Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 17, 2016 | Author : सरण राई
Category : Story / कथा | Views : 958 | Rating :

  
सरण राई

      

लघु कथा

“....सम्पूर्ण दुःखको मुहान आँखा हो । यसलाई चिम्म पारेर केही बेर मोक्ष अनुभव गर्नुभन्दा आँखालाई फुटाई नै दियो भने सधैंका लागि मोक्ष प्राप्त हुन्छ । हो कि होईन ?”

नेता आफ्ना पिछलग्गु कार्यकर्ता र जनताहरुलाई सोध्छन् ।

हो ,हो । भिजिलान्तेहरू कराउछन् ।

हो ,हो । एकोहोरिएका पिछलग्गु कार्यकर्ता र जनताहरू पनि कराउछन् ।

हो, आँखाले देखेर त लोभ लालच पलाउँछ । प्राप्तिको इच्छा जाग्छ र प्राप्त गर्न नसक्ता दुःख जन्मन्छ । आँखै नभएपछि दुःख स्वतः समाप्त हुन्छ भन्ने सोचेर पिछलग्गु कार्यकर्ता र जनताहरू आफ्ना आँखा फुटाउन राजी हुन्छन् ।

उनीहरूका आँखा निर्दयतापूर्वक फुटाइन्छ । आँखा गुमिसकेपछि पो आँखाको महत्व उनीहरूलाई थाहा हुन्छ । आँखा त राम्रो-नराम्रो , सुख-दुःख, शोषण, अन्याय, प्रेम, घृणा, सत्य-असत्य, विविध रङग, रमाइलो संसार आदि छुट्याउने चेतना पो रहेछ ।

फुटाइसकेको आँखा फेरि बन्न सक्तैन । म तिमीहरूलाई मानिसहरूको भीड हुने ठाँउहरू दोबाटो, बसपार्क, हटियामेला, रेल्वेस्टेसन आदी स्थानहरूमा पुर्याउछु । भीख माग्नु । भीखबाट उठेको सबै रकम मेरो हुनेछ । भीख मागेर कमाइन्जेल म तिमीहरूलाई दया गरेर आधि पेट खान दिइरहनेछु ।

नेता अट्टहाँस गर्छ । नेताको लहैलहैमा लागेर अन्धा भइसकेका पिछलग्गु कार्यकर्ता र जनताहरू नेताका नीजि सम्पत्ति भइसकेका हुन्छन् । र, विवश उनीहरू पूर्णतया नेतामाथि आस्रित हुन्छन् ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Story / कथा category

बाटुलीको बैँश
अन्धा जनता
'क्याफे वान'
लाहुरे विरासत
लाहुरे विरासत
अभियान
सल्लाह
विकास
छायाँसँग एकरात
कोठा खोज्नुको पीडा र छाँया
सिपाहीको सपना
आइमाई
खीर
पापी समय र निष्ठूरी मायालु
वास्तविकता
बाजेको कथा
छरपस्ट तन्नेरीहरू
मृग तृष्णा

    Links
Column / स्तम्भ

    Random Pick
अस्तित्वको खोजी, तेसप्रतिको चिन्ता, तेसको निरन्तरता अर्थात जगेर्ना आज व्यक्ति-व्यक्ति, समाज र समूह अथवा मान्छेमा मात्र सिमित रहेन । निजत्व वा पहिचानको विषय घनिभूत बन्दैछ जताततै, त्यो मान्छेदेखि वनस्पतिमा पनि सरिसक्यो । जस्तो यार्सागुम्बाको प्याटेन्ट राइटको विषयलाई लिऔं । हाम्रो आफ्नो घुरेनमा बहुमूल्य यार्सागुम्बा उम्रिन्छ, हुर्किन्छ र हलहलाउँछ । तर 'म नेपाली माटोको रैथाने उत्पादन हूँ', भनेर दावी गर्ने अधिकार ऊसँग नहुन पनि सक्छ प्याटेन्ट राइटको अभावमा । ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
789179
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com