पहिलोपटक कहिले सपना देखी हुँला ?
कस्तो थियो त्यो सपना ?
कसले सिकायो सपना देख्न ?
हिजोआज घोत्लिइरहेछु
निरन्तर-निरन्तर,
लाग्छ ?
नजानेरै सपना देख्न थालेको म
एक भारी सपना बोकेर सहर छिरेको हुँ
सहरको कुन कुनामा बिलाए मेरा सपना ?
फुल्न नपाई/फल्न नपाई ��"इलाइसकेछन्,
राज्य नै बिखालु छ कि भन्ने शंका लागिरहेछ
सिंहदरबार गेटमै तुहिए कि मेरा सपना !
या त बालुवाटारको महँगो पलङले कायापलट गरिदियो
उफ ! नारायणहिटीको भूतले पो खाइदियो होला
शीतल निवासमा फक्रन नपाउँदै ��"इली झर्यो क्यारे !
जाऊँ कि क्या हो संविधानभासभा हलतिर
एकपटक मन मिचेर श्रद्धाञ्जली दिनु छ
त्यहीं कतै चिरा परेको मनलाई फेरि तिलाञ्जली दिनु छ
पत्याउछौ भने भन्छु, 'सपनाको के कुरा आत्मदाह नै गर्नु छ'
किनकि
-सपनाहरू भताभुंग भएपछि
-सपनाहरू छताछुल्ल भएपछि
सम्हालिएर बाँच्नुको के मज्जा
सपनाको मोल हुने भए
-सायद बहुमूल्य हुन्थे कि
-या हुन्थे कौडीको भाउका
-लिलामीमा पनि बिक्री हुन्थे होलान्
तर, बिलाइसकेका सपनाको के अर्थ होला र !
घोत्लिँदा-घोत्लिँदै दिमाग खिइरहेछ |