पिरतिमा तट्पिएर, टोलाउँनुको मजा बेग्लै ।
दु:खाइमा अश्रु धारा, बगाउँनुको मजा बेग्लै ।।
सुरुवातमा पिरतिको, मुना हुँदै गर्दा खेरी ।
रिसाएको प्रेमिलाई,फकाउँनुको मजा बेग्कै ।।
दाउरा घाँस, गाई गोठाला, जाँदा सबै मिली ।
जेठा दाइले बाँसुरि, बजाउँनुको मजा बेग्लै ।।
मन परेको मान्छेको, हरेक राम्रो कुराहरु ।
खुशी साथ अरुसामु, बताउँनुको मजा बेग्लै ।।
आफ्नो मन्को कुरा सबै, मन भित्रै राखेर ।
परिवारको मुहार, हासाउँनुको मजा बेग्लै ।।
खोटाङ छोराम्बु |