देउरानी जेठानी अनि पधेर्नीका कुरा बेग्लै
तेरा पोई यस्तो भन्दै मन फेर्नीका कुरा बेग्लै ।
कागले कान लग्यो भन्दा पछि कुद्नेहरु कठै
बा आमा कै उपदेश अर्ति नटेर्नीका कुरा बेग्लै ।
अभावमा छ आवश्यकता पल पल खड्कन्छ
दबाबमा हाँसी हाँसी मन सेर्नीका कुरा बेग्लै ।
जुन र तारा झार्छु रानी पोखरी बनाई दिन्छु
पिठ्युमा छुरा हान्दै अंगालो बेर्नीका कुरा बेग्लै ।
हाँस्नु पर्ने हुन्छ कतै दुख्दा नि कथा जीन्दगीको
मायामा शंका लि नदेखे झै हेर्नीका कुरा बेग्लै ।
आँशु आखीर एउटै त हो जो जता रोए पनि
भावमा डुबी गजल गीत केर्नीका कुरा बेग्लै ।
अश्राङ्ग-३,गोरखा
हालः मरुभूमीको छातिबाट
|