एउटा सपना लिएर बाँचेको मान्छे नखोस उस्को सपना नब्युझाउ उसलाई रातमा शीत पर्न देउ बिहान हुन देउ नखोस उस्को मजेत्रो मध्यरातमा, बल्न देउ चेतनाको एउटा दिब्य ज्योति लम्पसार रातलाई पनि थकाइ लागेको होला सलेदो नखोज यतिखेर जुन छ उज्यालो देखाउने एक छिन मस्त निदाउन देउ र अघाउनदेउ उस्को निन्द्रालाइ, किनकि ऊ भोलि बलियो भएर जाग्नुछ र पखाल्नु छ मानिसको आँखा र बिचारमा जमेको धुलो मैलो र कुविचार अनि बगाउनु छ नदि स्वच्छ निर्मल बिचारको । |