आफुले आफैलाई मान सम्मान गर्दै आए
दु;खको माहोलहरुलाई जसो तसो सम्हाल्दै आए
हो नारी हुँ म !
फेरि पनि मागिन कसैसंग
मैले मेरो अधिकार
मागे त आफैले आफैसंग
खोजे त आफुले आफै भित्र
स्वाभिमान
मलाई थाहा छ,
जे जति मिल्छ यहाँ
फुस्रो आशा
अन्धो विश्वास
जो
कहाँ पुगेर टुट्छ भरोसा पत्तै नहुने
तेसैले
आफु माथी नै भरोसा गर्छु
आफु माथी नै विश्वास गर्छु
अनि महशुस गर्छु
हो नारी हुँ म !
स्वतन्त्र भएर बाँच्न चाहान्छु
खुल्ला आकाशमा हास्न चाहन्छु
अनि गर्छु यात्रा आफ्नै गतिमा।