Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 16, 2014 | Author : रतनराज पुनमगर
Category : Poetry / कविता | Views : 984 | Unrated

  
रतनराज पुनमगर

हे दिदी बैनी दाजु र भाइ नठान्नु नभाको ।

लेख्दै छु मैले आफ्नो नै कुरा जे जति थाभाको॥

त्यो वेला मेरो उमेर थियो चार पाँच वर्षको ।

बहिनी मेरी वर्षकी थिईन् मनमा हर्षथ्यो ॥१॥


बन्दूकेहरू आएर मेरो घरमा पसे नि ।

बन्दूक ताक्दै आमाको छेऊमा गएर बसेनी ॥

बहिनी डाँको छोडेर रोई सकिन रून म ।

डोकाको छेल परेर लुके घरको कुनामा ॥२॥


जोडेर हात जीवनको भिख आमाले माग्नु भो ।

छोडेनन् पापीहरूले अनि छोडेर भाग्नु भो ॥

बन्दूकेहरू लखेट्दै गए बुबाले देख्नु भो ।

नगर बाबु हो यस्तो पाप भनेर छेक्नु भो॥३॥


प्रतिकार गर्दै आमाको इज्जत बचाउन बढ्नु भो ।

अदम्य साहस् बटुलीकन धेरैबेर लड्नु भो ॥

दैवले साथ नदिने रैुछ गरिबको दुस्खमा ।

बन्दूकका कुन्दा बूटका वर्षा बुबाको मुखमा ॥४॥


शरिर भरि निलडाम थिए कति त छल्नु भो ।

छातीमा गोली दागिए पछि डङ्ग्रङ्गै ढल्नु भो ॥

बन्दूकेहरू झम्टिए मेरी आमाको छातीमा ।

म जान पनि सकिन त्यहाँ डराए रातीमा ॥५॥


आमा र बा को उठ्यो नि चोला म भएँ टुहुरो ।

काखमा सानी बहिनी थिई आशाको आँकुरो ॥

माटो नै रातो भएर भिज्यो दुईको रगतले ।

देखेर पनि चिम्लियो आँखा यो सारा जगतले ॥६॥


आमा हो १ भन्दै म पनि रोएँ बहिनी रूँदैछ ।

टुहुरो मेरो संसार सारा अँध्यारो हुँदै छ॥

आमा र बुबा सम्झन्छु अनि यो मुटु जल्दछ ।

के पाप धेरै गरेमा यस्तो दैवले छल्दछ  ॥७॥


 ति सानी मेरी बहिनी नानी लिएर काझाऊँ ?

छैन नि दूध ऊ खाना खान्न मैले के खुवाऊँ ?

लगाईस् किन हे दैव मेरो भाग्यमा तगारो रु

लगेर तारे भीरमा तल मलाई खँगार्यो ॥८॥


आमाको नाम हो हरिदेवी बाबाको हस्तराज ।

दुबैको छैन छहारी आज म गरौं कस्तो काज ?

आँखामा बस्छ आँसुका दाना इखको फलझै ।

सुक्दैन आँसु रसाई रन्छ हिमाली जल झै ॥९॥


 बहिनी सानी पुतली नानी उसैलाई हेरेर ।

बाँचेको थिएँ दिन र रात यो स्वास फेरेर ॥

सारङ्गी जस्तै खोक्रा थे पेट चिम्टा झै हाडथिए ।

उनैको उज्वल भविश्य निम्ति मैले घर छाड्दिएँ॥१०॥


आशाकी चरी छन् कठै बरी गाउँमा दुखीया ।

तिनैका खातिर आएको थिएँ म त मलेशीया ॥

खबर आयो पुतली पनि मरेकी भनेर 

के गरौं ? अब यो संसारमा म जिउँदो बनेर ॥११॥


 नाम छ मेरो रतनराज काम त रूने हो 

कहिलेसम्म आँसुले मैले यि आँखा धुने हो ?

आमा र बाबा बहिनी मेरी हितकी परानी 

सबैले छोडे म पनि चाँडै हुन पाऊँ खरानी ॥12॥




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हासिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
821479
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com