Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 01, 2014 | Author : बादल
Category : Poetry / कविता | Views : 907 | Rating :

  
बादल

यो देश बेच्नेहरूले गर्दा

यो देशको मान्छे भन्नुमा

आज मलाई कता कता दुखिरहेको छ

नेपाली हुँ भन्नुमा

आज मलाई कता कता लाज लागिरहेको छ

यो देशमा

भतभती उल्मिएर

पोखिएको पानीझैँ

हजारौँ मेरो अनुमानले पुस्ता देखि

तात्ततातो आँशुका थोपाहरुलाई

यो देश बेच्नेहरुले

जोखी जोखी बेच्दैछन् यहाँ

यहाँको हरेक मार्केट बजारमा

1KG 2KG 3kG क्रमश....

हरेक केजीको मूल्यलाई

घरी सस्तो घरी महंनगो

किन्ने र बेच्ने दाउमा

यमराज हाँसेझैँ हाँसेर

यो देश बेच्नेहरुले

घरी आमाको सतीत्व लुट्छन

घरी आफ्नै

दिदीबहिनीलाई

बोक्सी बनाउँछन्

घरी आफ्नै भाईहरुको हत्या गर्छन्

घरी......उफ् नभनौ अब

पिरोलिन्छ मन

छियाछिया हुन्छ मन

किनकि यो विवरण

यो भोलि ईतिहासको पाना

महिनाको १लाख २लाख खाने कुनै एकाउन्टेसले

गर्छु त भन्छ तर मन उठ्ने छैन

गर्छु त भन्छ तर मन उठ्ने छैन

हो तपाईंलाई थाहा छ

यो देश बेच्नेहरुले

मदनलाई दासढुनंगामा चढाएका हुन्

बिरेन्द्रलाई दरबारमा गोली ठोकेका हुन्

रत्न जस्तै सपूतहरुलाई

खोजी खोजी मारेका हुन्

होईन भने होईन होईन

तर यो देश बेचेर खाएकै हुन्

यति हुदाँ हुदैं पनि

हिजो भर्खरै आमाको घर भत्काएरै छाडे

हिजो भर्खरै अनिस दाईहरुको आँशु बेचेरै छाडे

हिजो भर्खरै दशगजाहरु ढालेरै छाडे

अब त के गरौँ

आमाले चाहेर पनि, बाबाले चाहेर पनि

अब त आफ्नो सात भाईहरुलाई मिलाउँन सक्दैनन्

त्यसैले त ऊ हाम्री आमा हेरिरहन्छे

एकोहोरो आँशुको खोलो बगाएर

जेष्ठा माईला साईला काँईला अन्तरे जन्तरे कान्छाहरुको

एउटा वार हेरिरहन्छे

विवश रुपले हेरिरहन्छे

यसैले ए भाई ए दाई ए दिदी ए

बहिनी

म कति पिरोलिएको छु

मेरो मन कति रोएको छ

किनकि यो देश बेच्नेहरुले गर्दा

किनकि यो देश किन्नेहरुले गर्दा

आँफूलाई नेपाली भन्नुमा

आज कता कता बिरानो लागिरहेको छ |

 

पौवासारताप-७,पाँचथर,नेपाल (हाल काठमाण्डौ)

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
हाँस्ने कसरी म तिमी बिना ?
बाँच्ने कसरी म तिमी बिना ?
नीरस रंगमञ्चमा एक्लै
नाँच्ने कसरी म तिमी बिना ?
अधूरा अनन्त रहरहरु
साँच्ने कसरी म तिमी बिना ?

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
597208
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com