Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : June 24, 2014 | Author : सरण राई
Category : Essay / निबन्ध | Views : 702 | Rating :

  
सरण राई

'कस्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?'

ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ? मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, चेहरा विकृत होस् ��" चिन्तैचिन्ताले । तब मान्छे हुन्छ । चिन्ता नहुने, चिन्ता नगर्ने मानिस कदापि मानिस हुन सक्तैन ।

चिन्ता गर्नका लागि विषय नै छैन । चिन्ता गर्नु पनि विषय चाहिन्छ र ? विषय यत्रतत्र छरिएका छन् । चिन्ताको विषय पाउनुभएन भने त्यसैको चिन्ता गर्नोस् । जाबो चिन्ताको विषय पनि नपाउने यो आधुनिक युगमा ? चिन्ताको कुरा भएन ? साथीभाइहरूबारे चिन्ता गर्नोस् ।

कस्ता फटाहा, क्रोधी, नीच र पाखण्डी साथीहरू रैछन्, सधैं धोका मात्र दिने । मुखले मीठो कुरा गर्ने, कपट मनभरि बोकिरहेका बोक्रे साथीभाइहरू, खानपिनमा बोलाउने होइनन्, मातिन्जेल, छादुन्जेल रक्सी खुवाउने होइनन् । कस्ता निरर्थक साथीहरू ! चिन्ता गर्ने कुरा भएन ?

बिहे भइसकेको भए स्वास्नीबारे चिन्ता गर्नुहोस् । कस्ती रहिछ,, यसो राम्राराम्रा लक्काजवानहरूप्रति आकर्षित भएर लहसिनु पर्ने, लहसिन्न भने पक्का केही यौनजन्य खराबी छ नपुंसकताको लक्षण हो कि ? एकै पुरुषसँग तृप्त हुने आइमाईमा पक्कै केही शारीरिक खराबी छन् । लोग्नेको बारेमा पनि स्वास्नीले त्यसरी नै चिन्ता गर्न सक्छिन् । कस्तो

लोग्नेमान्छे भएर पनि अरु आइमाईसँग नलागेको ? चिन्ता गर्न थाल्नुहोस् । यदि विवाह भएको छैन भने बिहे नभएकोमा केटा वा केटीहरूले तपाईँलाई नहेरेकोमा चिन्ता गर्नुहोस् । चिन्ता गर्नु भएन भने आजीवन कुमार वा कुमारी रहनु होला । चिन्ता गर्न थाल्नुहोस् ।

अझै तपाईँ चिन्तित हुनुहुन्न भने आफ्नो जीवनसुरक्षाबारे चिन्ता गर्न थाल्नुहोस् । बन्द, तोडफोड, आगजनी, हिंसाहत्याको क्रमबद्ध सिलसिलामा तपाईँ कुनै बेला कुनै स्थानमा पनि मारिन सक्नुहुन्छ । मारिनुभयो भने कुकुरको जति सम्मान प्राप्त हुनेछ । मारिनु भयो भने त सब समाप्त भइहाल्यो । दस लाख उम्कियो, नमारिएकोमा चिन्ता गर्नुहोस् । मानिस प्रत्येक दिन निरन्तर मारिएको छ । दोहारो भीडन्त, बन्द, हडतालमा गोली हानाहान भएर पहिरोले

पुरिएर, बाढिले बगाएर, डाँकाले गोली हानेर दुर्घटना भएर आदिआदि कारणहरूले मानिस मरिरहेका वा मारिएका छन् । जन्मेपछि मर्नुपर्छ नै, जसरी भएपनि आखिर मर्ने चोला नै हो, मर्ने र मारिनेहरूका लागि केको चिन्ता ? जब मुलुकको सरकार यी यस्ता अस्वाभाविक मृत्युहरूबारे चिन्तित छैन��" तपाईँ हामीले चिन्ता गर्नुपर्ने कुनै तुक छैन । बरु यस्तो अराजक वातावरणमा पनि बाँचिरहेकोमा चिन्ता गर्न थालौँ ।

अन्न उब्जनी भएन, चिन्ता नगरौँ । विदेशबाट सडेको अन्न आउनेछ । कारखाना, उद्योग, बन्दव्यापार बन्द छ। बन्द भएर के भयो ? चाउरी नै चाउरी परेको चेहरा भएको प्रधानमन्त्री, मन्त्रीहरूका चेहरामा अटाइनअटाइ मासु लागेर पाक्कपुक्क, रातोपिरो, खाइलाग्दो चेहरा भएका छन् । उनीहरूको चेहरामा देखा परेको सन्तोषको रेखाले उनीहरूको हात राष्ट्रको ढुकुटीमा पुगेको प्रष्ट हुन्छ । आर्थिक, राजनैतिक सुरक्षा सरकारमा पुगेकाहरूले प्राप्त गरेकै छन् । मधेस जलोस् वा पहाड, मुलुक नै जलेर स्वाहा भएपनि तथाकथित राजनेताहरूलाई चिन्ता लाग्दैन । उनीहरूको भागमा नपरेको चिन्ता सर्वसाधारणको भागमा परेको छ । तपाईँ त मन्त्री हुनुभएको छैन, मन्त्रीजस्तो निस्फिक्री बस्न सर्वसाधारणलाई सुहाउँदैन, तसर्थ खब चिन्ता गर्नुहोस् ।

