कसैले हसाए, कसैले रुवाए मलाई !
कसैले मन, मन्दिरमा बसाए मलाई !
कुनैदिन मलाई, छाडेर जानेलेपनी
फेरीफर्केर, अंगालोमा लगाए मलाई !
दुखमापनी हरेकपल खुसी रहनुपर्छ
ब्यथाहरुले, यहीपाठ पढाए मलाई !
म हासेर जिएकोछु, उनीहरुकोलागी
जसले हर, दुखसुखमा सघाए मलाई !
अग्रजहरु गुरुबर्गको, सधै ऋणी छु
जसले होनहार, मानब बनाए मलाई !
म एकदिन, ती सपनाहरु पुरागर्नेछु
जे सोची, बा'आमाले जन्माए मलाई !
नरपानी -5 जगत
अर्घाखाँची
02/02/2014 |