Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 31, 2014 | Author : नरेश ठूले
Category : Review / समिक्षा | Views : 1092 | Unrated

  
नरेश ठूले

        "सवै कवि स्रष्टाहरु मान्छे हुन,

तर, सवै मान्छेहरु कवि स्रष्टा होइनन,

 

कवि स्रष्टाहरुले कलमको निबबाट

समाज लेख्दछन राष्ट्र लेख्दछन

जीवन जगतको परिभाषा र सिङ्गो ब्रह्माण्ड लेख्दछन

 

अक्षरबाट विगत खोतल्दछन

वर्तमान बोल्दछन, भविष्य वताउँदछन्

उनिहरु युगयुग बोलिरहन्छन

, मरेर पनि जिवित रहन्छन……….।"

                                    - नरेश सुनुवार
 

यिनै पक्तिहरूबाट स्व.लोकेश बोगटिलाई श्रद्धा सुमन अर्पण गर्न चाहन्छु र उनले रचेका गीतहरूको संगालो गीति एलवम लोकेशको सपनाको बारेमा छोटो समिक्षात्मक विचार ब्यक्त गर्न चाहन्छु ।

करीव ३ वर्षअगाडि सामाजिक कार्यक्रमको दौडानमा परिचित हुन पुगेका लोकेश बोगटि भौतिक रुपले विगत १ वर्षदेखि हामी विच छैनन । सौम्य, मिलनसार र सृजनशिल विचार बोकेका उनिबाट हङकङेलि नेपाली समाजले धेरै उपलब्धिमूलक योगदान पाउने आशा लिएको थियो । तर त्यो आशा निराशामा मात्र परिणत भएन सबैलाई स्तब्ध तुल्यायो उनको अकल्पनीय मृत्युले । यद्दपी उनि आफू नरहेपनि हामीलाई मायाको चिनो स्वरुप अमूल्य उपहार जो उनिबाट लिपिवद्ध र उनको भावना र विचारले ओतप्रोत "लोकेशको सपना" नामक गीति संगालो हामिविच सुम्पेर गएका छन् । उनको यो अधुरो सपनालाई साकार पार्ने प्रयत्य स्वरूप असल कार्य गरेको छ नेप्लीज आर्ट एण्ड कल्चर एसोसियसन हङकङले । यस्तो प्रसं'शायोग्य कार्यमा समर्पित एसोसियनका अध्यक्ष नन्द चङसु लगायत आयोजक सम्पूर्ण 'टिमप्रति सादुवाद ।

गीत तथा संगीत भनेको जीवनको एउटा अङ्ग हो, जसले प्रत्येक मान्छेलाई सुख र दुःखमा साथ दिएको हुन्छ । त्यसैले गीत जीवनको लागि हुनु पर्दछ र जीवन गीतको लागि हुनुपर्दछ । जसले हरेक प्राणी जगतलाई मनोरन्जन र आनन्द मात्र नभएर शान्ति समेत प्रदान गरोस् र सन्देश सम्वाहक पनि बनोस्।

गीत सुन्नु र गुन्गुनाउनु एउटा कुरा हो, जो सबैले सजिलै गर्न सकिन्छ । तर, गीतको बारेमा समिक्षा गर्नु विश्लेषण गर्नु र यसको बारेमा लेख्नु, भन्नु निक्कै कठिन कार्य हो मलाई लाग्छ । एउटा गीत तयारी हुनको लागि शब्द, संगीत र स्वर तीन विधाको यथोचित सममिश्रण आवश्यक छ । अथवा गीतलाई शब्द, संगीत र स्वरको त्रिकोणात्मक संगम हो भन्न सकिन्छ । त्यसैले गीतको बारेमा लेख्न, भन्न र समग्र समिक्षा गर्नको लागि शब्दरचना, संगीत र स्वरगायन तिनवटै विधामा ज्ञान हुन आवश्यक छ, अनि मात्र गीतमा भएको गुण अवगुण, सबलपक्ष दुर्बलपक्ष तथा गीतको स्तर र वजन कति छ भन्ने कुरा खुट्याउन सक्ने हैसियत रहन्छ ।

 

