दिमागभित्र,
स्वेत चेतानाको हिउँ थुप्रिएर
स्पष्ट चोमोलोङ्गमा उभिएको छ
त्यही चुचुरोबाट,
स्वर्णीम किरण छर्दै
मेरो पूर्वीय घाम
मेरो यलम्बर आँखाभित्र पसेको छ।
अब मैले-
म देख्न सक्छु
त्यो मभित्र-
सदियौंदेखि डढेलो लगाइएका
मेरो पूर्खाको उजाड कपाल देख्न सक्छु
त्यसैमाथि,
सुम्निमाको अद्धितीय आँशुले सिंचित भएर
पारुहाङको निस्तेज बल र विवेकले खनिएर,जोतिएर
फेरि उम्रिएको
मेरो सिंगो प्रकृति
र,मेरो देश नेपालम देख्न सक्छु।
योबेला म-
मेरो कर्तव्यबोधले
यहाँको एमटिआर जत्तिकै
फिलिली कुदन सक्छु
ओसियन पार्क जस्तै
डिज्नील्याण्ड जस्तै
अचम्मको साक्षात बिकास हुन सक्छु।
एकैछिन,
रोकिन्न म
कुनै अँध्यारोमा
स्टारफेरिको सिम्फोनी प्रकाश जस्तै
विकासका निम्ति हरक्षण
कमिलासरि दौडी रहेका
यहाँका श्रमजीवी मान्छेहरु जस्तै
यस्तो सम्झनोस्-
मभित्र मेरो बुद्धत्व जन्मेको छ,
मभित्र मेरो लुम्बिनी पसेको छ,
म गतिवान भएको छु,
अब अझै राम्रो हुन्छ। |