Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 26, 2014 | Author : मोती चाम्लिङ
Category : Poetry / कविता | Views : 730 | Unrated

  
मोती चाम्लिङ

हामी चार वासाहरुको भूमिका एउटै, ओहदा उस्तै,

आफू वनेका कारखाना एउटै, पदार्थ उस्तै

पहिले पहिले हामी कागजले वनाइन्थ्यौं

हिजो आज कमसेकम प्लाष्टिकमा मोडिएका छौं

हामी यति शक्तिशाली छौं

जति हुनुपर्ने हो त्यति चाहिं छैनौं

तैपनि आकारमा र अक्षरमा

शक्ति र सामर्थ्यमा चार वासा एउटै हौं

 

हामी चार वासा ,

अखडामा पालो आएपछि पछारिने

हामीलाई पछार्ने हातहरु

कहिले तीन भन्दा धेरै, कहिले एउटै

पछारिनु हाम्रो धर्म हो,

वासा हौं हामी, चार वासा

वुङभित्र लापत्ता मिसिएर

फिटिनु हाम्रो काम हो

आफनै आफना घोषित अघोषित

रैतीहरुको समुदायमा, केवल नक्शामा

गन्ती र अक्षरमा सपनाको साम्राज्यमा

केवल शव्दको अधिराज्य

अपरिचित हातहरुले खडा गरिदिएका न हुन् 

कुनै हातले थुकेर फयाल्छन्

अस्वभाविक जनेन्द्रियमा रिसले दल्छन्

फयालिनु हाम्रो धर्म र कर्म नै हो

वासाहरुको मनोदशा यस्तै होला शायद

खेलाडिहरुका हातमा टाँसिएर,

कठोर औंलोमा च्यापिएर च्यातिदै सकिनु

थोत्रो भएपछि लापसापमा अस्तित्व विलय हुनु

आज हामी चार वासा कहिले दक्षिणको हातमा

कहिले उत्तरको हातमा

तीनका औंलोका कापमा च्यापिएका छौं

हामी फगत कागजी चार वासा

निरिह नाजुक चार वासा

हामी खेलाडिहरुका मर्जीमा

जुवाडिहरुको अर्जीमा

यसरी नै च्यापिने र च्यातिने छौं,

किन भने हाम्रो नियति एति वनेको छ ,

हामी वासा मात्र वन्न चाहन्छौं

चाहे तुरुपको किन नहोऔं

या त चिडी, पाना र इटाका

हाम्रो धर्म नै अरुका हातमा च्यापिएर च्यातिनु

औंलोका किस्सावाट थुतिएर निर्मम फयालिनु ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
म त एउटा दूर देशको मरुभ्मिमा केक्टस जस्तै
उडीरहेको बालुवा माथि आफ्नै चित्रहरु कोर्दै हिडेका रहस्यहरु
तिमीलाई नै सधैं सम्झी रहने यी नोस्टालजीक आँखाहरु,
तिमी कुन खोलाको साथ लागेर एक्लै किनारै किनार जांदैछौ ?
जुन खोलाको साथले यौवनमा नुहेका लहराहरुमा बेरिन्दै
गुलाबी एबं पारदर्शी साडीमा

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
866886
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com