मेरै घरको बाटो बाटै रुँदै गईन अरे उनी ।
बर्षादको तप्कानी झै चुँदै गईन अरे उनी !!
उनि र म भेट्ने ठाउँ घरमाथी भन्ज्याङको।
चौतारी र बर पिपल् छुँदै गईन अरे उनी।।
भेलसरी बगाउँदै नयनका प्यालाहरु।
मेरो चोखो मायालाइ धँदै गईन अरे उनी ।।
परेपछि आफन्त र परिवारको चेपुवामा ।
जबरजस्ती पराइको हुँदै गईन अरे उनी ।।
खोटाङ, बाक्सिला हालस्- क्षितिज पारी, |