ओ कवि ! भावनामा हराउनलाई, रुख, पात, लहरा झुलिरहेछ्न् कविता मिलेको लेख्नलाई गद्य, पद्य, छन्दहरू लहरमा छन् गहन र भाष्ट भावना समेट्नलाई नेपाली बाहेक लाखौं बिदेशी किताबहरू छन् दाम छाडेर मात्र 'नाम' कमाउनलाई रातारात किताब छापिने छापाखानाहरू छन्, के पुगेन तिमीलाई ? सामाजिक मुद्दा बनाउदा तिम्रो आफ्नै घरको उदाहरण साक्षी छ राजनैतिक उथल पुथल चर्किरहंदा मधेसी, पहाडी पहिचानसंगै जनजाति छ ब्यक्तिगत अनुभवलाई समेट्दा दुस्ख कस्ट आफ्नै जिन्दगीमा लामो तांती छ मायालु र सौर्न्दर्य भाब पस्किदा बजार भरि कृतिम बस्तुहरू सुपथ मुल्यमा थांती छ, ट्वां परेर कसलाई हेरिबस्छौ ? ओ कवि ! के पुगेन तिमिलाई ? आफुले टेकेको जमिनलाई महशुस गर कविता भित्र कवि हराउ या कवि भित्र कवितालाई हराउ बश- स्वत: पोखिने भावहरू आक्रोश र बिचल्लित मनहरू कुन्ठित र तिरस्कृत आत्माहरू तृष्णा र बितृष्णाहरू जीवन र भोगाईहरू सौर्न्दर्य र रोमान्सहरू योवन र चाहनाहरू स्वतन्त्र र बिकृतीहरू, लेख्दै जाउ लेख्दै जाउ यो युगको तिमी जिउँदो जाग्दो कवि बन्नेछौ। (बिश्व कविता दिवश २०१७)
|