म एउटा सन्दर्भ हुँ मलाई पटकपटक फेर्न सक्छौ म एउटा माध्यम हुँ मलाई पटकपटक फेर्न सक्छौ म एउटा दृश्य हुँ मलाई पहिरेर दूरदुर हेर्न सक्छौ म एउटा खुसी हुँ मलाई सम्झी सम्झी हाँस्न सक्छौ म एउटा छहारी हुँ म सँग थकित मन बिसाउन सक्छौ म एउटा बसन्त ऋतु हुँ मलाई पखेरा बनाएर नियाल्न सक्छौ म एउटा अदृश्य तस्बिर हुँ मलाई तिम्रो दिलमा न्यानोसँग सजाउन सक्छौ म एउटा यात्री हुँ मसँग जुनिजुनि सगै गन्तव्यको यात्रा गर्न सक्छौं म तिम्रो निम्ति बाटो हुँ डोर्याउन नछोड तिम्रो भाबी सन्ततीलाई, म तिम्रो पहिचान हुँ मलाई खुल्ला मन्चमा प्रदर्शनी गर्न सक्छौ म एउटा पुर्खाको इतिहास हुँ मलाई तिम्रो मनको किताबमा कोर्न सक्छौ म एउटा आकाशको तारा हुँ तिमी यो दुनियाँ सारा संसार हेर्न सक्छौ म उच्च सँगरमाथा हुँ मलाई तिम्रो शिर सम्झेर सिर्जना सक्छौ म तिम्रो भूमि हुँ तिमी म माथी पाइला राख्न सक्छौ, म एउटा तिम्रो बिश्वास हुँ तिमि आफुलाई अपहेलनाबाट बचाउन सक्छौ म एउटा सच्चा कलम हुँ म द्वारा तिम्रो पहिचानको महान-महान कुरा लेख्न सक्छौ म एउटा पद्धति हुँ मलाई निमयको बुदा-बुदामा समेट्ना सक्छौ म एउटा सहास हुँ मेरो पङ्तिमा रहेर हिम्मत गर्न सक्छौ प्रीति ४ रामेछाप, हाल मलेशिया |