरु छन् र छन् ��"इलिन लागेका तर मालीले स्याहारेहा फूलहरु
पहाड ! यतिबेला मलाई सोध्न मन लागेको छ तिमिसँग के तिमि न्यायमा छौं ?
अन्याय गर्नु भन्दा अन्याय सहने पापी हुन्छ पहाड ! अब, तिमि बरफ जम्ने होइन आगो सल्कनुपर्छ आफैले पोसेका खसीहरुविरुद्ध
पहाड ! के छैन तिमिसँग विवेक, विश्वास र स्वाभिमान छ इमान, आदर्श र नैतिकता छ यार्सागुम्बा छ सगरमाथा छ पहाडको छातीमा टेकेर सहर विकसित भएको छ
पहाड ! अघि बढाऊ आफ्नो पदचापहरु हामी पहाडबासीहरु छातीभित्र विकासको धूमिल चित्र कोर्दै यात्रा तिमिसँगसँगै हुनेछौ निरन्तर निरन्तर ।
|