मेरो रातो रगत
मानिसको पबित्र रातो रगत
निलो पसिनाको बँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अन्ज'लीमा आलि लगाएर थाप्दछौ
जब म त्यो श्रमको स'वाशय'क्त पसिना सुंघ्न खोज्छ'
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ
आँखा जुधाउने आँट गर पूजारी
म बिसौं सताब्दिको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुगोरो अफ्रिका हुँ !
म न्याय चाहन्छ'
म मुक्ति चाहन्छ' !
तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउछ
ओदान माथिको कराहीमा मेरो पसिनाको गन्ध आउछ
आँखा जधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङरोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्तका पानालाई च्यात्ने या
जलाउने साहस गर
म तिम्रो मन्दिरको देउता बनाउने कामी हुँ
यो गोल भूगोलमो गहुगोरो अफ्रिका हुँ !
तिम्रो बस्तिको सफा भुईलाई सुँघ
बस्तिको हर चोक्टामा मेरो रगतको गन्ध आउछ
आँखा जुधाउने आँट गर सफा मान्छे !
कि मेरो रक्त नलिमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर
म तिम्रो बस्तिको फोहोर सोर्ने च्यामे हुँ !
यो गोल भूगोलको गहुँगोरो अफ्रिका हुँ !
तिम्रो मनका मनोरन्जित ग्रन्थीलाई च्यात
त्यहाँ मेरो संगीतका मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे
कि मलाई जनवारसँग बाध र घास खुवाउने आँट गर
कि तिमी आफूलाई जनवार भन्दा फरम पार्ने साहस गर
म सारंगी रेट्ने, मादल ठोक्ने, गाईने हुँ, वादी हुँ !
यो गोल भूगोलको गहुँगोरो अफ्रिका हुँ !
माटोमा धसिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे !
कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म तिम्रो गोरूसँगै माटोमा पौडिने मुसहर हली हुँ
यो गोल भूगोलको गहुँगोरो अफ्रिका हुँ !
तिम्रो पाईतालाको जुत्ता देखि शिरको टोपीसम्म
तिम्रो दृष्टीको दुर क्षितिज देखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन ? म सर्बत्र छु !
मलाई तिमी कसरी (अछूत) बनाउन सक्छौ (छुत) मान्छे ?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पूजारी !
म बिसौं सताब्दिको (अछूत) हुँ !
यो गोल भूगोलको गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु ! |