तिमी जुन ताराको कुरा गर्छौ तिमी
चाँदनी रातको पुरा तुन्छौ
हर दिन हर रात साथ हुन्छौ
मिठा मिठा सपनाका कुरा गर्छौ
तर म आफैंलाई थाहा छैन
खोइ,
खोइ म कहाँ छु ?
खोइ म किन रमाउनु तिमी छौ भनेर
जहाँ तिमीभित्र म पाउँदिन
जहाँ तिमीभित्र म रतिन सक्दिन
जहाँ साथसाथै बसेर पनि
हाम्रो दुरि झन झन बढछ
किन मैले तिमीलाई मेरी आफ्नो भनेर स्वीकार गरुँ ?
१५ दिन मात्र १५ दिनमा
केवल गाउँ गाउँ भनिएको
जिल्ला जिल्लाको राय सुझावको श्रृंगार प्रसाधनले
खोइ कसरी मेरी बन्न सक्छौ र
बा बा मलाई त एकरत्ति पनि विश्वास छैन
यो हुँदै नहुने कुरा मेरो भित्री मनले नमानेको र नस्वीकारेको कुरा ।
त्यसैले प्रिय
तिमी तयार भएर बस्नु
तिम्रो र मेरो छोडपत्रको कागज लिएर आइपुग्छु
अब तिम्रो र मेरो बाटो अलग हुनै पर्छ
म त्यही दिनको पर्खाइमा छु ।
प्रिय तिमी तयार हुनु ।
तिसुप, काःत, चुप्लु (ओखलढुंगा) |