महारानी हजुर ! कुन बेला कुन बेला म तपाईंको दरबारअगाडि बुटका टापको आवाज बजार्न आइपुगेछु कृपया निन्द्रामा भए नतर्सिनु होला दुइ सय बर्षसम्म यो गोर्खा बटालियनमा यत्ति सस्तोमा बेचिएँ छु कि हेक्कानै भएन, पत्तै लागेन आज हिसाब माग्न यो गोर्खे तपाईंको दरवार छेउ सम्म खुकुरी फालेर, हिक्मत भिरेर आएको छु । नोकरी नै ठूलो हो भन्ने सम्झेर बर्मा देखि फोकल्याण्डसम्म चाइना बोर्डरदेखि बोस्निया र प्यालेसदेखी अफगान सम्म कहाँसम्म पो पुगिनँ र ? मैले हङकङ पचास ड्रि्री घामलाई घाम भने कि बेलायती चेरापुञ्जी डाटमोरको हुरी बतास र कठ्यांग्रिदो ठिही झरीलाई मैले चिसो झरी पो सम्झेर भिजेको टेन्टमा कक्रिएर निदाएँ कि ! हैन आजको गोर्खालीको शान, मान र इज्जत कहाँनिर छ र ? अनि कहाँतिर छ गोर्खालीको इतिहास ? महारानी हजुर ! आजसम्म यो गोर्खे सिपाही किन एक कप चियाको मूल्य जसोरी बेचियो सस्तोमा जाबो एउटा लण्डनमा गोर्खेको मूर्ती रोप्दैमा के गोर्खेको इतिहास लेखिएको सम्झिनु पर्यो र ? मैले त सधै ग्रेट ब्रिटेनको सेवा गर्नु र तपाइकै देश बचाउन गोर्खालीको सस्तो तर चौडा छाती तेर्साएर फ्रन्ट लाइनमा गएर तातो गोली खानु पर्ने रे दुइ शताव्दीपछि आज के भयो यो सिपाहीलाई नालापानी र ग्यालीपोलीको लडार्ँइंभन्दा बढि यो गोर्खेको रगत आज किन तातीयो बेस्सरी ? तपाईंको देशको आप्रवासी - त्यो भारतीय - त्यो चिनियाँ - त्यो पाकिस्तानी - त्यो बङ्गाली र पूर्वी युरोपेलीहरुले कुन बेला हजुरको खातिर एक थोपा रगत चुहायो ? कुन दिन हजुरको दरवारमा पहरा दियो ? रेलको लिग बनाउने कामदारलाई यहाँ सरकार बनाइन्छ धिक्कार छ बफादार गोर्खे तिमीले यो राष्ट्रको नागरिक हुन दुइ शताब्दी पर्खिनु पर्यो । महारानीको क्यू आर ले के भन्छ कुन्नी ? बिकराल ती हरेक लडाईहरुमा नालापानी देखी अफगान सम्म पिस्तोलले लड्यो कि लडाईं बन्दुक ले लड्यो ? त्यो किल्ला र सिमानाहरु अफिसरको काँधको फुलीले मात्र थाम्यो कि सिपाहीको बन्दुकले थाम्यो ? महारानी हजुर ! बिगतका लडार्इंहरुमा यो सिपाहीको आँखा फुट्यो अब तपाईंको देशमा पसेको दुश्मन देख्न नसकुँला मेरो खुट्टा तालेबानको बमले लुछेर बालुवा जस्तै बनायो तपाईंका दरवारमा गार्ड बस्न र हजुरको अर्ली गर्न नसकुँला लडाईंमा तपाईलाई स्यालुट ठोक्ने दाहिने हातैमा गोली लाग्यो अब पाँच ��"लीको हत्केलाले सलोट टक्याउन नसकुँला ? आँखाहरु बमका छिर्काहरुले उडाईंलाँदा हजुरको प्यालेस अगाडि अब 'गोर्खे हृयाट' लगाएर बडेमाको कुनै परेड खेल्न पनि नसकुँला महारानी हजुर ! हामी बिमारी भएको छैनौं हामीलाईं मन दुखेको दबाई हैन, पक्का पक्कामा समान हकको पुनरावलोकन हुनु पर्योको माग हो अवोत 'इयु' पनि छोड्नु भो ! अदालतमा दाखिल भएका हाम्रा माग सेलाएर जान नदिइयोस । फेरी पनि, खुकुरीभन्दा सस्तोमा यो गोर्खे किन बेचियो महारानीको देशमा ? कहाँ छ यहाँको मानव अधिकारवादी ? र कुन वोकिलका बाकसमा थुनिएको छ समानहकका धाराहरु ? आशाको आकाश हेरेर बाँच्नु मात्र सक्दैन अव यो गोर्खेले । (महारानी हजुरी ९० ��"जन्मदिनको शुभ कामना सहित !) (क्यू आर-कुइन्स रेगुलेसन) |