निलो निलो समुद्रको झलक देखियोस् !
नेपालमा फेरि बुद्ध, जनक देखियोस् !!
पहिले झै जनताका चूलो नसल्केमा !
आफूपनि भोकै बस्ने शासक देखियोस् !!
देशको पीरले मन भरि उठ्छन् छालहरू !
देश हाक्ने कोही अभिभावक देखियोस् !!
लिङ्कन र गान्धी जस्तै नेता चाहिएको छ !
यो देशको सच्चा शुभचिन्तक देखियोस् !!
जति जोगी आएपनि कानै चिरेका छन् !
एउटा कोही अरूभन्दा फरक देखियोस् !! |