म एउटा श्रोताको हैसियतले लोकेश बोगटीको गीति एलबम "लोकेशको सपना" को बारेमा आफुलाई लागेका शब्दहरू भन्नु पर्दा- स्रष्टा स्व. लोकेश बोगटीद्वारा लिपिवद्ध गीति संगालो "लोकेशको सपना" एलवममा १० वटा गीतहरु समेटिएका छन् । जीवनसँग परोक्ष गाँसिएका "लोकेशको सपना" मा समेटिएका प्रत्येक गीतहरू सरल, मिठा, सुमधुर र कर्णप्रीय छन् । जसमा मिलन विछोड, आशा निराशा, आग्रह, र्समर्पण, पिडा, उमङ्ग, दुःख, पश्चताप जस्ता जीवनमा घट्ने कथाका विविध रसहरूले भरिएका छन भने केही प्रकृति सौर्न्दर्य र देशभक्ति गीतहरू रहेका छन् । जो सुन्न र गुन्गुनाउन योग्य छन् ।

संगीतकारहरु सुरेश अधिकारी, गणेश परजुली, दिपक शर्मा, रामचन्द्र काफ्ले र बाबु बोगटीद्वारा संगीतबद्ध उक्त एलबममा गायकहरु दिपक लिम्बू, रामचन्द्र काफ्ले, बाबु बोगटी, जुनु रिजाल, कृष्ण काफ्ले, अच्युत गिरीको अवाजमा स्वरवद्ध गरिएको छ भने ट्रयाक नम्वर १० को गीत रचनाकार लोकेश बोगटी स्वयंले गाएका छन् । गीतहरू हाल चलनचल्तिमा आईरहेका (लोकभाकाहरुलाई आधुनिकिकरण गरिएका) लोक आधुनिक लयमा आधरित रहेकाछन् । ट्र्याक १, २, ३, ४, ५ र ६ नम्वरको गीतहरू प्रायः माया प्रितिमा आधरित मिलन विछोड, आशा निराशा, आग्रह, र्समर्पण, पिडा, उमङ्ग, दुःख, पश्चताप भावमा अभिप्रेरित छन भने ट्र्याक ७ र ८ नम्वरको गीत प्रकृति सौर्न्दर्यमा आधरित रहेका छन र ट्र्याक नम्वर ९ को गीत राष्ट्रप्रेम भावमा ओतप्रोत रहेको छ । जसलाई हङकङका स्थानीय कलाकारहरू-गणेश न्योपाने, गणेश पराजुलि, चेतमान गुरूङ, नागेन्द्र श्रेष्ठ, टोपराज लामा, पवित्र राई, हर्षित आले चङ्सु, कला चेम्जोङ र सोनाम महर्जनले स्वर दिएका छन् ।

"लोकेशको सपना" को आवरण पक्ष पनि आकर्षक छ । कभरको अघिल्लो भागमा स्वभाविक मिल्दो रंगको पर्दामा गीतकारको सुन्दर तस्विर  र तस्विरको पछिल्लो तहमा हल्का अमूर्त दृश्य र त्यहि अमुर्ततालाई आँखिझ्यालको रुपमा प्रयोगमा ल्याउन खोजिएको दृश्य अर्थपूर्ण देखिनुको साथै एल्बमको नामको औचित्य झल्किएको देखिन्छ । हाल नेपाली बजारमा चलन चल्तिमा देखा परेका सिडीहरूको लहरमा यो एलबम निक्कै आकर्ष देखिएको छ ।

शब्दरचनाको हिसाबले संगीत पक्ष सवल देखिन्छ । संगीतकारले शब्दका भावहरूलाई यथोचित र न्यायचित संगीत दिएर कुशलतापूर्वक आफ्नो क्षमताको प्रदर्दर्शन गरेका छन् । यी सबै गुणहरूले गर्दा लोकेशको सपना साच्चै साकार भएको छ भन्ने मेरो बुझाई छ ।

अन्तमा गीतकार लोकेश बोगटी आफू सशरिर यो लोकमा नरहेपनि नेपाली गीत संगीतलाई योगदान दिएर गएका छन्, आफ्नो स्वर, शब्द र भावनाको अमूल्य उपहार दिएर गएका छन् ।  उनको बिमोचित गीतिएलबम "लोकेशको सपना" सबै नेपाली श्रोताहरूमाझ लोकप्रिय बनोस् । उनको आत्मलाई चिर शान्ति मिलोस 

हार्दिक श्रद्धन्जलि।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
हङकङमा छौ नि कान्छा मत गाउघरैमा
नबिर्स है कान्छा मलाई भुली रमझमैमा
भेट भयो पहिलो चोटी राजारानी गाउँमा
बाधी दियौ बैना तिमीले पटुकीको छेउमा
मोती जस्तो दन्तै राम्रो मोहनी आँखैमा
मुटु छुने गीत गायौ हाक्पारे भाकैमा,

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
903138
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com