Advertisement |
|
|
|
Published : December 11, 2008 |
Author : प्रकाश रोदुङ
Category : Poetry / कविता | Views
: 1110 | Rating :     
|
|
|
शहरमा हल्ला छ अफिमयुद्द बाट जन्मिएको यो कंक्रिटको सहरमा हङग्रायोको भन्दा ठूलो शहरमा हल्ला छ कहिले बाबु-छोरी,कहिले सासु-ज्वाईको ईलु-इलु शहरमा हल्ला छ नेपाली दाम्पतिले बिदेशी बच्चा उपहार पाएको शहरमा हल्ला छ जन्मजयन्तिमा खेलाईने फुटबल कप,अन्तेष्टिमा पनि नखेलाईएको शहरमा हल्ला छ राफल चिठ्ठाको नगत नारायण ज्वाम पारेको शहरमा हल्ला छ अन्तराष्ट्रिय साहित्यिक अध्यक्षको फुईया दिदै सदस्य पनि नबोलाईएको शहरमा हल्ला छ अराजक कविहरु कविता खोज्दै सडक सडक भौतारिएको शहरमा हल्ला छ धनहुनेहरुको लागि मान्छे किन बेच सामान्य भएको शहरमा हल्ला छ अरूण सुस्ताउदा दु:खेको घाउ,मंकिहिल र ताईमोशानको बिबिक्युले मलम लागेको शहरमा हल्ला छ नेपालीहरुको नाम बेचि श्रीमती,छोराछोरीहरु मेनेजर,सञ्चालक बनाएको शहरमा हल्ला छ पत्रकारहरु मुलबाटोमै कुटाई खादा पनि हिड्दा ठेस लागेको भन्ने शहरमा हल्ला छ पूर्ण साहित्यिकको हुईया दिने वेभहरु मुखपत्र भई सेल्टरमा टुङ्गिएको शहरमा हल्ला छ दरबारका घोडाले बिसे नगर्चि जति सम्मान पाएन भन्ने शहरमा हल्ला छ पूर्बेली बाटाहरुको घर पैरो जाने पश्चिमेली दादाहरु कुटाई खाने शहरमा हल्ला छ एक पत्रिकाले सेल्फ लेन्डिङ पाई सक्यो,अर्कोले पनि पाउदै छ भन्ने शहरमा हल्ला छ यो हल्लै हल्लाको शहरमा तपाई छुट्नु भयो भने माफ गर्नुहोला |
|
|
Visitor's Comments ! |
|
|
|
Random Pick |
यही ५ अपि्रल तारीखको दिन । हरेक बिहानीमा मलाई सँधै बिहानीको जनाउ दिने मोबाइल फोन पनि मसँगै मस्त निद्रामा थियो । अर्थात अघिल्लो बेलुकी नै त्यसलाई अफ गरिदिएको थिएँ । मानौ हाम्रो सम्झौता हो यो । बिहानीपख आँखा खोल्दा घडीको छोटो सुईले आठको अंकलाई स्पर्श गर्न दौडिरहेको देखेँ । सोचेँ तर आजको दैनिकीमा असारको पन्ध्र पाइना अर्थात कार्यक्रमको धपेडी थिएन । आइतबारको दिन सधैँ झैँ जागिरसँग पैठेजोरी खेल्नु नपर्ने भएकोले ज्यानले आनन्दको अनुभूति गर्ने गर्छ...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
823059
|
Total Categories |
15
|
More
Links |
|
|