आउने शब्दले हर्ष र खुशी जाने शब्दले दु:ख र पीडा बिदाईको बेला कस्को पो आँसु नझर्ला ? नभेटे नदेखे सम्म पो को हो को ? देखे भेटे पछि एक अर्का आफ्नो यस्तै रहेछ हामी मानिसको जिन्दगी कहिले मिलन कहिले बिछोड एकै ठाउँमा स्थिर रहन नसक्ने, हामी जब सगै हुँदा भए होला- कहिले मीठो बोली कहिले रुष्ट र रुखा खरो बोली कहिले माया भावका कुरा कहिले मन र चित्त दुखाउने कुरा हामी एक अर्कामा भए होला, सँगै हुँदाको क्षणमा भएका सबै कुरा एउटा यादगरमा सजाउने गर्नु जहाँ रहे जस्तो अवस्थामा रहे पनि हामी बिचको भेटलाई सधै टल्किने फ्रेममा जस्तै मनको कुनामा सजाएर राख्नु । प्रीती-४, रामेछाप हाल, दोहा, कतार |