गरिबको झुपडीमा हेर, चुहिएको छानो हुन्छ
बिहान बेल्का छाक टार्न, चामल एक मानो हुन्छ
छ सुखमा हातेमालो, आँखा अघि भ्रम होइन
तर जब दुःख आउँछ, आफ्नो नै विरानो हुन्छ
बन्छ त्यही ईश्वर निर्दयी, पुजीन्छ पिर व्यथा हटोस्
घरी घरी बल्झन्छ घाऊ,न त आँखा ��"भानो हुन्छ
एकातिर टाल्दा पिडा, अर्कोतिर सुरु हुन्छ फाट्न
खुकुरीको चोट सहने, जस्तै पिडीत अचानो हुन्छ
अन्यायीलाई सजायँ छैन, घुसमा मिनाहा बरु
पिडीत पिडा मै छ, काम छिनोफानो हुन्छ ।
गोरखा |