Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 16, 2014 | Author : दीपा राई पुन
Category : Poetry / कविता | Views : 693 | Unrated

  
दीपा राई पुन

      

तिमी छहरा टेकेर आयौ

म पहरा नाघेर आए

जीवन यात्रामा

कयौ जूनी काटेर

साँघुरी भन्ज्याड्गनेर

हामी भेटियौ,

 

जीवनलाई उकालै लखेटे

होस सम्हालेबाट

कर्तब्यले धकेल्यो पछाडिबाट

बिहान हुन नपाई उज्यालोले

गल्छेडाहरू हुँदै दु:खले

लखेटिरहयो बतास झै आफ्नै श्वासले

म यहाँ आई पुग्नु

तिमीलाई भेटनु रहेछ,

 

थन्काए सबै पीडाका भारीहरू

पोखें बर्षादको भेल जस्तो आँसु पनि

सुटुक्क निस्के ब्याख्याहरूबाट

निस्के आफ्नै पछुतो अतितबाट

तिमीलाई हेरेर पहाड़ जस्तो

सुसेल्दै जीवनका कष्टपूर्ण लयहरू

गाउँदैथ्यौ मलाई संझेर

तिमी थियौ नसा नसामा

हिडे त अप्ठ्यारा उकालाहरू,

 

यहाँ सम्मको यात्रामा

हामी साथै थियौं

आदिम कालबाट

-आफ्नै उत्तरदायित्वको

पसिनाले रूझेर

तिमी हिवानागी

म तावानागी

अजर बाँचेको छौं मायाले,

 

घामको पहिलो झुल्काले

चुम्छ हामीलाई

जूनको शितलताले

छुन्छ हामीलाई

हिउँले लपक्कै छोपिएर

मुटु सम्मै ठिहिर्याउछ कहिले

समुन्द्र झै निलो आँखाले हेर्दा हेर्दै

सारा यौवन धुन्छ

जीवनकै उज्यालोले,

 

निस्शब्द, मौनता सलबलाएको छ

अन्तरा-अन्तरा यी मुटु पर्वत

जीवन थोत्रो भइसक्दा पनि

हरियै छन् स्पन्दनका रागहरू

बादल, बतास र बर्षाले

तिम्रो ढुकढुकी बोकेर ल्याउँछ

मलाई प्राण भरेर भन्छ

युगान्तर बाँचौ पहाड बनेर ।

 

बोस्टन अमेरिका

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
प्रज्ञा भवनको सानो हलमा उक्लिएँ । मैले वाचन गर्ने कविता किरात राई लेखक सङ्घको अध्यक्ष राजन मुकारुङलाई थम्याएँ । वाचन गर्न नपाओस् भनी नेपाली रुपान्तर चाहिँ उनले छुट्टै राखे । शुद्ध बुङ्लावा भाषामा मात्र वाचन गर्नु पर्ने (नेपालीमा अर्थ खुलाउन नपाइने) आचारसंहिता उनले जारी गरे । नेपाली रुपान्तर मैले फिर्ता माग्दा छाप्नुलाई जरुरी भएको उनले ठानी फिर्ता दिनु इन्कारे......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
686214
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com