अझै चिन्ताका विषयहरू प्रशस्त पाइएनन् भन्ने लाग्छ भने आफ्ना जन्मेका वा नजन्मेका छोराछोरीहरूबारे चिन्ता गर्नुहोस् । किन जन्मिएनन् छोराछोरीहरू ? एक चिन्ता । जन्मिसकेपछि दस चिन्ता । छोराछोरीहरू राम्ररी पढिरहेछन् । चारैतिर सहज ढङ्गले प्राप्त दुव्र्यसनका वस्तुहरू हुँदा पनि दुव्र्यसनमा छोराछोरीहरू नलाग्नु चिन्ताको विषय होइन र ? छोराछोरीहरूले बेवारिसे बम खेलाउन नपाउनु अर्को चिन्ताको विषय । स्कूलै रित्तो हुनेगरी जनसेनामा भर्ति हुन नपाउनु, स्कुलै बन्द गरेर सेनाको ब्यारेक स्कुलमा नबस्नु, शान्ति बहाली होला कि भन्ने डर भइरहनुजस्ता कुराहरू चिन्ताको प्रचुर विषय भएनन् ? संबिधान कस्तो बन्ला ? संबिधानसभाको चुनाव हुने हो कि ? जनता सार्वभौम बन्ने हुन् कि ? राजनीतिमा सर्वसाधारणको संलग्नता हुने हो कि ? अनिश्चित जोखिमले भरिपूर्ण जिन्दगीको के भरोसा ? थालेको कामहरू पूरा हुने हो��"होइन । हिँड्दाहिँड्दै एम्बुसमा परेर मारिनेहरू नहुने हुन् कि ? आफ्नो भाइ, भतिजा, छोरीज्वाईँलाई टिकट दिन नपाइने हो कि ? लोकतन्त्र त प्रतिगामी पुनरुत्थानवादीहरूलाई चाहिएको छ, आन्दोलनकारीहरूले पनि लोकतन्त्रको उपभोग गर्ने हुन् कि ! लोकतन्त्रमा फर्जि मत दिन नपाइने हो कि ? छिमेकि देश भारतमा जस्तै पैसा, गुन्डा र धनी मानीहरूको लोकतन्त्र ल्याउन नपाइने हो कि ? शस्त्रधारीहरूले दिउँसै सर्वसाधारणको हत्या, अपहरण, लुटपाट गर्न नसक्ने वातावरण पो बन्ने हो कि ? मानवअधिकार बहाल हुने हो कि ? आदी अनेकौ चिन्ताको विषय होलान् । तर सर्वसाधारणको चिन्ताको विषय चाहीँ पुराना बगम्फुसे पाखण्डी नेताहरू जो समाजलाई बदल्न चाहदैनन्, तिनीहरूको अन्त भएको दिन देख्न पाइने हो कि होइन भन्ने हो ।

अब त तपाईँ पनि खुब चिन्ता गर्न थाल्नुहोस् । चिन्ताले तपाईँलाई सब प्रकारको सांसारिक दुःख, झमेला, शोकसुर्ताबाट मुक्त गर्दछ । चिन्ताले चितासम्म पु¥याउछउखान मुताविक खुब चिन्ता गर्नुहोस् । राम्रा कामहरूका लागि होइन, असम्भव काल्पनिक दुःखका बारेमा खुब चिन्ता गर्नुहोस् । आकाश खस्न आँट्यो, खुत्रुक्कै भइने हो कि ? दुर्घटनाको सिकार भइने हो कि ? आफूले विश्वास गरेक आफ्नाहरूले नै विश्वासघात गरेर दस बल्ड्याङ खुवाउने हुन् कि ? कसैलाई विश्वास नगर्नुहोस् । विश्वास गर्न सकिने इमानदार मान्छे आजभोलि कहाँ पाउन सकिन्छ र ? धोका, विश्वासघात हुने सम्भावना छ तसर्थ यस सम्बन्धमा पनि खुब चिन्ता गर्नुहोस् । साथै सतर्क रहनुहोस् । अरुले धोका दिनुभन्दा अगाडि नै चिन्तित भइरहनुहोस् । चिन्ता गर्नुहोस् र चितासम्म पुगेपछि सब दुःख निवारण हुनेछ । तसर्थ चिन्ता गर्नुहोस्, खुब चिन्ता गर्नुहोस् ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Essay / निबन्ध category

चिन्ता गर्नुपर्छ
मृत्यु फरवार्ड
भोग
चाल्दै-चाल्दै जीवन धूलो !
भुँवरीमा भिखम
पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू
रातो राम्रो गुलियो मीठो
बाटो म्याद !
आँसु चुहेको कार्यक्रम
झिम्केको झोला
गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र
नियात्रा इराकका रातहरू

    Links
Column / स्तम्भ

    Random Pick
सुन्नु भएछ;
तर धेरै अवेर भइसक्यो
फूल फुल्ने आँगनमा
वेतिथिको कटहर फल्न थाले पछि
गोहिको आँखामा पनि आँशु रसाउन थालिसकेछ
यसवेला यहालाई के भनौ ?

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
642588
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com