हे ! उज्वल सर्वशक्तिमान तिमी जसरी पनि आउ मुइँली, मोङ, माङ जुनसुकै रुपमा पनि तिमी आउ चाहे ताराहोपो इँगि बनेर चाहे रुमाहाङ वा पारुहाङ बनेर चाहे तागेरानिङ्वाफुमाङ बनेर तर तिमी आउ,
यहाँ लिसुम्बुली/लिब्ला धारी सुसुबैन लालाङबैन जन्माउने थुप्रै मुजिङ्ना खियङ्नाहरुको खाँचोछ झर्रा हङ्छाहरु बैराउने थुप्रै नायुमा सुम्निमाको खाँचोछ खाँटि सुयुकिकि सुयुपिपि पैदागर्ने थुप्रै युमायुल्सहरुको खाँचोछ हामी बुलाचोःचा अनुष्ठान गर्न तैयार छौं,
ए ! फेदङ्मा, सम्बा, येमा येबाहरु "सेन्दाङ् साक्खिरो, लाःलुङ् साक्खिरो मिवा साक्खिरो, नामलुङ् साक्खिरो"।..भन्दै हाम्रो माटोको सेहे हटाउन जुटौं आपसमा नफुटौं,
ए ! माङहाङ्बा-हाङ्माहरु आत्मबल र मनोबल उठाउन साया पोक्मा अनुष्ठान सुरु गरौं,
ए ! नोक्सो/नाक्छोङ/नोबो/र होमेहरु हाम्रा तायामा खियामाहरुको अस्मिता लुटन थुप्रैभयो चक्रधिक्माहरुले हेत्छाकुप्पालाई खेदेको होसियार ! लोपोन्मुख बन्दैछन हाम्रा सारिलुङ, सप्तलुङ, रुमिलुङहरु यसैले थालौं सिलि, साकेला, सान्केवा, तोषि, बाश पुजाको,
ए ! पोइँब, ग्याँमि र नाःसोहरु थाल मुक्दुम उठाउ शारा भट्टाउ पिदार जगाउ मेग्यो फलाक सलाक सेन्मादुन्माहरुले याब्रेगुब्रे लखेटि नै सके संगालौं र सम्हालौं हाम्रा भत्केका लगापर्गिहरु,
हाम्रा उभौली रेखाहरले चोमोलुङ्माको थाप्लो टेक्नुपर्छ हाम्रो उधौली रेखाले दमार अउलको पैतला देख्नुपर्छ,
सलाक फलाक्दै मुक्दुमका साम्लो गुन्गुनाउदै मुन्धुमका स्वलङ गाउदै मुग्दुमका स्वाम्दि, रिसिया, रिदुमहरु बाच्दै रेसाहरुलाई रेखामा बदलौं रेखहरुलाई पोयामा गाँथौं पोयाहरुको लठारो बाटौं र... माटोको नाउमा भनौं खाम्बेक, आसेवारो च्याङ्खामा, सेवा खरिङ , सेवलगवल सेऊ सेऊ, सेवा, सेवारो सेउ, सेवा, सेवारो ।
इँगि-कोइँच (सुनुवार) मुक्दुममा उल्लेखित सृटिकर्ता रुमाहाङ/पारुहाङ-राई(खम्बु) मुक्दुममा उल्लेखित सृटिकर्ता तागेरानिङवाफुमाङ-याक्थुङ(लिम्बु) मुक्दुममा उल्लेखित सृटिकर्ता लिसुम्बुली/लिब्ला-धनुबान बुलाचोःचा-कोइँच मुक्दुममा उल्लेखित कोखपुजा माथी उल्लेखित मुन्धुम साम्लोको अर्थ- चन्द्रमा साक्षि छौ सूर्य साक्षि छौ है हे आमाभन्दा पनि ठूली मातरी थानमा बसिदेउ अक्वनामा खाजोःक ५,लाहादङ्ना सुहाम्फेबा १७२ साया पोक्मा-याक्खा मुन्थुम अनुसार शिर उठाउने अनुष्ठान सारीलुङ/सप्तुलुङ/रुमिलुङ-राई समुदायको चुलढङ्गा सेन्मादुन्मा-खराब आत्मा पिसाचहरु कोइँच याब्रे गुब्रे-कोइँच पितृ/पुर्खा लगापर्गि-कोइँचहरुको घरमा रहेको पित्रीस्थान
(रेखा कविता) |