वृक्ष जस्तै छ नारी गालामा स्याउ फल्छ ओठमा सुन्तला शिरबाट खस्छ झरना आँखामा शान्ता ताल मुस्कानमा कोपिला फक्रिन्छ तनमा बशन्त हरियाली प्रकृति रुप हो नारी, वृक्ष जस्तै छ नारी वृक्ष हो नारी फुल्दै र फल्दै सौन्दर्य छर्छ, स्वाद दिन्छ जलको थोपा हो उसको आँसु र पसिना प्यास मेट्छ जीवात्मालाई जीवन दिन्छ सुर्यको आभा हो उसको खुशी र ममता अम्मर र धराबिच इन्द्रधनुष खिच्छ बक्षस्थलमा अमृत कुण्ड छ जीवन दायिनी हो नारी प्रकृति रुप हो नारी, वृक्ष जस्तै छ नारी वृक्ष हो नारी अटल पर्वत हो नारी धर्यता र सहनशिलाताले बनेको भारि भन्दा भारि बोझहरु बोक्न सक्ने अतुलनीय शक्तिको महा स्रोत हो, जगलाई चकित तुलाउने महा सागर हो नारी आंधी र हुण्डरिमा पनि सन्तुलित रहने प्रकृतिको उत्कृष्ट रचना हो नारी, खडेरीमा पनि साहसले फुल्न सक्ने सम्मान र समर्थनमा हरित पृथ्वी जस्तै, आनन्द प्रदायक प्रकृति हो नारी अपमान र अधिक हस्तक्षेपमा, महाप्रलय विद्रोहको रौद्र रुप पनि हो नारी प्रकृति हो नारी, वृक्ष जस्तै छ नारी वृक्ष हो नारी । |